Skip to main content

Posts

Showing posts from June 17, 2009

वीरगंज भंसारमा अनिश्चितकालीन चक्काजाम

वीरगंज, ३ असार । विभिन्न ७ बुंदे मांग राख्दै वीरगंज भंसार एरिया सुधार संघर्ष समितिले आज चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।  समितिले आज वीरगंज भंसार दुइ घण्टा चक्काजाम गर्नुको साथै असार ४ गते देखि अनिश्चितकाल चक्काजाम गर्ने आज समितिका अध्यक्ष सरोज खडकाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। सडकको छेउमा नाला निर्माण, बिग्रिएको सडक निर्माण, फोहर संकलन, शंकराचार्य नेपाल प्रवेशद्वारको मर्मत, रंगरोगनलगायतको मांग राखी समितिले जेठ २७ गते पर्साका प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापन पत्र बुझाए पनि त्यसको कार्यान्वयन नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन्।

सडक अवरुद्ध र दुर्घटना

वीरगंज, ३ असार । विभिन्न स्थानमा सडक अवरुद्ध गर्ने तीब्र वृद्धि भएको छ।  आज बिहान ढल्केवर-जनकपुर सडकखण्डको ढल्केवरमा दुर्घटनामा मृत्यु भएका दुइजनाको परिवारलाइ क्षतिपर्ूर्तिको माग गर्दै पीडित परिवारले चक्काजाम गरेका छन्। मंगलवार अल्फावेट नखुलेको ३३९७ नं.को सेतो रंगको टिपरले ज२.प.८२१३ नं.को मोटरसाइकललाइ ठक्कर दिंदा मोटरसाइकलमा सवार दुइजनाको घटनास्थलमा नै मृत्यु भएको छ। अवरुद्ध सडक आज बिहान सर्वपक्षीय छलफलपछि सुचारु भएको थियो।  रौतहटको चपुर.-३ र ४ का स्थानीयबासीहरुले विद्युतको मांग गर्दै अनिश्चितकालको लागि राजमार्गमा चक्काजाम गरेका छन्। चितवनको पारस बसपार्कमा निर्माण भएको केन्द्रिय बस र्टर्मिनल संचालनको लागी नगरपालिकाले टेण्डर आह्वान गरेको बिरोधमा यातायात व्यवसायीले नगरपालिका अगाडीको सडक अवरोध गरेका छन्।  टेण्डरको विषयलाइ लिएर चुरे भावर सर्लाहीका अध्यक्ष कुमार पौडेलको नेतृत्वमा रहेको समूहले वागमती सिंचाइ आयोजनाको कार्यालयमा तालाबन्दी गर्नुको साथै राजमार्ग अवरोध गरेका थिए।  महोत्तरीको औरही-५ मा रहेको श्रीप्रसाद सिंह उच्च मा.वि.मा शिक्षक नियुक्तिमा अनियमितता भएको विरोधमा स्थानीयवासीन्

तोडफोड गर्ने बन्दकर्ता पक्राउ

वीरगंज, ३ असार । नेपाल पिछडा वर्गको पूर्व घोषित आन्दोलनका कार्यक्रम अनुसार आज विभिन्न जिल्ला प्रभावित भएको प्राप्त समाचारमा उल्लेख छ।  आज बिहान बन्दकर्ताले वीरगंजको प्रतिमा चोकमा ना१ह ८८०, ८८३ नं.को टेम्पोको सिसा फुटाएपछि प्रहरीले कलैया-५ बस्ने बृजमोहन कुश्ावाहलाइ पक्राउ गरेको छ।  वीरगंजमा बन्दको सामान्य प्रभाव परेको छ। यातायात, शिक्षण, कलकारखाना, उद्योग, बैंक प्रतिष्ठान, बजार सुचारु रहेको छ। आज बिहान पिछडा वर्गका अध्यक्ष गोपाल कुश्ावाहको नेतृत्वमा रहेको जुलुसले यातायात बन्द गराएका थिए। यसैगरी बाराको कलैया, सर्लाहीको नवलपुरमा बन्दकर्ताले सडकमा अवरोध सिर्जना गरेका छन्।

अपहरित नेगीलाइ प्रहरीले मुक्त गराए, एक पक्राउ

धनुषा, ३ असार । रेयुकाइका एक अधिकारीलाइ प्रहरीले सकुशल अपहरणबाट मुक्त गराउनुको साथै अपहरणकारीमध्ये एकजनालाइ पक्राउ गरेको छ। गए राति धनुषाको घोडाघांस भन्ने स्थानमा प्रहरीले अपहरित रेयुकाइका इश्वर बहादुर नेगीलाइ अपहरण मुक्त गराएको छ भने अपहरणको आशंकामा धवौली-५ बस्ने बर्ष२९ को राम प्रकाश मण्डललाई प्रहरीले पक्राउ गरेको छ। बा५च ३९९६ नं.को गाडीमा धनुषातर्फ गइरहेका नेगीलाइ नागराइन-१ खडगाटोलमा नं.नखुलेको २ वटा मोटरसाइकलमा आएका ६ जना व्यक्तिहरुले अपहरण गरेपछि प्रहरीले र्सच गर्दै जांदा सो स्थानमा फेला परेको थियो।

काकाले भतिजामाथि खुकुरी प्रहार गरे

वीरगंज, ३ असार । घरायसी झगडामा काकाले भतिजालाइ खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका छन्। गए राति मकवानपुर, हांडी खोला-३ सुकौरा निवासी सन्त बहादुर नेगीले आफनै भतिजो २१ वर्षीय  संजिव नेगीलाई खुकुरी प्रहार गरि फरार भएका हुन्। घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको र काका नेगीको खोजी भइरहेको मध्य क्षेत्र प्रहरी कार्यालय, हेटौडाले जनाएको छ। 

संसदीय दलको नेताको चुनाव जित्छुु-गुरुङ

काठमाडौं, असार ३ । नेपाली कांग्रेसका महामन्त्री कुलबहादुर गुरुङले संसदीय दलको नेताको निर्वाचनमा आफू विजयी हुने दाबी गरेका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै आफ्नो पक्षमा उल्लेख्य सभासदको र्समर्थन रहेकाले चुनाव जित्ने दाबी गरे । 'संसदीय दलको नेताका लागि शनिबार हुने चुनाव लडेर जित्छु,' गुरुङले सम्भावित प्रतिष्पर्धीहरुलाई आव्हान गर्दै भने,' 'शेरबहादुर देउवा प्रस्तावक र रामचन्द्र पौडेल र्समर्थक भएर मलाई र्सवसम्मत बनाउनुहोस् ।' आफू कसैसँग सोधेर उम्मेदवार बन्न लागेको नभई कार्यकर्ताको भावना र चाहनाअनुसार अगाडि बढ्न खोजेको बताए । सभापति गिरिजाप्रसाद कोइरालाको र्समर्थन होस् भन्ने चाहना रहेको तर नभएपनि पछि नहट्ने बताए । सहमतिका लागि कोइरालाले आवश्यक कदम चाल्नुपर्नेमा उनको जोड थियो । एउटै व्यक्तिलाई सभापतिले र्समर्थन गर्न नमिल्ने उनको भनाई थियो । गुरुङले भने,' म चुनावबाट पछि हट्दिन, बरु शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई सहमतिमा ल्याउन पहल गर्नेछु ।' उनले भने, रामचन्द्रजीले मलाई फोन गरी र्समर्थन गर्न भन्नुभएको थियो, मैंले शेरबहादुरजी प्रस्तावक अनि

नेपालमा लेजर लेभलर भित्रियो

-प्रणय कुमार . वीरगंज, ३ असार। नेपालमा पहिलो पटक लेजर प्रविधिबाट खेत सम्याउने मेशिनको कृषि औजार अनुसन्धान केन्द्र रानीघाटमा सफल परीक्षण गरिएको छ। कृषि उत्पादनको लागि प्रयोग गरिने बीउ, मल, सिंचाइको लागि चाहिने पानी, श्रम तथा इन्धनको खपत कम गरी यस प्रविधिले कृषि उत्पादनमा करिब २०-२५ प्रतिशत उत्पादन वृद्धि हुने अनुमान गरिएको छ।  यो प्रविधि नेपालमा आइआरआरआइ सीएसआइएसए परियोजना अन्तरगत कार्यक्रम संचालनको लागि भित्रिएको हो। यस परियोजनामा फरवार्ड, विबिर्ड, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, जिल्ला कृषि विकास कार्यालयहरू रूपन्देही, नवलपरासी, चितवन, मकवानपुर, बारा र पर्सा) नेपाल कृषि अनुसन्धान परिषद अर्न्तर्गतका राष्ट्रिय गहुं बाली अनुसन्धान कार्यक्रम, भैरहवा, राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रम रामपुर, चितवन, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुर, बारा, कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंज, राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथ, धनुषा, आदि संस्थाहरू संलग्न छन्।  यो प्रविधि प्रदर्शनमा बारा, पर्सा तथा रौतहट जिल्लाका करिब १० जना टे्रक्टर भएका कृषकहरू, आइआरआरआइ सीएसआइएसए न

नेपालीले बनाए ब्रम्हाण्डको बृत्तचित्र

भक्तपुर, ३ असार। गत भ्यालेनटाइन डे १४ फरवरी का दिनमा आफ्ना सबै साथीहरू प्रेम रसमा डुबेको बेला सेन्ट जेभिएर कलेजमा अध्ययनरत दर्ुइ बिद्यार्थी द्वय जिडी पुडासैनी र उत्सव कंडेल भने आकाश हेरेर बसेका थिए। त्यतिबेलामा तिनीहरूले नेपालमा ब्रम्हाण्डको बारेमा अध्ययन अध्यापन नभएको बिषयमा गम्भीर छलफल गरे। सबैको चासोको बिषय भएर पनि यस बिषयमा नेपालका खासै अनुसन्धानका कार्यहरू हुन सकेको छैन। बिद्यार्थीहरूलाई यस क्षेत्रमा रूचि जगाउन उनीहरू त्यसै दिन ब्रम्हाण्डको बिषयमा बृत्तचित्र बनाउन दत्तचित भएर लागे।  यसको चार महिना पछि १४ जुनमा तिनीहरूले तयार पारेको हब्बल एण्ड दि युनिर्भस शिर्षको बृत्तचित्रको प्रथम र्सार्बजनिक पर््रदर्शन गरिएको छ। बृत्तचित्रको प्रथम पर््रदर्शन हर्ेन उपत्यका भित्र बिज्ञान बिषय अध्ययन-अध्यापन हुने कलेजका झण्डै ५ सय बिद्यार्थीहरूको उपस्थिति थियो। बृत्तचित्र खोप कलेज, त्रिचन्द्र कलेज, अस्कल क्याम्पस, सेन्ट जेभिएर कलेज,  गोल्डेन गेट कलेज, ह्वाइट हाउस कलेजका बिज्ञान बिषयका बिद्यार्थीहरूले निकै उत्सुकताका साथ हेरेका थिए। बृत्तचित्र हालसम्मको सबैभन्दा उत्कृष्ट मानिएको हब्बल टेलिस्कोपमा क

खोप कलेज दूव्र्यसनीको अड्डा

भक्तपुर, ३ असार। खोप इन्जिनीयरीङ कलेजमा पढ्ने दूव्र्यसनीबिद्यार्थीहरूको कारण लिवाली क्षेत्रका मानिसहरू अन्यायमा परेका छन्। कलेजका बिद्यार्थीहरू किसानको खेतका गएर मुला लगायत तयारी तरकारी चोरेर खाने गर्दछन्। कलेजको बाटो भएर हिंड्ने युवतीहरूलाई अपशब्द प्रयोग गरेर जिस्क्याउने गर्दछन्। बाटो भरी चुरोटको धुवां उडाएर बटुवाहरूलाई बाधा पुराउदछन्। कसैको मोबाइल वा क्यामेरा देख्दा लुट्छन्। यी गतिबिधि गर्ने दूव्र्यसनीे नाइके अशोक सिंह बस्नेतलाई कलेजले कारबाही गर्न सकेको छैन। दूव्र्यसनी बिद्यार्थीहरू कक्षा कोठा भित्रै मिनरल वाटर बोटलमा भरेको रक्सी खाएर लठिन्छन्।  कलेजका प्रिन्सिपल पुस्कर सुवाललाई स्थानीयबासीहरूले यस  बारेमा जानकारी गराउंदा समेत मौन छन्। सुवालले यस किसिमका जानकारी गराउने ब्यक्तिहरूलाई  तथानाम गाली गर्ने गरेका छन्। सुवाल स्वयं पनि सांझ परे पछि भक्तपुरका भट्टीहरू धाउने गर्दछन्। यसबाट खोप इन्जिनीयरीङ कलेजबाट इन्जिनियर नभएर दूव्र्यसनीहरू उत्पादन हुने स्पष्ट हुन्छ। यस कलेज रहेको दरवार क्षेत्रलाई दूव्र्यसनीको अड्डा घोषणा गर्न स्थानीबासीको सुझाव छ। कलेजमा भर्ना हुने २० प्रतिशतले कोर्स पूरा

माओवादी र पिछडा वर्गको आन्दोलन

-भरत पाण्डे । काठमाडौं, 3 असार। पर्ुनगठित ने क पा माअेावादीले गरेको मोरग वन्दको दोस्रो दिन आज पनि विहानै देखी मोरङमा यातायात बन्द छ।यस्तै पिछडावर्ग महासघको तिन दिन देखीको तर्राईबन्दले सिरहा र सप्तरीलगायतका तराइका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ।वन्दले विहानै देखि यातायातका साधन ठप्प छ। विहानै पर्ुनगठीत माओवादीका कार्यक्रता विराटनगरका चौकमा निष्कीएर यातायात बन्द गराएका छन।बिराटनगरदेखि गाडी चलेका छैनन। पर्ुवपिश्चम राजमार्गपनि सवारी चलेका छैनन। गाडी नचल्दा टाढा टाढाका लागि हिडेका यात्रुहरु मारमा परेका छन।पर्ुनगठितमाओवादीका कार्यक्रताले हिजो पनि राजमार्गको ठाउ ठाउमा अवरोध गरेर सवारी चल्न नदिदा र्सव साधारणले सास्ती खेप्नु पर्यो।माओवादीका कार्यक्रता मोरङको उर्लाबारी र बेलबारी पुलमा बसेर साइकल समेत कुदाउन दिएका थिएनन।बन्दले गर्दा गन्तव्यमा पुग्न यात्रुहरु महगो भाडा तिरेर रिक्सामा यात्रा गर्नु पर्यौ। माओवादीले मोरगको अमरदह स्थित गान्धी आश्रम गुठीको जग्गाकब्ज्ाा लिएर बनाएका २ सय घरटहरा प्रहरी र स्थानीयले भत्काएको बिरोधमा दुइदिने बन्द गरेको हो।

बन्दको असर सामान्य

वीरगंज, ३ असार । नेपाल पिछडावर्ग महासंघले हिजोदेखि आह्वान गरेको अनिश्चितकालिन मधेश बन्दका कारण आज दोश्रो दिन पनि पर्ूर्वी तराइको जनजीवन प्रभावित भएको छ। महासंघको बन्द आह्वानका कारण आज बिहान वीरगन्जमा र्सार्वजनिक सवारी साधनहरु चलेका छैनन। छिटफुटरुपमा मात्र रिक्सा र निजी गाडीहरु सञचालनमा आएका छन। बजार र शिक्षणसंस्था भने खुल्ला रहेका छन। महासंघका कार्यकर्ताले विरगन्जको बाइपास , गण्डक चोक र परवानीपुरमा टायर बालेर पर््रदर्शन गरिरहेका छन। विरगन्ज पथलैया र विरगन्ज कलैया सडकखण्डमा पनि र्सार्वजनिक गाडीहरु चलेका छैनन। महासंघका केन्द्रिय सदस्य तेज प्रकाश सहनीले आफुहरुको बन्द कार्यक्रम जारी रहेको र आज देखि बजार भने खुल्न दिने बताउनु भएको छ। आफनो ११ सूत्रीय माग पूरा गर्न नेपाल सरकारलाई दबाब दिन महासंघले हिजो देखि अनिश्चितकालिन मधेश बन्दको आहृवान गरेको हो।

सडक दुर्घटनामा एकजनाको मृत्यु

रुपन्देही, ३ असार। पूर्व पश्चिम राजमार्ग अर्न्तर्गत रुपन्देहीको देवदहमा गएराती भएको सडक दर्ुघटनामा परी १ जनाको मृत्यु भएको छ। पश्चिमबाट पर्ुवतर्फआउँदै गरेको ना ३ ख ५०४४नं. को ट्रकले देवदह ७ घोंडाहामा साइकल यात्रीलाई ठक्कर दिंदा स्थानीय अन्दाजी ३४(३५ वर्षा मान बहादुर खत्रीको मृत्यु हो। घटनापछी टाउकोमा चोट लागी गम्भिर घाइते भएका खत्रीको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पतालमा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर सुनवल प्रहरी चौकीमा राखेको छ। यसैगरी ,नवलपरासीमा गए राती भएको सडक दर्ुघटनामा दर्ुइ जना र्घाईते भएका छन। नवलपरासीको बर्दघाटबाट बुटवल जाँदै गरेको लु १ च २७४५ नम्बरको कार पर्ुब पश्चिम महेन्द्र राजमार्ग अर्न्तर्गत रामनगर बडेरा खण्डमा पल्टीएर दर्ुघटना भएको प्रहरीले जनाएको छ। दर्ुघटना परी अँकित गुरुड, र बिष्णु उपाध्याय र्घाईते भएका छन। र्घइते मध्ये बिषणु उपाध्यायको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको टाउकोमा चोट लागेको छ। दुबै र्घइतेको बुटवलमा उपचार भईरहेको छ।

यादवको घरमा आगो लगाइयो

विराटनगर, ४ असार। मोरङको कदमाहा ९ का विन्देश्वर यादवको घरमा स्थानिय रमेश यादवको समुहले आगो लगाइ दिएका छन। गए राती ९ बजे यादवको घरमा रमेशको समुहले आगो लगाएको प्रहरीले बताएको छ। आगलागीबाट १०हजार बरावरको क्षती भएको पर्ुव क्षेत्रीय प्रहरीकार्यालय विराटनगरले जनाएको छ। छिमेकीको घरमा आगो लगाएर फरार रमेश यादवलाइ प्रहरीले पक्राउ गरेको छ।