Skip to main content

Posts

Showing posts from August 23, 2009

तीज महोत्सव वीरगंजमा प्रथम बर्षा पौडेल

- उत्तम खड्गी- वीरगंज ७ भदौ । महिलाहरुको महान चाड तीज पर्व नृत्य प्रतियोगितामा प्रथम स्थान वर्षा पौडेलले हासिल गरेकी छन्। आज अलखियामठ मा आयोजित तीज महोत्सव नृत्य प्रतियोगितामा प्रथम वर्षा पौडेल दोश्रो गुडडी जोशी तेश्रो लक्ष्मी खरेल र सान्त्वना निसा खतिवडा स्थान हात पार्न सफल भएका हुन्। प्रथम द्वितीय तृतीय र सान्त्वना हुनेलाई क्रमशः १००१ ७०१ ५०१ ३०१ नगद पुरस्कार आयोजक समितिले प्रदान गरेको थियो। अलखियामठ मन्दिर संचालक समितिले आयोजना गरेको तीज नृत्य प्रतियोगिताको अध्यक्षता संयोजक विनु श्रेष्ठले गरेकी थिइन्।

प्ररायु संघ पत्रहटीको भेला सम्पन्न

-सुभाषप्रसाद साह - बारा ७ भदौ । बाराको पत्रहटीमा आईतबार भएको युवाहरुको एक भेलाले प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको गाउँ कमिटि गठन भएको छ । सीताराम सहनीको अध्यक्षता गठन भएको १५ सदसिय सो कमिटिको उपाध्यक्षमा साजय कुशवाहा सचिवमा ज्ञानेन्द्र यादव सहसचिवमा अजुन राम र कोषाध्यक्षमा बृजकिशोर यादव रहेका छन्। प्ररायु संघ बारा जिल्ला समितिका सदस्य महानन्द यादवको अध्यक्षतामा सम्पन्न सो भेलामा संघका जिल्ला सचिव ध्रुव यादव बैजनाथ मण्डल प्रभु मण्डल रामदेव यादव प्रयाग यादव नन्दकिशोर यादव लगाएतको बिशेष सहभागिता रहेको थियो।

सशस्त्रको घेराबीचबाटै साईकल चोरी

-सुभाषप्रसाद साह- बारा ७ भदौ । जिल्ला बिकास समिति बारालाई चारै तिरबाट सशस्त्र प्रहरीले घेरा हालि बसेको भए पनि आइतबार दिउँसै सो कार्यालय भित्रको प्राङ्गनमा रहेका एक सर्बसधारणको साईकल चोरी भएको छ। बाराको प्रस्टोका-४ निवासी रामरतन सहनीले आफ्नो साईकलमा ताला मारेर काम बिशेषले कार्यालय भित्र प्रबेश गरी बाहिर निकल्दा साईकल चोरी भएको थाहा पाएको बताए।

पेशेबर काठ तस्कर पक्राउ

-सुभाषप्रसाद साह- बारा ७ भदौ । बारा स्थित राष्ट्रिय जङ्गलबाट काठ चोरी गरी भारततर्फ लगिदै गरेका एक पेशेबर काठ तस्करलाई जिल्ला बन कार्यालय बाराको बन गस्ती टोलिले पक्राउ गरेको छ। पक्राउँ पर्नेमा बघवन-४ निवासी कासि साह रहेको जिल्ला बन कार्यालय बाराले जनाएको छ । साईकलमा सालको एक थान गोलिया सहित बाराको बरियापुर- सेमरातेगछियाबाट साहलाई पक्राउँ गरिएको हो।

तेस्रो लिङ्गीहरुले पनि बारामा तीज धुमधामसंग मनाए

-सुभाषप्रसाद साह- बारा ७ भदौ । विवाहित महिलाहरुले आफ्नो पतिको दिर्घआयुको काम गर्दै तथा अविवाहित महिलाहरुले सुयोग्य पति पाउँने कामना गर्दै मनाईरहेका तीज आईतबार तेस्रो लिङ्गीहरुले पनि बाराको सदरमुकाम कलैयामा धुमधामका साथ मनाएका छन् । <br> अरु महिलाहरु जस्तै हामिले पनि आफ्ना पतिको दिर्घआयुको काम तथा सुयोग्य पतिको लागि तीज मनाएको आयोजक संस्था निल हिरा समाज बाराका कार्यक्रम अधिकृत पुष्पा लामाले बताईन । <br> निल हिरा समाजको आयोजनामा भएको सो तीज बिशेष कार्यक्रममा बारा पसा्र रौतहट चितवन मकवानपुर काठमाडौं लगाएत जिल्लाका सयौंको संख्यामा रहेका तेस्रो लिङ्गीहरु एकै साथ नाचगान गरेर तीज धुमधामकासंग मनाएका हुन । नाचगान गर्नु अघि उनीहरुले कलैया स्थित सिद्धेश्वर मन्दिरमा गई भगवान शिवको पुजाअर्चाना गरेका थिए । <br> उनीहरुले आयोजना गरेको नाचगान बिशेष कार्यक्रम हेर्नको लागि भिडैभिड लागेको थियो । कतिपय मान्छेहरु घरको छतबाट पनि हेरीरहेका थिए । तर केही बेर बिधुत गए पछि खल्लो महसुश गरेका थिए दर्शक तथा आयोजकहरुले । <br> अब बन्ने नयाँ संबिधानमा तेस्रो लिङ्गीहरुको अधिकार सुनिश्चित हुनुपर्

प्रधानमन्त्रीको भारत भ्रमणमा वीउवासंघको सहभागिता

वीरगंज, ७ भदौ .प्रधानमन्त्री माधव कुमार नेपालको नेतृत्वमा गत भदौ २ गतेदेखि ६ गतेसम्म भएको मित्र राष्ट्र भारतको सद्भावना भ्रमणमा सहभागी रहनु भएका वीउवासंघका उपाध्यक्ष अशोक बैध आज वीरगंज फर्कनु भएको छ । प्रधानमन्त्री नेपालको सद्भावना भ्रमणका सम्बन्धमा आज उहाँसँग भएको संक्षिप्त कुराकानीमा सम्पन्न वाणिज्य सन्धी र दुई पक्षीय आर्थिक सम्बन्ध विस्तारका दिशामा भ्रमण उपलब्धीमूलक भएको धारणा उपाध्यक्ष बैधले व्यक्त गर्नुभयो । विशेष गरेर सन् १९९६ को वाणिज्य सन्धीको मर्म र भावना अनुरुप नै यस पटक सम्पन्न भएको वाणिज्य सन्धीले नेपालको उद्योग व्यापारको प्रबद्र्धन र विकासमा ठूलो टेवा पुग्ने विश्वास निजी क्षेत्रले राखेको कुरा बैधले एक भेटमा बताउनुभयो । उहाँले वीउवासंघले पटक-पटक उठाउँदै आएको औद्योगिक मेशिनरी र उपकरण मर्मत सम्भार गर्न भारततर्फ पठाउन हालको झन्झटिलो व्यवस्थालाई सजिलो बनाउने माग यस पटकको सन्धीमा समाविष्ट गरिएको छ जुन उद्योगी व्यापारीका लागि अत्यन्तै सकारात्मक रहेको छ । प्रधानमन्त्रीको भ्रमणका क्रममा मित्र राष्ट्र भारतले देखाएको गहिरो चासो सद्भाव र आतिथ्यता अत्यन्तै प्रशंसनीय रहेक

गणेशलाइ २०१ किलोको लडडु

-प्रणय कुमार- वीरगंज ७ भदौ । गणेश चतुर्थीको अवसरमा भगवान गणेशलाइ शुद्ध घियूबाट बनाइएको २ सय १ किलोको एउटै लडडुको भोग लगाइएको छ। आज जय गणेश झंकार मण्डलले आज वीरगंजको घडिअर्वा नजिक आयोजना गरेको सातौ गणेश चतुर्थी महोत्सवमा ५ दिनसम्म १५१ घण्टा अखण्ड ज्योति विभिन्न कलाकारहरुद्वारा भजन किर्तन प्रसाद वितरण हुने महोत्सवका अध्यक्ष रमेश शर्माले बताएका छन्।

भारतीय नागरिकले झुक्याइ नेपाली नागरिकता लिएको आरोप

वीरगंज ७ भदौ । एक भारतीय नागरिकले झुक्याइ नेपाली नागरिकता लिन सफल भएको खुलासा भएको छ। आज नेपाल पत्रकार महासंघ पर्सामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पर्सा भिखमपुर निवासी जादोलाल महतोले सो आरोप लगाउदै भारतीय नागरिकलाइ कारबाहीको मांग गरेका हुन्। भारत बिहार राज्य पश्चिम चम्पारण सिक्टा निर्वाचन क्षेत्रका रामधानी िसंहका छोराले झुक्याइ नेपाली नागरिकता प्रमाणपत्र लिएको प्रमाण फेला परेको छ। भारत पश्चिम चम्पारण थाना बलथर गौनाहा निवासी राधा शंकर िसंहले पर्सा जिल्ला जानकीटोला वडा नं। २ बाट रामाशंकर िसंह राजपूतको नामबाट नेपाली नागरिकता र मतदाता परिचयपत्र लिन सफल भएका हुन्। रामाशंकर िसंह राजपूतले प्राप्त गरेको मतदाता परिचयपत्र नं। १३३४१२७३ मा प्रमुख परिचय वितरण अधिकारी दोलखबहादुर गुरुङ मिति २०५७।२।३१ उल्लेख छ। भारतको नरकटियागंजबाट सन् ३०-३-१९९५ मा हासिल गरेको निर्वाचन परिचय पत्र नं। बीआर ०११००५१४९८७८१ छ । रामाशंकर िसंह राजपूतको नामबाट नेपाली नागरिकता प्रमाणपत्र लिएका भारतीय नागरिक राधाशंकर िसंहले प्राथमिक एवं मध्य विद्यालयको शिक्षँक पदको लागि गौनाहामा १२११११२००८ मा निवेदन दिएका थिए। भारतीय ना

नेपाली भाषामा प्रकाशित पत्रिकामा प्रतिबन्ध लगाइने

वीरगंज ७ भदौ । आजदेखि नेपाली भाषामा प्रकाशित हुने सबै राष्ट्रिय पत्रपत्रिकाहरुको बिक्री वितरणमाथि मधेश तराइ फोरमले प्रतिबन्ध लगाउने भएको छ। केन्द्रीय आन्दोलन परिचालन समितिको नामबाट हिन्दी भाषामा प्रकाशित उक्त पर्चामा भदौ १४ गते खस नेपाली भाषामा प्रकाशित हुने पत्रपत्रिकाहरु बिक्री वितरण प्रतिबन्ध २१ गते विद्युतीय संचार माध्यमबाट नेपाली भाषामा प्रशारण हुने सबै कार्यक्रम केवल अपरेटरमार्फत प्रतिबन्ध लगाउने कात्तिक ९ गते मधेशमा सरकारी तथा निजी विद्यालयहरुमा खस नेपाली भाषामा दिइने शिक्षुमा प्रतिबन्ध लगाउने कात्तिक १५ गते मधेशमा सरकारी कार्यालयहरुमा खस नेपाली भाषामा गरिने सबै कामकाजमा प्रतिबन्ध लगाइने उल्लेख छ। राज्य र निजी क्षँेत्रबाट मधेशमा कामकाज गर्नका लागि हिन्दी र स्थानीय भाषामा आफूलाई बदल्नुपर्ने भन्दै मधेशीहरुमाथि भाषिक र सांस्कृतिक दमन बन्द गर विशेष सुरक्षु नीति अन्तर्गत बढ्दै गइरहेको सैनिकीकरण बन्द गरलगायतको मांग उल्लेख छ।

नेपाल प्रहरी सेवामा सरदार देख्दा आश्चर्य

वीरगंज ७ भदौ । बांके नेपालगंजका २५ वर्षीय युवा समर िसंह सरदार अहिले प्रहरी सेवामा छन्। २०५९ सालदेखि प्रहरी सेवामा लागेका समर िसंह सरदार काठमाडौं पिलुवा बारा हुंदै हाल साउन २५ गते देखि जितपुरमा कार्यरत छन् । पिता स्व। श्रीदेवी िसंह सरदार पनि नेपाल प्रहरी सेवामा कार्यरत हुनुहुन्थ्यो। आपुनो पिताबाट प्रेरित भएर प्रहरी सेवामा आएका बताउनुहुन्छ समर िसंह। उहांका तीनैजना दाजुभाइ नेपाल प्रहरीमा कार्यरत छन्। उनको परिवारमा तीनजना दिदी बहिनी आमा श्रीमती छन्। आपुना छोराहरु प्रहरी सेवामा लागेको देखेर उनका परिवारले गर्वले महसुस गर्दै आएका छन्। समरिसंह सरदार हाल श्री सशस्त्र प्रहरी सुरक्षु वेश क्याम्प जीतपुर बारामा प्रहरी हवल्दारको रुपमा कार्यरत छन्। उहांका पुर्खाहरु भारतको पंजाबबाट आएको बताउनुहुने समरिसंह सरदारको बाजे र बुवाको भने नेपालमै जन्म भएको हो। नेपालको वंशज नागरिक हुनुहुन्छ। अहिलेसम्म सरदार पंजाबी हरु प्रहरी सेवामा नेपाल सशस्त्र प्रहरीमा करिब २५ जना र जनपथ प्रहरीमा करिब ४० जना कार्यरत छन्। अहिले नेपलमा प्रहरी सेवामा सरदार पंजाबी हरुको झुकाव भएको देखिन आएको छ।

नदीले बगाएर एकको मृत्यु

रौतहट ७ भदौ । गाइ चराउन गएका एक अधवैसेलाइ पौराही नदीले बगाएर बेपत्ता बनाएपछि आज दिउंसो १ बजे सर्लाहीको राजघाट भन्ने स्थानमा मृत अवस्थामा फेला परेका छन्। पौराही-६ बस्ने ४५ वर्षीय डयारी माझीलाई आज दिउंसो १ बजे मृत अवस्थामा फेला परेका हुन्।

व्यापारीद्वारा सिन्धुली बन्द

सिन्धुली ७ भदौ । व्यापारीहरु माथि अभद्र व्यवहार गरेको विरोधमा उद्योग व्यापारी संघ सिन्धुलीले बजार बन्द गराएको छ। आज बिहान उद्योग वाणिज्य संघका अध्यक्ष मिनबहादुर श्रेष्ठको नेतृत्वमा निस्किएको व्यापारीहरुको विरोध रयालीले असक्षम प्रशासन चाहिदैन गुण्डागर्दी गर्न पाईदैन शान्ति सुरक्षु कायम गर लगायतको नारा लगाउंदै भिमान बजार बन्द गराएका हुन्।

दुर्घटना र सडक अवरुद्ध

वीरगंज ७ भदौ । तरकारी बजार व्यवस्थित गर्नुपर्ने मांग राख्दै तरकारी व्यापारीले अवरुद्ध गरेको वीरगंज-जीतपुर सडकखण्ड सुचारु भएको छ। आज दिउंसो १ बजेदेखि भवानीपुर जितपुर-३ सडकखण्ड प्रहरीले सुचारु गराएको हो। यसैगरी गए राति बहुअरी-६ नजिकैको सडकखण्डमा ना।११प ९१९५ नं।sाे मोटरसाइकल दुर्घटना हुंदा वीरगंज-११ बस्ने बिजु तिवारी र दिपक गुप्ता गम्भीर घाईते भएका छन्। दुवैको ना।उ।क्षे।अस्पताल वीरगंजमा उपचार भइरहेको छ।

वाणिज्य सन्धिबाट नेपालले धेरै उपलब्धि हासील गरेको छ -वाणिज्यमन्त्री महतो

पचेश्वर छिट्टै कार्यन्वयन प्रकृयामा जान्छ-उर्जामन्त्री महत काठमाडौं भाद्र ७ । प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणमा सहभागी वाणिज्य आपुर्ति एवं उर्जामन्त्रीले भारत भ्रमण अत्यान्त सफल उपलब्धिमुलक र फलदायी भएको बताउनुभएको छ । उहांहरुले नेपालले भारतसंग धेरै आर्थिक सहयोग प्राप्त गरेको समेत बताउनुभयो । रिपोर्टस्र क्लव नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै वाणिज्य मन्त्री राजेन्द्र महतोले नेपाल र भारतबीच सम्पन्न भएको वाणिज्य सन्धिबाट नेपालले धेरै उपलब्धि हासील गरेको समेत बताउनुभयो । भारत सरकारको ३२ अर्ब सहयोगले नेपालको हुलाकी सडक निर्माण रेलवे क्षेत्रको विकास भन्सारका अतिरीक्त प्रहरी एकेडेमीको विकासमा टेवा पुग्ने उल्लेख गर्नुभयो । बर्षै देखि नेपालले चाहेको वाणिज्य तथा अनाधिकृत व्यापार सन्धिले नेपालको आर्थिक विकासको क्षेत्रमा ठूलो सहायता मिलेको बताउनुभयो । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वाणिज्य सन्धिगर्न नहुने भन्दै आइरहेका थिए तर आखिर नेपाली जनताको हितका खातिर हामीले यो सन्धि गराई छाड्यौ मन्त्री महतोले भन्नुभयो । वाणिज्य सन्धिले आर्थिक सहायताको क्षेत्रमा महत्वपूण्र्ण योगदा

तराइमा चारवटा प्रदेश

वीरगंज ७ भदौ । थारु कल्याणकारिणी सभा केन्द्रय समितिले आज एक प्रेस विज्ञप्ति जारी गरी तराईमा चारवटा प्रदेश हुनुपर्ने अवधारणा प्रस्तुत भएको जनाएको छ। सो विज्ञप्तिमा सो अवधारणालाई थारु समुदायका राजनीतिक नेता तथा बुद्धिजिवीहरुले समेत समर्थन गरेका छन् । तराईमा प्रदेश निर्धारणको तरिका विषयक कार्यक्रममा सभासद महेश चौधरी र बुद्धिजीवी ज्योति दनुवारले तराईमा चारवटा प्रदेश हुनुपर्ने अवधारणा प्रस्तुत गर्नुभएको हो । उहाँहरुले प्रस्तुत गरेको अवधारणामा पूर्वमा कोचिला या औल थरुहट प्रदेश जनक या गढीमाई प्रदेश लुम्बिनी प्रदेश र थरुहट प्रदेशको अवधारणा प्रस्तुत गर्नुभएको हो । यो अवधारणाले एक मधेश एक प्रदेशको एकात्मकवादी तथा तराईका सम्पूर्ण आदिवासी समुदायलाई मधेसी नेताहरुको कमैया बनाउने अभियानलाई समाप्त पार्ने विचार उहाँहरुले राख्नुभएको थियो । उहाँहरुको अवधारणालाई समर्थन गर्दै सभासद नारदमुनी राना थारु नेपाली कांग्रेस केन्द्रिय सदस्य पदमनारायण चौधरी पूर्व सांसदद्धय ब्रम्हनारायण चौधरी र दुर्याेधन चौधरी लगायतकाले समर्थन गर्नुभएको थियो । यसैगरी कार्यक्रममा अधिवक्ता प्रदीप राजवंशी र ताजपुरिया कल्याण समाजका अध्यक

हतियारसहित पूर्व गाविस सचिव यादव र उनका तीन छोराहरु पक्राउ

-सुभाषप्रसाद साह- बारा ७ भदौ । सीमा सुरक्षा बल सशस्त्र प्रहरी बेस क्याम्प बेलदारी बाराले आईतबार बिहान हतियार सहित चार जनालाइ पक्राउ गरेको छ। थ्री फिफटी राईफल एक थान र सोमा प्रयोग हुने तीन राउण्ड गोलि सहित पूर्व गाउं बिकास समितिका सचिव समेत रहेका लेखनाथ यादव उनका तीन छोराहरु जयप्रकाश यादव ओमप्रसाद यादव र सोमप्रसाद यादवलाइ प्रहरीले पक्राउँ गरेको हो। बेलादारी-७ स्थित यादवको घरमा सशस्त्र प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउँ गरी जिल्ला प्रहरी कार्यालय बारामा आईतबार नै बुझाएको छ । पक्राउँ परेका पुर्व गाविस सचिव यादव सहित चारै जनामाथि अनुसन्धान भईरहेको प्रहरी निरिक्षक बिज्ञान बस्नेतले बताए ।