Skip to main content

Posts

Showing posts with the label कृषि समाचार

प्याज भन्दा आलु महंगो

वीरगंज, २ असार। लामो खडेरी प्रचण्ड गर्मीका कारण तराइमा तरकारीको मूल्य चर्कदै गइरहेको छ।  कृषकहरूले उत्पादन गरेको तरकारीले बजारको मांग भने आपर्ूर्ति गरेको छ।  नेपाल आलु र प्याजमा निर्भर छैन। नेपालको बजारमा आलु र प्याज भारतबाट पैठारी भइ आएका छन्। केही हप्तादेखि वीरगंजको बजारमा आलुको मूल्य चर्किएर प्रतिकिलो रू २४ पुगेको र प्याजको भाउ भने प्रतिकिलो रू २० मात्र रहेको छ। गोलभेंडाको मूल्य चर्कदै प्रति किलो रू ५० पुगेको छ। प्रचुर मात्रामा वषर्ात् नभएको र प्रचण्ड गर्मीका कारण कृषकहरूले आप\mनो खेतमा राखेको धानको ब्याड डढीरहेको छ। मनसुन वषर्ा छिट्टै होला जस्तो पनि छैन। मनसुन वषर्ा पर््रयाप्त नभइ तराइका जिल्लामा धानको रोपाइं समेत हुन सक्दैन।