भक्तपुर, १ असार। द्वन्द्वको समयमा नेपालका ग्रामीण क्षेत्रका युवतीहरु भागेर शहरी क्षेत्रमा पलायन भएका थिए। यिनीहरु मध्ये केही भक्तपुरका र्सर्ुयबिनायक, डाँगाचा, डेकोचा, सल्लाघारी, लिवाली, कमलबिनायक, ब्यास्ाी, नगरका भित्रीभाग र डेकोचामा बसेर यौन ब्यापार सग्लग्न हुने गरेका छन्। बाध्यताबस यस पेसा संग्लग्न भएकाहरु गाउँ फर्किने अबस्था अझै पनि छैन। सरकारले ल्याएको २०११ सालमा ल्याउने १० लाख पर्यटकहरु मध्ये केही आफ्नो ग्राहक बन्न कुरामा भक्तपुरका यौनकर्मी महिलाहरु ढुक्क छन्। उनीहरु मध्ये केहीले यहाँका केही ठुला होटेलहरुको सर्म्पर्कमा बिदेसी ग्राहक अहिले पनि पाइरहेको कुरा सुनाए। हालसम्म गैरकानुनी रुपमा रहेको यो ब्यबसायको बारेमा खुलेर बहस गर्न यहाँका पर्यटन ब्यबसायीहरु तयार छैनन्। नाम उल्लेख गर्न नचाहने एक पर्यटन ब्यबसायीका अनुसार भक्तपुरमा प्रचार गरिएको सास्कृतिक पर्यटनको स्कोप नसकिसकेकोले यौन पर्यटनलाई नै मुल उदेश्य लिए मात्र यहाँको पर्यटन उद्योग धान्न सकिने दाबी गरे। यहाँका पर्यटन ब्यबसायीहरुले भक्तपुरलाई नयाँ पदयात्रा गन्तब्य बनाउन खोजे पनि यहाँको प्रदुशित बाताबरणको कारण बाताबरणबिदहरुले अस...