Skip to main content

Posts

Showing posts from December 1, 2009

देशमा सरकार नभएर नै होला सिडिओलाइ मन्त्रीले कुटि्न- थापा

वीरगंज, १६ मंसिर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशमा सरकार नभएकोले दण्डहीनता बढेको बताएका छन्। आज वीरगंजको होटल सुरजमा रिपोर्टस क्लब नेपाल पर्साले आयोजना गरेको साक्षँत्कारमा बोल्दै उनले भने- देशमा सरकार भएको भए सिडिओ कुट्ने मन्त्रीलाई अवश्य कारबाही हुन्थ्यो तर भएन। थापाले देशको ढुकुटीमा ऐतिहासिक ब्रहमलुट भएको आरोप लगाउंदै माओवादी र एमालेको कार्यकालमा मन्त्रीहरुले करोडौं रुपैया घोटाला गरिरहेको आरोप लगाए। उनले देश विकास गर्न सिंगापुर अथवा भारत नगइ संसदबाटै गर्न सकिने कुरामा जोड दिए। बीपीको मूलमन्त्र बिर्सिएर कांग्रेसले राजनीति गरिरहेको आरोप लगाए।

बातारबण मैत्री निर्माणको लागि मेला

भक्तपुर, १६ मंसिर। यति बेला सिङगै बिश्वको ध्यान बाताबरण बिनासको कारण बिश्वमा देखिन थालेको समस्या केन्दि्रत हुन पुगेको छ। पुल्चोक क्याम्पसमा हरेक बर्षहुने सिभिल इन्जिनियरीङ मेलाले पनि यस बर्षबाताबरण मैत्री निर्माण भन्ने नारा दिएको छ। चौथो पटक हुन लागेको सो मेला मंसिर १९, २० र २१ गते पुल्चोक क्याम्पसमा हुनेछ। मेलामा सिभिल इन्जिनियरीङ अध्ययनरत बिद्यार्थीहरुले तयार पारेका परियोजनाहरु पर््रदर्शन गरिनेछ। प्राकृतिक प्रकोपको बेला कसरी बच्न सकिन्छ भन्न्ो उपाय मेलाका दर्शकहरुले थाहा पाउने मौका पाउनेछन्। जलबायु परिबर्तनको कारण निर्माण क्षेत्रमा पार्ने प्रभावहरुको बिषयमा सेमिनार हुनेछ। सडक निर्माणको क्रममा नेपालमा बम बिष्फोटहरु गर्ने गरिएको छ। यस किसिमका गतिबिधिको कारण ध्वनी र बायु प्रदुशण भैररहेको छ। जलबिद्युत आयोजनाहरुको लागि ब्यापक रुपमा बन फडानी गरिएका छन्। सहर बसाउने नाममा रुखहरु ढालिएका छन्। यस किसिमका गतिबिधि बढेमा बाताबरण संरक्षण गर्न समस्या हुने कुरा दर्शाउन मेला आयोजना गर्न लागिएको हो। - बाल बैज्ञानिक मेला अहिलेको प्रतिस्पर्धात्मक युगमा नेपालीहरुले पनि बैज्ञानिक जगतमा नबिन क...

१ रुपियाँको लिलामी

भक्तपुर, १६ मंसिर। सरकारले खर्च गर्ने एक रुपियाँको सो कार्यक्रममा खर्च भएको रकम उठाउन लिलाम गर्न सकिनेको छ। बैठकमा सहभागीहरुको हस्ताक्षर सहितको सो रुपियाँ बिश्वको लिलामी बजारमा बिक्री गर्न सकिन्छ। यसो गर्न सकेमा जलबायु परिबर्तनको कारणले नेपालमा हुन सक्ने खतराहरुको जानकारी बिश्वजगतलाइ दिन अझ प्रभावकारी हुनेछ।

सगरमाथाको काखमा नेपाली मन्त्री

काठमाडौं, १६ मंसिर। मंसिर १९ गते शुक्रवार नेपाली मन्त्रीहरु सगरमाथाको चिसो हावा खादै मन्त्रीमण्डलको बैठक बस्दैछन्। जलबायु परिबर्तनको कारण हिमालयहरु पग्लदैछ भन्ने संकेत बिश्वलाई सुनाउन यस किसिमको कदम चालिएको हो। समुद्री सतहबाट ५,२४२ मिटर उचाइमा रहेको कालापत्थर भन्ने स्थानमा मन्त्रीहरु हेलिकप्टरमा पुग्नेछन्। त्यहाँ करीब २० मिनेटको बसाइमा मन्त्रीहरुले बाताबरण र राष्ट्रिय निकुञ्ज सम्बन्धि निर्ण्र्ाारु लिनेछन्। बैठक बस्न लागिएको स्थानमा चारैतिर हिमालले घेरेको छ। हिमालको बीचमा रहेको घाँसे मैदानमा बैठक बस्न लागेको हो। नेपाल जलबायु परिबर्तनको मुद्दामा संबेन्दनशील छ भनेर देखाउन मंन्त्रीमण्डलका सदस्यहरु जोखिम मोल्न तयार भएका हुन। मन्त्रीहरु अघिल्लो दिन लुक्ला बिमानस्थल हुदै स्याङबोचेमा बास बस्नेछन्। त्यस दिन साँझ त्यहाँ बैठक बस्नेछ। यही बैठकबाट निस्केकानिर्णयलाई औपचारिकता दिन भोलिपल्ट मौसम अनुकुल भए पछि कालापत्थरमा जान स्वास्थ्य अवस्था ठिक भएका मन्त्रीहरुले कालापत्थरमा गइ निर्ण्र्ाापुस्तिकामा हस्ताक्षर गर्नेछन्। २० मिनेट त्यहाँको बसाइ पछि मन्त्रीहरु र्फकनेछन्। २ दिनको कार्यक्रमको लाग...

उर्जा जोगाउन बिजुली मेला

काठमाडौं, १६ मंसिर। सोमबार साँझ मको गल्लीमा झ्याप्प बत्ती निभ्यो। पुषमा हुने स्नातक तह प्रथम बर्षो परीक्षाको तयारी गरिरहेका दिनेश लवजू चिन्तित भए। बत्तीको कारण परीक्षाको लागि तयारी नपुग्ने भयले लवजूलाई चिन्ता परेको थियो। त्यति नै बेला टुकी बालेर उनी तचपालको बत्ती पसलमा पुगे। उनले त्यहाँ साहुजीसंग ब्याट्री र सिएफएल चीम माग गरे, तर स्टक भने थिएन। उही बेला कप्युटर इन्जिनिरीङका बिद्यार्थी रोशन कोजु युपिएस लिएर त्यहाँ आइपुगे। केही दिन अगाडि मात्र किनेर लगेको युपिएसले काम नगरे पछि कोजुले फिर्ता लिएर आएका थिए। बिजुली जानु अघि चार घण्टा लगाएर कम्प्युटर प्रोग्रामिङ गरिरहेका कोजु युपिएसको ब्याकअपले ढुक्क रहेका थिए। तर युपिएस काम नलागे पछि उनको चार घण्टे मेहनत र्ब्यर्थ भयो। काम चलाउ हिसावले सामान किनेका रोसन पछुताउदै अवका दिनमा सामान डाँजेर मात्र खरीद गर्न अनुरोध गर्दछन्। वरीपरी अध्यारो भए पनि पसलमा भने बिजुली मेला हुने पोष्टर टाँस गरिएको रहेछ। पावरफुल चश्मा लाएका दिनेशले सो पोष्टरबाट मेला भोलिपल्टबाट हुने थाहा पाए पछि अर्का ग्राहक रोसनलाई पनि सुनाए। लोडसेडिङबाट पिडित रोसन र दिनेश मेलामा नै ग...

मेची महाकाली जनजागरण अभियान वीरगंजमा

वीरगंज, १६ मंसिर । सीमा अतिक्रमण, वैदेशिक हस्तक्षेपविरुद्ध तथा अग्रगामी संविधान भन्ने मूल नारासहित मेची महाकाली जनजागरण अभियान वीरगंजमा आइपुगेको छ। आज वीरगंजको घण्टाघरमा आयोजित एक सभामा अखिल नेपाल आदिवासी जनजाति महासंघ -एकीकृत) केन्द्रीय समिति बारा तथा नेपाल थारु स्वशासित संघ केन्द्रीय समिति बाराको संयुक्त आयोजनामा सो अभियान निकालिएको हो।

जंगली हात्तीको आक्रमणबाट दुइजनाको मृत्यु

सिन्धुली, १६ मंसिर । जंगली हात्तीको आक्रमणबाट दुइजना व्यक्तिको मृत्यु भएको छ। गए राति ११ः३० बजे हर्साही-५ बस्ने दुसुवा अधिकारीको छोरा ४० वर्षीय कमिया अधिकारी सहरी खोलामा माछा मार्न गएको अवस्थामा हात्तीको आक्रमणमा परी उनको घटनास्थलमै मृत्यु भएको हो। त्यसैगरी दुधौली-१ कर्या बस्ने हेमबहादुर कटुवालको छोरा २० वर्षीय बिकास कटुवाललाइ घरमै आक्रमण गर्दा उनको माओवादी २ डिभिजन दुधौलीमा उपचारको क्रममा मृत्यु भएको थियो।

एडस दिवसको अवसरमा एडसविरुद्ध वृहत रयाली

वीरगंज, १६ मंसिर । एचआइभी एडसको सेवामा सबैको पहुंच बढाऔं, मानव अधिकार सुनिश्चित गरौं नाराका विश्व एडस दिवसको अवसरमा विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा वृहत रयाली प्रदर्शन गरिएको छ। आज वीरगंजको घण्टाघरबाट निस्किएको सो रयालीमा विद्यार्थी जागरण मंच, दिव्य युवा क्लब, जिविस, अरुणोदय युवा क्लब, लियो क्लब, आशा मिलन समूह, एनजिओसीसी, जिल्ला जनस्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, सानो पाइला, महिला विकास कार्यालय पर्सर्ाागायतको उपस्थिति थियो । स्थानीय विकास अधिकारी रामदयाल यादवको सभापतित्वमा सम्पन्न उक्त समारोहका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालयका प्रमुख यादव प्रसाद कोइराला रहेकाथिए। कार्यक्रममा शितल महतो, राजु श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए।