Skip to main content

Posts

Showing posts with the label दुर्घटना

टयाक्टर पल्टिदा चालकको मृत्यु

वीरगंज, ९ असार । टयाक्टर दुर्घटनामा बारामा टयाक्टर चालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। आज बिहान मनहर्वा-७, उचिडीह नजिकै ना१त ९८४९ नं.को ट्याक्टर एक्कासी पल्टीदा ट्याक्टर चालक मनहर्वा -३ बस्ने झगरु यादवको घट्नास्थलमा नै मृत्यु भएको छ भने, झिटकैया-४ बस्ने छोटेलाल राम घाइते भएपछि उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको प्राप्त जानकारीमा उल्लेख छ। 

सडक अवरुद्ध र दुर्घटना

वीरगंज, ३ असार । विभिन्न स्थानमा सडक अवरुद्ध गर्ने तीब्र वृद्धि भएको छ।  आज बिहान ढल्केवर-जनकपुर सडकखण्डको ढल्केवरमा दुर्घटनामा मृत्यु भएका दुइजनाको परिवारलाइ क्षतिपर्ूर्तिको माग गर्दै पीडित परिवारले चक्काजाम गरेका छन्। मंगलवार अल्फावेट नखुलेको ३३९७ नं.को सेतो रंगको टिपरले ज२.प.८२१३ नं.को मोटरसाइकललाइ ठक्कर दिंदा मोटरसाइकलमा सवार दुइजनाको घटनास्थलमा नै मृत्यु भएको छ। अवरुद्ध सडक आज बिहान सर्वपक्षीय छलफलपछि सुचारु भएको थियो।  रौतहटको चपुर.-३ र ४ का स्थानीयबासीहरुले विद्युतको मांग गर्दै अनिश्चितकालको लागि राजमार्गमा चक्काजाम गरेका छन्। चितवनको पारस बसपार्कमा निर्माण भएको केन्द्रिय बस र्टर्मिनल संचालनको लागी नगरपालिकाले टेण्डर आह्वान गरेको बिरोधमा यातायात व्यवसायीले नगरपालिका अगाडीको सडक अवरोध गरेका छन्।  टेण्डरको विषयलाइ लिएर चुरे भावर सर्लाहीका अध्यक्ष कुमार पौडेलको नेतृत्वमा रहेको समूहले वागमती सिंचाइ आयोजनाको कार्यालयमा तालाबन्दी गर्नुको साथै राजमार्ग अवरोध गरेका थिए।  महोत्तरीको औरही-५ मा रहेको श्रीप्रसाद सिंह उच्च मा.वि.मा शिक्षक नियुक्तिमा अनियमितता भएको विरोधमा स्थानीयवासीन्...

मोटरसाइकलको ठक्करबाट वृद्धा ठहरै

चितवन, १ असार । महेन्द्र राजमार्ग हुंदै हेटौडाबाट चितवनतर्फ जांदै गरेको मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। आज बिहान चितवनको पिप्ले-७ गड्यौली नजिकै ना११प ३९२२ नं.को मोटरसाइकलको ठक्करबाट सोही ठाउं बस्ने ७० वर्षीय वृद्धा कृष्ण कुमारी राउतको उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा रहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

दुर्घटनामा पत्रकारसहित पांचजना घाइते

नवलपरासी, १ असार । राजधानीको बालाजुमा सवारी दुर्घटनामा पत्रकार रविन थपलिया घाइते भएका छन्। माछापोखरीदेखी बनस्थली तर्फजांदै गरेको ना २ प८६२९ नं को भाडाको ट्रकले सोही दिशा तर्फजांदै गरेको बा ३१ प १८२१ नम्बरको मोटरसाइकललाई ठक्कर पत्रकार थपलिया सहित नैकाप २ बस्ने बिमला धिताल घाइते भएका हुन्। घाइते थपलियाको अहिले बि एण्ड बि अस्पताल र गम्भीर घाइते धितालको अहिले शिक्षण अस्पताल महारागञ्जमा उपचार भैरहेको छ। उता, पर्ुव पश्चिम राजमार्ग अर्न्तर्गत नवलपरासीको रजहरमा गएराती भएको सवारी दुर्घटनामा परी ४ जना घाइते भएका छन्। पश्चिमबाट पुर्वतर्फआउंदै गरेको ना२ख ५३५३ नं.को ट्रक रजहर ६ मा अचानक पल्टंदा सो दुर्घटना भएको हो। घाइते सबैलाइ उपचारको लागी चितवनको भरतपुर ल्याइएको छ। घाइतेमध्ये ३ जनाको भरतपुर अस्पताल र १जनाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

ठक्करबाट याइकल यात्री घाइते

भरत पाण्डे ३० जेठ ,चितवन पर्ूव-पश्चिम राजमार्गको हेटौंडा नारायणगढ सडकखण्डमा आज बिहान मिनिबसको\ ठक्करबाट एकजना र्साईकल यात्रि र्घाईते भएका छन । ना.३ ख १५८९ नम्बरको मिनि बसले आज बिहान सवा सात बजे भण्डाराको पम्फा पुलमा र्साईक यात्रिलाई ठक्कर दिएको हो । र्घाईते २० ,२१ बषिर्य युवति रहेको बताईको छ । घाईतेको अहिले सम्म नाम खुल्न सकेको छैन भने ठक्कर दिने बसका चालक फरार रहेका छन । घट्नापछि आक्रोशित स्थानिय बासिन्दाले बसमा तेडफोड गरेका छन । उता, पर्ूव पश्चिम राजमार्ग अर्न्तर्गत सुनसरीको भोक्राहा ५ मा भएको सवारी दर्ुघटनामा दर्ुइ दर्जन यात्रु र्घाईते भएका छन् । पश्चिमबाट पर्ूवतर्फआउदै गरेको ना २ ख ७७६० नम्बरको बस विपरित दिशातर्फजादै गरेको नम्बर नखुलेको ट्रकलाई र्साईड दिने क्रममा अचानक पल्टिदा बसमा सवार २३ जना यात्रु र्घाईते भएको प्रहरीले जनाएको छ ।र्घाईतेहरु मध्ये २२ जनाको अहिले जिल्ला अस्पताल इनरुवामा उपचार भईरहेकेा छ । झापा पोत गाछिका १९ बषिर्य रोसन पैडेलको भने त्यहा उपचार हुन नसकेपछि वि पि कोईराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान रेफर गरीएको छ । बस अहिले घटना स्थलमै छ भने बसका चालक फरार रहेक...

सडक दुर्घटनामा एकजनाको मृत्यु

वीरगंज, २९ जेठ । महेन्द्र राजमार्गको चितवनको रत्ननगर-८ नजिकै नम्बर खुल्न नसकेको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ। आज बिहान गाडीको ठक्करबाट रौतहट करहरिया-१ बस्ने १६ वर्षीय राम बिश्वासप्रसाद यादव गम्भीर घाइते भएपछि उनको उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने गाडी चालक फरार रहेको प्राप्त जानकारीमा उल्लेख छ।  धादीङको नौविसे १ नजिकै बा.२२.प.४९६९ नं.को मोटरसाइकलको ठक्करबाट सिन्धुली घर भइ हाल के.पि.सिमेन्ट फयाक्ट्रीमा कार्यरत कृष्ण बुढाथोकी घाइते भएका छन्। जोगीमारा-१ खोला नजिकै आज बिहान नं.नखुलेको ट्यांकरको ठक्करबाट २ जना घाइते भई उपचारको लागी मलेखु अस्पताल पठाइएको प्राप्त जानकारीमा उल्लेख छ।  

डेरीको गाडीको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु

वीरगंज, २८ जेठ । डेरीको गाडीको ठक्करबाट चितवनमा एक वृद्धाको घटनास्थलमै मृत्यु भएको छ।  आज बिहान भरतपुर -१ देवघाट नजिकै ना.१.ख १५३१ नं.को डेरीको गाडीले देवघाट गुम्वामा बस्ने भिक्षु  ८४ वर्षीय फुर्सद डोल्मा आनीलाइ ठक्कर दिंदँ उनको घटनास्थलमै मृत्यु भएको हो। ठक्कर दिने गाडी र चालकलाइ प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्राप्त जानकारीमा उल्लेख छ।