Skip to main content

उर्जा जोगाउन बिजुली मेला

काठमाडौं, १६ मंसिर। सोमबार साँझ मको गल्लीमा झ्याप्प बत्ती निभ्यो। पुषमा हुने स्नातक तह प्रथम बर्षो परीक्षाको तयारी गरिरहेका दिनेश लवजू चिन्तित भए। बत्तीको कारण परीक्षाको लागि तयारी नपुग्ने भयले लवजूलाई चिन्ता परेको थियो। त्यति नै बेला टुकी बालेर उनी तचपालको बत्ती पसलमा पुगे। उनले त्यहाँ साहुजीसंग ब्याट्री र सिएफएल चीम माग गरे, तर स्टक भने थिएन। उही बेला कप्युटर इन्जिनिरीङका बिद्यार्थी रोशन कोजु युपिएस लिएर त्यहाँ आइपुगे। केही दिन अगाडि मात्र किनेर लगेको युपिएसले काम नगरे पछि कोजुले फिर्ता लिएर आएका थिए। बिजुली जानु अघि चार घण्टा लगाएर कम्प्युटर प्रोग्रामिङ गरिरहेका कोजु युपिएसको ब्याकअपले ढुक्क रहेका थिए। तर युपिएस काम नलागे पछि उनको चार घण्टे मेहनत र्ब्यर्थ भयो। काम चलाउ हिसावले सामान किनेका रोसन पछुताउदै अवका दिनमा सामान डाँजेर मात्र खरीद गर्न अनुरोध गर्दछन्। वरीपरी अध्यारो भए पनि पसलमा भने बिजुली मेला हुने पोष्टर टाँस गरिएको रहेछ।
पावरफुल चश्मा लाएका दिनेशले सो पोष्टरबाट मेला भोलिपल्टबाट हुने थाहा पाए पछि अर्का ग्राहक रोसनलाई पनि सुनाए। लोडसेडिङबाट पिडित रोसन र दिनेश मेलामा नै गएर आफुलाई चाहेको सामानहरु खोज्ने निर्ण्र्ााा पुगे। भोलिपल्ट बिहान भेट्ने गरी उनीहरु त्यस दिन छुट्टएि।
भोलिपल्ट मंगलवार बिहान दत्तात्रयमा चिया खान गोपाल लाछीमस्युको पसलमा ग्ा्राहकहरुको भीड थियो। तर आइपुगेका ग्राहकहरुलाई चिया पस्कन हम्मे हम्पे परेको थियो। केही समय अघि न्यूरोडमा मेसिननमा बनेको चियाको स्वाद लिएका उनलाई आफ्नो पसलमा पनि मेसिन राख्ने मन रहेछ। स्थानीय बजारमा यस किसिमको मेसिन पाइदैन, काठमाण्डौं जान समय नमिलेका उनले भृकृटीमण्डपमा बिजुली मेलामा चिया बनाउने मेसिन हर्ेन जाने कुरा सुनाए।
अहिले युगमा बिजुलीजन्य सामान जिबनका हरेक क्षेत्रमा प्रयोग भैररहेका छन्। नयाँ नयाँ सामानहरु बजार आइरहेका छन्। धेरैलाई आफुलाई चाहिने सामानको बारेमा पनि थाहा हुदैन। नेपालमा उपलब्ध हुने बिभिन्न ब्राण्डका बिद्युतीय उपकरणहरुको पर््रबर्द्धन गर्ने उदेश्यले मंगलवारदेखि मंसिर २० गते सम्म काठमाण्डौंमा पाँचौ बिजुली मेला सुरु भएको छ।
"उर्जा बचार्अौ बाताबरण जोगाऔं" भन्ने नाराका साथ आयोजना भएको मेलामा १ सय ६२ वटा स्टलहरु रहेका छन्। मेलाको आर्कशणको रुपमा बालबैज्ञानिक कुसल केसीले तयार पारेको कार पर््रदर्शन गरिएको छ। बिश्वमा नाम चलेका ६० भन्दा बढी ब्राण्डका सामानहरु मेलामा पर््रदर्शन तथा बिक्री गरिदैछ।
उर्जा बचतको सम्भावनालाई पहिल्याउन, नयाँ युगमा कम उर्जा खपत गर्ने प्रबिधि, उर्जा यन्त्रहरु, बितरण तथा प्रसारण यन्त्रहरु, बिजुलीका तार, कम्प्युटरका सामाग्री, सोलारजन्य यन्त्रहरु, बैकल्पिक उर्जा लगायतका सामानहरु मेलामा दर्शकले हर्ेन पाउनेछन्।- रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...