Skip to main content

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण


भक्तपुर, कार्तिक दशैं तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका, धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि, गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो।
भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ब्यबस्था मिलाएको छ। बिद्यालयको पाठ्यक्रममा आधारीत भ्रमणको कार्यक्रमले बिद्यार्थीहरुलाई आफैले हेरेर सिक्न प्रोत्साहन गर्दछ। बिद्यालयका बिद्यार्थीहरुले परीक्षामा अनिवार्य रुपमा कुनै एउटा भ्रमण कार्यक्रमको बारेमा प्रतिबेदन तयार गर्नु पर्ने हुन्छ। तर बिद्यार्थीहरुलाई श्रोत सामाग्री जुटाउन कुनै पनि सरकारी निकायको ध्यान नगएको हुदा हरीत समूहले बिद्यार्थीलाई लक्षित गरी भ्रमण कार्यक्रमको आयोजना गरिरहेको समुहका राजन प्रजापतिले जानकारी गराए।
गत बर्षहरीत समूहसंग भक्तपुर यात्रा गरेका निकारिका स्कुल बालाजुका अभिषेकले त्यतिबेला भक्तपुर दरवारभित्र रहेको नागपोखरीमा राखिएको ढुङगाको नागको टाउको देखेका थिए। यस पालि भने उनी आफैले साथीहरुलाई सो पोखरीको बारेमा जानकारी गराउदै जादा त्यहाँ रहेको नागको टाउको गायब भएको पाए। दरवारमा सुरक्षा नभएकोमा उनले चिन्ता ब्यक्त गरे।
शाहकाल शुरु हुनु भन्दा पहिले, यस नगरमा प्रशस्त मठमन्दिर, देवलय, शिवालय, दरवार, सतल, पोखरी ढुङगेधारा आदि थिए। यी मध्ये केही हाल पनि बिद्यमान रहेका छन्। यी सम्पदाहरुको अध्ययन अवलोकन गर्न बर्षोनी हजारौं बिद्यार्थीहरु भक्तपुर आउने गरेका छन्। पचपन्नमुखी झ्याल दरवार, पाँचतले मन्दिर, सुनढोका,सानो पशुपति, सानो कृष्ण मन्दिर, ठुलो शिवलिग, नवदर्ुगा, दतात्रय आदि यहाँका हर्ेन छुट्टाउन नहुने सम्पदाहरु हुन।
गत शैक्षिक बर्षहरीत समूहले दश हजार बिद्यार्थीलाई भक्तपुर भ्रमण गराएको थियो। समूहका अनुसार यहँा आफै श्रोत साधनका साथ यहाँ बाषिर्क डेढ लाख बिद्यार्थीहरु शैक्षि भ्रमणको लागि आउने गर्दछन्। बिद्यार्थीहरु बिद्यालयले चाहेको बिषयमा जानकारी दिन भ्रमण गाईडहरु खटिएका छन्। गाइडहरुले बिद्यार्थीहरुलाई अवलोकन गरिएका सम्पदाहरुको बारेमा बिस्तृत जानकारी दिने गरेको छ। भ्रमण कार्यक्रमको उदेश्य बिद्यार्थीलाई सिर्जनशील अनुसन्धान गर्ने क्षमताको बिकास गर्ने रहेको हो।
भ्रमणमा आएकाहरुले निकै खोज अनुसन्धान गरेर बिभिन्न जानकारी नयाँ कुरा पनि पता लगाउने गर्दछ। सामाजिक शिक्षा बिषय अर्न्तगत केन्दि्रत भ्रमण कार्यक्रममा बिद्यार्थीहरुलाई, भक्तपुरको बारेमा ऐतिहासिक जानकारी तथ्यहरुको अबगत गराइन्छ। यी तथ्य तथ्यांकहरुको बर्तमान स्थिति, पता लगाई बिद्यार्थीहरुले सुझाव निष्कर्षसहित अध्ययन प्रतिबेदन तयार गर्ने गर्दछन्।
भ्रमण बिद्यार्थीहरुलााई ब्यबहारीक शिक्षा प्रदान गर्ने एक महत्वपर्ुण्ा कार्यक्रम भएकोले, शिक्षकहरु पनि पर्ुव तयारीका साथ भ्रमणको लागि आउनु पर्दछ समूह प्रजापतिले भने। प्रतिस्पर्धात्मक युगमा समय कटाउने हिसाबमा मात्र भ्रमण कार्यक्रम तय गर्नु मर्ुखतापर्ुण्ा हुनुको साथै समय पैसाको पनि फजुल खर्च हो भन्ने कुरा सम्पर्ुण्ा भ्रमण टोलीका अगुवाहरुले बुझ्न आबश्यक छ। बिद्यार्थीहरुलाई खोज अनुसन्धान गर्नमा तल्लीन गराउन प्रेरणा दिनु बिद्यालय परिवारको दायित्व हो।
भक्तपुर आउने बिद्यार्थीहरुको लागि पाँच सुत्रिय, नियमहरु पनि लागु गरिएको छ। बिद्यार्थीहरुलाई अनुशाषित, सभ्य, र्सार्वजनिक स्थलमा सफा राख्न सचेत गराउन नियम बनाईएका हुन। भ्रमणलाई उपलब्धिमुलक बनाउन यी नियम भक्तपुर आइपुग्ने हरेक बिद्यालयहरुलाई लिखित रुपमा उपलब्ध गराइन्छ। भक्तपुरमा भईरहेको यस किसिमका ब्यबस्थित शैक्षिक भ्रमण कायक्रम अन्य पर्यटकीय गन्तब्यहरुमा लागु गर्न सकिएमा सभ्यता बिकास गर्नमा टेवा पुग्ने देखिन्छ।- रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...