Skip to main content

बातारबण मैत्री निर्माणको लागि मेला

भक्तपुर, १६ मंसिर। यति बेला सिङगै बिश्वको ध्यान बाताबरण बिनासको कारण बिश्वमा देखिन थालेको समस्या केन्दि्रत हुन पुगेको छ। पुल्चोक क्याम्पसमा हरेक बर्षहुने सिभिल इन्जिनियरीङ मेलाले पनि यस बर्षबाताबरण मैत्री निर्माण भन्ने नारा दिएको छ। चौथो पटक हुन लागेको सो मेला मंसिर १९, २० र २१ गते पुल्चोक क्याम्पसमा हुनेछ।
मेलामा सिभिल इन्जिनियरीङ अध्ययनरत बिद्यार्थीहरुले तयार पारेका परियोजनाहरु पर््रदर्शन गरिनेछ। प्राकृतिक प्रकोपको बेला कसरी बच्न सकिन्छ भन्न्ो उपाय मेलाका दर्शकहरुले थाहा पाउने मौका पाउनेछन्। जलबायु परिबर्तनको कारण निर्माण क्षेत्रमा पार्ने प्रभावहरुको बिषयमा सेमिनार हुनेछ। सडक निर्माणको क्रममा नेपालमा बम बिष्फोटहरु गर्ने गरिएको छ। यस किसिमका गतिबिधिको कारण ध्वनी र बायु प्रदुशण भैररहेको छ। जलबिद्युत आयोजनाहरुको लागि ब्यापक रुपमा बन फडानी गरिएका छन्।
सहर बसाउने नाममा रुखहरु ढालिएका छन्। यस किसिमका गतिबिधि बढेमा बाताबरण संरक्षण गर्न समस्या हुने कुरा दर्शाउन मेला आयोजना गर्न लागिएको हो। -

बाल बैज्ञानिक मेला

अहिलेको प्रतिस्पर्धात्मक युगमा नेपालीहरुले पनि बैज्ञानिक जगतमा नबिन कार्यहरु गर्न थालेका छन्। स्कुलका बिद्यार्थीहरुले गरेका केही आबिष्कारहरु चर्चामा आइरहेका छन्। नेपालका बालबालिकाहरुलाई बैज्ञानिक खोज अनुसन्धान गर्न प्रेरणा दिन उदेश्यले मंसिर १९ गते युरेका स्कुल काठमाण्डौंमा बाल बैज्ञानिक मेला आयोजना गर्न लागेको छ।
मेलामा कक्षा ८ देखि १० सम्मका बिद्यार्थीहरुले आफुले सिर्जना गरेका बैज्ञानिक प्रयोगहरु दर्शकहरुलाई देखाउनेछन्। यस मेलामा ४० वटा बिद्यालयका बिद्यार्थीहरुले भौतिकशास्त्र, रसायन शास्त्र र जीब बिज्ञानका बैज्ञानिक आबिष्कारहरुको बारेमा जानकारी गराउनेछन्।- रविन राचलिका हरीत समूह भक्तपुर

जाडोमा महोत्सबको ताँती

पुष महिना आन्तरीक पर्यटनको मुख्य महिना हो। त्यही भएर नेपालका बिभिन्न स्थानमा यस महिनामा महोत्सबहरु आयोजना गर्ने तयारी भैररहेका छन्। स्थानीय उत्पादनहरुको प्रचार गर्ने उदेश्यले महोत्सबहरु हुन लागेका हुन। पुष महिनाको ११ गतेबाट ओखलढुङगामा रुम्जाटार महोत्सब हुन लागेको छ। पुष ९ गतेदेखिबाट कैलालीा डल्पिmनको आर्कशण सहित टिकापुर महोत्सब हुनेछ। मंंसिर २१ गते सम्म पोखरा महोत्सब भैरहेको छ। मंसिर १५ गते इटहरीमा पर्ुवाञ्चल महोत्सब सुरु भएको छ।
औद्योगिक नगर हैटौडामा उत्पादित सामाग्रीहरु प्रचार गर्ने उदेश्यले मध्यामाञ्चल ब्यापार मेला पनि हुने भएको छ। मंसिर २७ गतेदेखि पुष ३ गते सम्म हुने मेलामा ३ सय वटा स्टल राख्ने तयारी भैरहेको छ। हैटौडालाई आद्योगिक पर्यटकीय गन्तब्यको रुपमा चिनाउन मेला गर्न लागिएको हो। यो मेलामा आउनेहरुको सुबिधाको लागि हैटौडामा ६ वटा कम्पनीहरुले यातायात तथा खानपनि र आवास सहितको १ र २ दिने भ्रमण प्याकेजको पनि ब्यबस्था गरेका छन्। एकै समयमा आयोजित मेला र महोत्सबहरु प्रतिस्पर्धात्मक हुदा दर्शकहरुले खानपिन र बासमा साबिकको दर भन्दा कम मुल्यमा सुबिधा प्राप्त गर्न पाउने भएका छन्। अरु क्षेत्रका आयोजकहरुले भने प्रतिस्पर्धालाई भन्दा पनि आन्तरीक तयारीलाई महत्व दिएका छन्। त्यसैले महोत्सबको मिति र्सार्बजनिक गरेका छैनन्। महोत्सब हुने एक हप्ता अघि मात्र महोत्सबको मिति र्सार्बजनिक गर्ने उनीहरुले जानकारी गराए।
पुष १० गते काठमाण्डौंमा पहिलो पटक सेयर बजार र आर्थिक गतिबिधिको बारेमा जानकारी गराउने उदेश्यले क्यापिटल एक्स्पो नाम दिइएको मेला आयोजना हुनेछ। यी मेलाहरु जाडोमा अल्छी मानेर बसेकाहरु उर्जा थप्न सहयोगी हुने देखिन्छ। बिद्यालयहरुले पनि आफ्नो बिद्यालय संघहरुको सक्रियतामा शैक्षिक मेलाहरु पनि गरिरहेका छन्। पुषको अन्तिमतिर सेन्ट जेभिएर कलेजमा बाताबरण, प्रबिधि तथा बिज्ञान सम्बन्धि एक दिने मेला आयोजना गर्ने तयारी भैरहेको छ। ख्वप कलेज भक्तपुर पनि बाषिर्कउत्सबको अवसरमा शैक्षिक मेला आयोजना गर्न लागि परेको छ। त्यसै गरी क्यान इन्फोटेक २०१० पुष २९ गतेदेखि माघ ४ गते सम्म हुने भएको छ। इन्फोटेकको तयारीको लागि गृहकार्य सुरु भएको छ। केही दिन पछि यस कुरा जानकारी गराउन पत्रकार सम्मेलन गरिदैछ।- रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...