खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।
सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।
साथै, बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज कल्याण अधिकृत धु्रव भुजेलले प्रतिबद्धता जनाउनु भयो । प्लान नेपाल मकवानपुरको सहयोगमा बालकल्याण समाजद्वारा सञ्चालित बाल श्रम न्यूनीकरण परियोजनबाट बालकहरुको हितको लागि शिक्षा र सिपमा सहयोग गरिने होप कार्यक्रम संयोजक ममता लामाले बताउनु भयो ।
बाल कल्याण समाज, सिबिन वाल हेल्पलाइन हेटौंडा, हिमराइट्स मकवानपुर, सेतो गुराँस, द्वन्द्व पीडित सहयोग समूह, होस्टे हैंसे समूह प्लान नेपाल, सिविस काठमाण्डौ, सर्ेलर्डर्र्मकवानपुर, हेटौंडा नगर पालिका, जिल्ला बाल कल्याण समिति र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान-सिजप) मकवानपुरका अधिकारकर्मीहरुको टोलीले जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा बालश्रमिकहरुलाई उद्दार गरी सिविन बाल हेल्पलाइनमा राखिएको छ । बालकहरुलाई घर फर्काउन अभिभावकसंग सर्म्पर्कको प्रयास भइरहेको बाल कल्याण समाजका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले बताउनु भयो ।
बालश्रम नराख्ने प्रतिबद्धता जनाउने होटल मालिक शेखर मैनालिलाई सिजप मकबानपुर लगायत हेटौडा नगर पालिका र जिल्ला बाल कल्याण समितिले धन्यबाद ज्ञापन गरेको छ ।

Comments
Post a Comment