Skip to main content

भक्तपुरमा यौन पर्यटनको तयारी

भक्तपुर, १ असार। द्वन्द्वको समयमा नेपालका ग्रामीण क्षेत्रका युवतीहरु भागेर शहरी क्षेत्रमा पलायन भएका थिए। यिनीहरु मध्ये केही भक्तपुरका र्सर्ुयबिनायक, डाँगाचा, डेकोचा, सल्लाघारी, लिवाली, कमलबिनायक, ब्यास्ाी, नगरका भित्रीभाग र डेकोचामा बसेर यौन ब्यापार सग्लग्न हुने गरेका छन्। बाध्यताबस यस पेसा संग्लग्न भएकाहरु गाउँ फर्किने अबस्था अझै पनि छैन। सरकारले ल्याएको २०११ सालमा ल्याउने १० लाख पर्यटकहरु मध्ये केही आफ्नो ग्राहक बन्न कुरामा भक्तपुरका यौनकर्मी महिलाहरु ढुक्क छन्। उनीहरु मध्ये केहीले यहाँका केही ठुला होटेलहरुको सर्म्पर्कमा बिदेसी ग्राहक अहिले पनि पाइरहेको कुरा सुनाए।
हालसम्म गैरकानुनी रुपमा रहेको यो ब्यबसायको बारेमा खुलेर बहस गर्न यहाँका पर्यटन ब्यबसायीहरु तयार छैनन्। नाम उल्लेख गर्न नचाहने एक पर्यटन ब्यबसायीका अनुसार भक्तपुरमा प्रचार गरिएको सास्कृतिक पर्यटनको स्कोप नसकिसकेकोले यौन पर्यटनलाई नै मुल उदेश्य लिए मात्र यहाँको पर्यटन उद्योग धान्न सकिने दाबी गरे।  
यहाँका पर्यटन ब्यबसायीहरुले भक्तपुरलाई नयाँ पदयात्रा गन्तब्य बनाउन खोजे पनि यहाँको प्रदुशित बाताबरणको कारण बाताबरणबिदहरुले असँम्भव हुने बताए। चारैतिर भट्टाले घेरिएको जिल्लामा पर्यापर्यटनको कुरा हाँसोको बिषय भएको छ। भट्टा ब्यबसाय आरालो लागे पछि पर्यटन ब्यबसायमा आएका ब्यक्तिहरु नै अहिले पर्यापर्यटनको मन्त्र जपेर बसेका छन्।
यहाँका अधिकास यौनकर्मी बिगतमा माओबादीको कारण बिस्थापित भएका हुन। अव माओबादीले ल्याएको २०११ मा तिनीहरुले यौनकर्मी कै हैसियतमा बिदेसी ग्राहकलाई सेवा गर्न पाउने इच्छा राखेका छन्। माओबादी कार्यकर्ताहरुसंग उनीहरुले यस कुरा जानकारी गराइ यौन पेसालाई कानुनी गर्न माग गरेका छन्। पर्यटन उद्योगलाई देशको मुख्य उद्योग मानेका देशहरुमा यौन पेसालाई बैधानिकता दिइएको छ। नेपालका पर्यटन ब्यबसायीहरुले पनि २०११ सम्ममा यो पेसालाई बैधानिक नदिए, यहाँ पर्यटन उद्योग नफस्टाउने दाबी गरेका छन्।
भक्तपुरको भित्री क्षेत्रमा रात्री समय बिताउन पर्यटकहरुले रुचि नदेखाउदा यहाँ यौन पर्यटन बिकास गर्न बाधा रहेको पर्यटन ब्यबस्ाायीहरु बताउछन्। हालसम्म त काठमाण्डौं बाटै यौनकर्मी झिकाइ यौनको लागि आउने पर्यटकहरु नगरकोटतिर जाने गरेका छन्। आगामी दिन नगरकोटले मात्र यौन पर्यटकहरु धान्न नसकिने भए पछि भने जिल्लाका कटुञ्जे, सिपाडोल र नगरकोट हुदै मेलम्ची, फुलचोकी, धुलिखेल, गोदावरी, पनौती र साँखु जाने पदमार्गहरु सञ्चालन गर्न तर्फयहाँका पर्यटन ब्यबसायीहरु लागि परेका छन्। बाटोमा पर्ने क्षेत्रहरुमा यौन गन्तब्यहरुको निमार्ण्र्ाार्ने उनीहरुको लक्ष्य छ। -रविन राचलिका हरित समूह भक्तपुर

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...