Skip to main content

Posts

माओवादीविरुद्ध विद्यार्थीहरु सडकमा उत्रिए

वीरगंज, २८ जेठ । नेकपा माओवादीले विद्यालयमा तोडफोड गरेको विरोधमा माओवादीविरुद्ध विद्यार्थीहरु सडकमा उत्रिएका छन्। आज वीरगंजको विभिन्न स्थानमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। विद्यार्थीहरुको पढाइमा हस्तक्षेप पारेको भन्दै माओवादीलाइ चेतावनी दिएको छ। एकिकृत माओवादीको आव्हानमा आज भोजपुरा, मिथिला र अवध राज्य बन्दको घोषणा गरेपछ मिाओवादी कार्यकर्ताहरुले आज बिहान वीरगंजको पानिट्यांकी स्थित मिनिल्याण्ड बोडिङ स्कुललगायत वीरगंजका केही स्कुलहरूमा तोडफोड गरेका थिए। माओवादीले धाक धम्कि दिदै जथाभावि तोडफोड गरेको विरोधमा विद्यार्थीहरु र माओवादीबीच झम्टाझम्टी भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो।

टयाक्टर सहित काठ पक्राउ

वीरगंज, २८ जेठ । अवैध रुपमा बन फडानी गरेर भारततर्फ लैजादै गरेको दुइ टयाक्टर काठसहित स्थानीयबासिन्दाले नियन्त्रणमा लिएको छ। आज बिहान बारा, चारकोसे जंगलबाट ना.२ त. ५४८९ र एक नम्बर नरहेका टयाक्टर लोड रहेको काठसहित टयाक्टर बटौलियाबासीले पक्राउ गरेको प्राप्त जानकारीमा उल्लेख छ। बाराको चारकोशे जंगलमा तस्करहरुले वन रक्षक र रेन्जरलाइ कमिशन दिइ दिनहुं सयौं टयाक्टर काठ लोड गरेर भारत पुर्‍याउने गरेको स्थानीयवासिन्दाको आरोप छ।

मदर्साले दुर्गालाइ हरायो

कलैया, २८ जेठ । जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको आज सम्पन्न खेलमा नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय मदर्सर्ााबजयी भएको छ। बाराको कलैयामा रहेको राष्ट्रिय क्रिकेट खेल मैदानमा दुर्गालाइ हराउंदै मदर्साले एक बिकेट गुमाई ४६ रन बनाएर बिजयी हासिल गरेको हो। दर्ुगाले ९ ओभर एक बलमा सबै बिकेट गुमाइ ४५ रन बनाएको थियो। मदर्सर्ाा एनुल अंसारीले दुइ बिकेट तथा ३४ रन लिएर खेलको म्यान अफ दि मैच घोषित भएका थिए  

फरार कैदी पक्राउमा परे

वीरगंज, २८ जेठ । कारागार फोडेर भागेका कैदीहरुमध्ये एकजनालाइ प्रहरीले पक्राउ गरेको छ। गए राति राम्चे-५ ठाडे भन्ने स्थानमा लुकिरहेको अवस्थामा प्रहरीले कैदी अमर गुरुङलाइ पक्राउ गरेको हो। केही दिन अघि रसुवाको कारागारबाट झयालको रड तोडेर दुइ कैदी भागेका थिए।

डेरीको गाडीको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु

वीरगंज, २८ जेठ । डेरीको गाडीको ठक्करबाट चितवनमा एक वृद्धाको घटनास्थलमै मृत्यु भएको छ।  आज बिहान भरतपुर -१ देवघाट नजिकै ना.१.ख १५३१ नं.को डेरीको गाडीले देवघाट गुम्वामा बस्ने भिक्षु  ८४ वर्षीय फुर्सद डोल्मा आनीलाइ ठक्कर दिंदँ उनको घटनास्थलमै मृत्यु भएको हो। ठक्कर दिने गाडी र चालकलाइ प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्राप्त जानकारीमा उल्लेख छ।

रौतहटमा माओवादी र स्थानीयवासीबीच झडप

वीरगंज, २८ जेठ । माओवादी र स्थानीयवासीबीच रौतहटमा झडप हुंदा एक प्रहरीसहित ७ जना घाइते भएका छन् भने प्रहरीले स्थिति नियन्त्रणमा लिन २ राउण्ड हवाइ फायर र ३ राउण्ड अश्रुग्यांस फायर गरेको छ। आज बिहान पोखरीको घाट निर्माण समिति पक्ष र माओवादीबीच  सखुहवा-६ नजिकै  झडप हुंदा ६ जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाइ पक्राउ गरेको छ। घाइतेहरुको गौर अस्पतालमा उपचार भइरहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

माओवादी र स्थानीयवासी भिडन्त, ८ राउण्ड गोली चल्यो

वीरगंज, २८ जेठ । ए नेकपा माओवादी र स्थानीयवासीबीच भिडन्त हुंदा दर्जनौ घाइते भएका छन् भने प्रहरीले स्थितिलाइ नियन्त्रणमा लिन ८ राउण्ड हवाइ फायर गरेको छ। आज बिहान नेकपा माओवादीले आह्वान गरेको तीन जिल्ला बन्दको उल्लघंन गरेको भन्दै  बाराको सिमरा-३ नजिकै करिब ५ वटा मोटरसाइकलमा आएका ९ जना स्थानीय बासिन्दा र बन्दकर्ताहरुबीच झडप भएपछि माओवादीका देव घिमिरे, मिनप्रसाद आपागाई, प्रेम बराल, गुणराज खनाल र स्थानियबासी सन्तोष कार्की, आशिष श्रेष्ठ, विकाश मन्जरी, देव गुरुङ घाइते भएका हुन्। घटनालाइ साम्य पार्न प्रहरीले ८ राउण्ड हवाइ फायर गरेपछि भिड तितरबितर भएको थियो। घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।