Skip to main content

Posts

माओवादीद्वारा विभिन्न स्थानमा चक्काजाम

वीरगंज, २९ जेठ । एनेकपा माओवादीको पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार आज राष्ट्रिय उद्योग व्यापार महासंघ, उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न स्थानमा दुइ घण्टा चक्काजाम, साइकल रयाली गरिएको छ। आज वीरगंज, घण्टाघरमा माओवादी सम्बद्ध संघसंस्थाले दुइ घण्टा चक्काजाम गरेका थिए। यसैगरी सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, चितवन, धनुषा, सिन्धुली,  गौशाला, बर्दिबासमा पनि माओवादी सम्बद्ध संघसंस्थाले चक्काजाम, साइकल रयाली गरेको प्राप्त जानकारीमा उल्लेख छ।

शिक्षक बढुवामा धांधली र घुसखोरी भएको खुलासा

वीरगंज, २९ जेठ । शिक्ष्ँकहरुको आन्तरिक बढुवामा धांधली र घुसखोरी भएको खुलासा भएको छ।  आज शिक्षक युनियनको विरोध कार्यक्रममा वक्ताहरुले जिल्ला शिक्षा कार्यालय पर्साबाट जेठ २२ गते प्रकाशित आन्तरिक फाइल बढुवाको नतिजाप्रति तीब्र विरोध जनाउदै जिल्ला शिक्षा कार्यालयका जिशिअले घुस लिएर शिक्षक बढुवा गरेको आरोप लगाएका छन्।  त्रिजुद्ध माविका शिक्षक रामाकान्तप्रसाद चौरसियाले नतिजा प्रकाशनमा खुलेयाम घुसखोरी, धांधली, भ्रष्टाचार भएको बताउंदै शिक्ष्ँा सेवा आयोगमा रिट हाल्ने चेतावनी दिएका छन्। उनले वरिष्ठ शिक्षकहरुलाइ बढुवा नगरी योग्यता नपुगेका शिक्षकहरुलाइ बढुवा गरेको भन्दै यसविरुद्ध संघर्ष गर्ने चेतावनी दिए।

चुरेका अध्यक्ष मैनालीलाइ कारबाही

काठमाडौं, जेठ २९ । चुरे भावर राष्ट्रि्य एकता पार्टर्ीीेपालको काठमाडौं सम्पन्न प्रथम महाधिवेशनले हिमालयभक्त प्रधानांगको अध्यक्षतामा ५९ सदस्यीय सदस्यीय कार्यसमिति गठन गरेको छ। महाधिवेशनले सभासद केशवप्रसाद मैनालीलाई साधारण सदस्यबाट समेत निष्काशन गरिएको जानकारी गराउदै सभासदबाट खारेज गर्ने पहल गरिरहेको अध्यक्ष प्रधानांगले बताए। आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी भावर क्षेत्रलाई शसक्त र बलियो बनाउन नर्या कार्यसमिति प्रतिवद्ध भएको बताए। मैनाली चुरेभावर क्षेत्रको हकअधिकार बिर्सर्ेेपदलोलुप बन्दै हिडेकाले कारबाहीको घोषणा गरिएको हो,' महाधिवेशनको निर्ण्र्ाासुनाउदै अध्यक्ष प्रधानांङ्खगले भने, 'सभासदबाट निष्काशन गर्न सभामुखलाई पत्राचार गरेका छौं ।' भावरलाई अझै सशक्त र एकतावद्ध बनाएर लैजाने उनको भनाई थियो । वरिष्ठ उपाध्यक्ष एवं भावर शान्ति सेनाका कमाण्डर बाबु थापाले सभासद पद नत्यागे केशव मैनालीलाई भौतिक कारबाही गर्ने चेतावनी दिए। महासचिव बद्रीप्रसाद न्यौपानेले मैनाली चुरेभावरका विरोधी भएको बताए। महाधिवेशनले ५९ जनाको केन्द्रीय समिति चयन गरेको छ । ५२ जना निर्वाचित र ७ जना म...

सडक दुर्घटनामा एकजनाको मृत्यु

वीरगंज, २९ जेठ । महेन्द्र राजमार्गको चितवनको रत्ननगर-८ नजिकै नम्बर खुल्न नसकेको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ। आज बिहान गाडीको ठक्करबाट रौतहट करहरिया-१ बस्ने १६ वर्षीय राम बिश्वासप्रसाद यादव गम्भीर घाइते भएपछि उनको उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने गाडी चालक फरार रहेको प्राप्त जानकारीमा उल्लेख छ।  धादीङको नौविसे १ नजिकै बा.२२.प.४९६९ नं.को मोटरसाइकलको ठक्करबाट सिन्धुली घर भइ हाल के.पि.सिमेन्ट फयाक्ट्रीमा कार्यरत कृष्ण बुढाथोकी घाइते भएका छन्। जोगीमारा-१ खोला नजिकै आज बिहान नं.नखुलेको ट्यांकरको ठक्करबाट २ जना घाइते भई उपचारको लागी मलेखु अस्पताल पठाइएको प्राप्त जानकारीमा उल्लेख छ।  

वीउमनपा अनिश्चितकालीन बन्द

वीरगंज, २९ जेठ । कर्मचारी कुटपिटको विरोधमा वीरगंज उपमहानगरपालिका अनिश्चितकालका लागि बन्द भएको छ। आज वीउमनपाका कर्मचारीहरुले दबाबमूलक जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पर्सर्ाा ज्ञापनपत्र बुझाएको थियो। जुलुसमा पार्टर्ीीे नाममा ठेक्का गर्न पाइदैन, गुण्डागर्दी गर्न पाइदैन नारा लगाउदै झाडु, बेल्चा, फाटा हातमा लिएर नगरमा एकता प्रदर्शन गरेका थिए। बिहीवार तराइ मधेश युवा प|mण्टका कार्यकर्ताले वीरगंज उपमहानगरपालिका कार्यालयका कर्मचारीहरुमाथि हातपात र तोडफोड गरेको विरोधमा उनीहरु प्रदर्शनमा उत्रेका हुन्।

रिसको झोंकमा आफनै घरमा आगो लगायो

वीरगंज, २९ जेठ । बाबुसंग झगडा भएपछि रिसको झोंकमा युवकले आफनै घरमा आगो लगाएका छन्। गए राति काभ्रे, चापाखोरी-१ बस्ने पिता जोगबहादुर तामाङसंग उनकै २२ वर्षीय छोरा सूर्यबहादुर तामाङले झगडा गरेपछि रिस खप्न नसकेर घरमा आगो लगाएका हुन्। आगलागीबाट सामान्य क्षति भएको तथा प्रहरीले सूर्यलाइ पक्राउ गरेको छ।

शिक्षामा राजनीति किन ?

वीरगंज, २९ जेठ । शिक्षकमाथि हातपात तथा विद्यालय तोडफोडको विरुद्धमा विद्यार्थीहरु सडकमा उत्रिएका छन्। आज बिहान वीरगंजको घण्टाघरमा प्याब्सन र एन प्याब्सन पर्साको आहवानमा निस्किएको विद्यार्थी र शिक्षकहरुको दबाबमूलक रयालीले नगर परिक्रमा गरेको थियो ।  रयालीमा विद्यार्थीहरुले हामीलाइ पढ्न देउ, बाल अधिकार हनन नगरलगायतको प्लेकार्ड बोकेका थिए। कुनै पनि बन्द, हडतालमा विद्यालयको पठनपाठनलाई प्रभाव हुन नदिने सहमतिलाइ नेकपा माओवादी बन्दकर्ताहरुले उल्लघंन गर्दै हिजो वीरगंजको पानीटंकीस्थित मिनी ल्याण्ड माविमा तोडफोड तथा शिक्षकमाथि हातपात गरेका थिए।