Skip to main content

Posts

विद्यालयका उत्कृष्ट ४८ बिद्यार्थीहरु पुरस्कृत

-सुभाषप्रसाद साह । बारा, ३१ जेठ । बाराको कोल्हबी स्थित अनुपदिपनी उच्च माबिमा अध्ययनरत बिद्यार्थीहरुमध्ये बिभिन्न बिद्यामा उत्कृष्ट ४८ विद्यार्थीलाइ आज पुरस्कार बितरण गरिएको छ। कक्षा एक देखी कक्षा नौ सम्मका प्रथम, द्वितीय र तृतीय तथा सरसफाइ एवं अनुशासनमा राम्रो गरेका ४८ जनालाई पुरस्कार दिइएको हो। बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजाराम चौधरीको अध्यक्षतामा बिद्यालयमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको स्थानीय गोबिन्द पौडेलले बताए। सभालाई बिद्यालयका प्राचार्य केवलप्रसाद चौधरीले सम्बोधन गर्दै ग्रामिण स्तरको यस बिद्यालयलाई जिल्लाकै उत्कृष्ट बिद्यालय बनाउँ लागि परेको तथा त्यस कार्यमा सबै अभिभावक, बिद्यार्थी तथा शिक्षा प्रेमीले सहयोग गर्नु पर्ने बताए । सभालाई बृजलाल काफले, कपिलदेव चौधरी लगायतकाले सम्बोधन गरेका थिए।

ग्यालेक्सी फाइनल खेलमा प्र्रवेश

सुभाषप्रसाद साह बारा, ३१ जेठ / जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको आज भएको खेलमा ग्यालेक्सी पब्लिक इंगलिस बोर्डिङ स्कुल कलैयाले बिजयी हासिल गरी फाईनल खेलमा प्रवेश गरेको छ । आज बाराको सदरमुकाम कलैया स्थित सिद्धेश्वर राष्ट्रिय क्रिकेट मैदानमा टस जिति बैटिङ गरेको ज्ञानदिप इंगलिस बोर्डिङ कलैयाले २० ओभरमा सबै बिकेट गुमाई ६८ रन बनाउन सफल भएको छ। ग्यालेक्सीले तीन बिकेट गुमाई ६९ रन बनाएर बिजयी भएको छ। आज भएको खेलमा तीन बिकेट २४ रन लिएर ज्ञालेक्सीका सुरज गुप्ता मैन अफदि मैच घोषित भएका छन्। भोलि दोस्रो चरणको सेमिफाईन खेल कंकालि माई मावि स्रि्रौनगढ र नेरामावि मदर्सर्ाालैया बीच हुने आयोजक संस्था जिल्ला खेलकुद बिकास समिति बाराका अध्यक्ष राजेश्वर गौतमले बताए।

जनसंकल्प पब्लिकेशनले ५ जनालाइ पुरस्कृत गर्ने

काठमाडौं, ३१ जेठ । विगत ७ वर्षेखि नेपाली पत्रकारिताको दुनियांमा राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र देशको उन्नति तथा प्रगतिको पक्षमा निरन्तर पहरेदारी गर्दै आएको जनसंकल्प पब्लिकेशन प्रा.लि. ले केही महिनाअघि २५ लाख रुपैयांको मार्गदर्शन फाउन्डेशन अक्षयकोष स्थापना गरी विविध ५ विद्याका उत्कृष्ट व्यक्तित्वलाई सम्मान गर्ने जनाएअनुरुप यस वर्ष पत्रकारिता क्षेत्रमा लागी शान्ति, विकासमा निरन्तर लागिरहने व्यक्तिमध्येबाट एक, नेपाली भाषी अन्तर्रर्ााट्रय व्यक्तित्वमध्ये एक, प्रशासनतर्फका एक उत्कृष्ट प्रशासक, उद्यमी व्यवसायीतर्फा एक र गीतसंगीतको क्षेत्रका उत्कृष्ट एक व्यक्तित्व गरी जम्मा पांच व्यक्तिलाई मार्गदर्शन सम्मान प्रदान गर्ने निर्ण्र्ाापब्लिकेशनको बैठकले गरेको छ। यस वर्षो मार्गदर्शन सम्मान पाउने व्यक्तित्वहरुमा पत्रकारिताको क्षेत्रमा लागेर नागरिकलाई सुसूचित गर्न गर्न अहोरात्र लागिरहने वरिष्ठ पत्रकार युवराज घिमिरे, विदेशी भूमिमा रहेर नेपाल र नेपाली जनताको हितमा निरन्तर खटिरहने एनआरएनका अध्यक्ष डा. उपेन्द्र महतो, नेपाली प्रशासनको क्षेत्रमा इमानदारीका साथ कार्य गर्ने सचिव शंकर कोइराला, नेपाली...

मोफसलका सञ्चारगृह र श्रमजीवी पत्रकारहरुको अवस्था

काठमाण्डौं, ३१ जेठ । प्रकाशन समाज रुपन्देहीको प्रतिनिधी मण्डलले आईतवार प्रेस काउन्सिल नेपालका अध्यक्ष नारायण प्रसाद शर्मा रेग्मी, सूचना विभागका महानिर्देशक श्रीधर गौतम, पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष गोविन्द आचार्य लगायतलाई भेटेर प्रकाशन समाज रुपन्देहीसंग सम्बद्ध सञ्चारगृहहरुमा नेपाल सरकारद्धारा जारी श्रमजीवी पत्रकार ऐनको पर्ूण्ारुपमा कार्यान्वयन गरीएको जानकारी गराउदै मोफसलका सञ्चारगृह र श्रमजीवी पत्रकारहरुको अवस्था वारे अवगत गराएको छ। आज प्रकाशन समाज रुपन्देहीका अध्यक्ष एवं दैनिक जनसंर्घष्ाका सम्पादक वालकृष्ण चापागाईको नेतृत्वमा गएको टोलीमा प्रकाशन समाज रुपन्देहीका उपाध्यक्ष तथा मेचिकाली दैनिकका कार्यकारी प्रमुख नर्वुलामा, समाजका सचिव एवं बुटवल टुडे दैनिकका प्रवन्ध सञ्चालक नवराज कुंवर, समाजका सदस्य एवं नवतिलोत्तमाका व्यवस्थापक विष्णु भण्डारीलगायतका सदस्यहरुको सहभागिता रहेको थियो। प्रकाशन समाजको प्रतिनिधी मण्डलले राखेका विभिन्न जिज्ञाशाहरुका वारेमा धारणा व्यक्त गर्दै प्रेस काउन्सिलका अध्यक्ष नारायण प्रसाद शार्माले नेपालको लोकतान्त्रिक तथा प्रेस स्वतन्त्रताको आन्दोलन मोफसलका सञ्चा...

वन फडानी गरी शहीद स्मारक

वीरगंज, ३१ जेठ । एनेकपा माओवादीले वन फडानी गरी शहीद स्मारक बनाउने लागेको भन्दै स्थानीयवासिन्दाले जिल्ला वन कार्यालयमा तालाबन्दी गरेको छ। आज भरतपुर-१ जलदेवी वन उपभोक्ता समिति आंपटारीका स्थानीयवासिन्दाले जिल्ला वन कार्यालयमा तालाबन्दी गरेका हुन्। जलदेवी सामुदायिक वन, वागेश्वरीमा माओवादीहरुले बन मासेर शहिद स्मारक बनाउन लागेको आरोप स्थानीयवासिन्दाको छ।

महिलालाइ टुक्रा टुक्रा पारियो

वीरगंज, ३१ जेठ । अज्ञात समूहले एक महिलालाइ दुइ टुक्रामा काटेर चितवन-मुग्लिङ सडकखण्डको झाडीमा फालेको थियो। शनिवार सत्र किलो भन्ने स्थानमा सनाखत हुन नसकेको महिलालाइ टुक्रा पारी २ वटा कार्टर्ुुा प्याक गरी सडक देखी दांयापट्ट िझाडीमा फेला परेको प्रहरीले जनाएको छ।

अपहरण तथा लुटपाट

वीरगंज, ३१ जेठ । अज्ञात समूहले पर्सामा एकजनाको अपहरण गर्नुको साथै लुटपाट समेत गरेको छ। गए राति १२ बजे पर्साको परसवा-२ मा अज्ञात समूहले मिर्जापुुर-९ बस्ने बालक साहलाई कुटपिट गरी उनको साथमा रहेको नगद लुटेको छ भने उनको भाइ मोहन साह अपहरण गरेको हो। अपहरणकारीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।