Skip to main content

Posts

वीरगंज भंसारमा अनिश्चितकालीन चक्काजाम

वीरगंज, ३ असार । विभिन्न ७ बुंदे मांग राख्दै वीरगंज भंसार एरिया सुधार संघर्ष समितिले आज चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।  समितिले आज वीरगंज भंसार दुइ घण्टा चक्काजाम गर्नुको साथै असार ४ गते देखि अनिश्चितकाल चक्काजाम गर्ने आज समितिका अध्यक्ष सरोज खडकाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। सडकको छेउमा नाला निर्माण, बिग्रिएको सडक निर्माण, फोहर संकलन, शंकराचार्य नेपाल प्रवेशद्वारको मर्मत, रंगरोगनलगायतको मांग राखी समितिले जेठ २७ गते पर्साका प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापन पत्र बुझाए पनि त्यसको कार्यान्वयन नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन्।

सडक अवरुद्ध र दुर्घटना

वीरगंज, ३ असार । विभिन्न स्थानमा सडक अवरुद्ध गर्ने तीब्र वृद्धि भएको छ।  आज बिहान ढल्केवर-जनकपुर सडकखण्डको ढल्केवरमा दुर्घटनामा मृत्यु भएका दुइजनाको परिवारलाइ क्षतिपर्ूर्तिको माग गर्दै पीडित परिवारले चक्काजाम गरेका छन्। मंगलवार अल्फावेट नखुलेको ३३९७ नं.को सेतो रंगको टिपरले ज२.प.८२१३ नं.को मोटरसाइकललाइ ठक्कर दिंदा मोटरसाइकलमा सवार दुइजनाको घटनास्थलमा नै मृत्यु भएको छ। अवरुद्ध सडक आज बिहान सर्वपक्षीय छलफलपछि सुचारु भएको थियो।  रौतहटको चपुर.-३ र ४ का स्थानीयबासीहरुले विद्युतको मांग गर्दै अनिश्चितकालको लागि राजमार्गमा चक्काजाम गरेका छन्। चितवनको पारस बसपार्कमा निर्माण भएको केन्द्रिय बस र्टर्मिनल संचालनको लागी नगरपालिकाले टेण्डर आह्वान गरेको बिरोधमा यातायात व्यवसायीले नगरपालिका अगाडीको सडक अवरोध गरेका छन्।  टेण्डरको विषयलाइ लिएर चुरे भावर सर्लाहीका अध्यक्ष कुमार पौडेलको नेतृत्वमा रहेको समूहले वागमती सिंचाइ आयोजनाको कार्यालयमा तालाबन्दी गर्नुको साथै राजमार्ग अवरोध गरेका थिए।  महोत्तरीको औरही-५ मा रहेको श्रीप्रसाद सिंह उच्च मा.वि.मा शिक्षक नियुक्तिमा अनियमितता भएको विरोधमा स्थानीयवासीन्...

तोडफोड गर्ने बन्दकर्ता पक्राउ

वीरगंज, ३ असार । नेपाल पिछडा वर्गको पूर्व घोषित आन्दोलनका कार्यक्रम अनुसार आज विभिन्न जिल्ला प्रभावित भएको प्राप्त समाचारमा उल्लेख छ।  आज बिहान बन्दकर्ताले वीरगंजको प्रतिमा चोकमा ना१ह ८८०, ८८३ नं.को टेम्पोको सिसा फुटाएपछि प्रहरीले कलैया-५ बस्ने बृजमोहन कुश्ावाहलाइ पक्राउ गरेको छ।  वीरगंजमा बन्दको सामान्य प्रभाव परेको छ। यातायात, शिक्षण, कलकारखाना, उद्योग, बैंक प्रतिष्ठान, बजार सुचारु रहेको छ। आज बिहान पिछडा वर्गका अध्यक्ष गोपाल कुश्ावाहको नेतृत्वमा रहेको जुलुसले यातायात बन्द गराएका थिए। यसैगरी बाराको कलैया, सर्लाहीको नवलपुरमा बन्दकर्ताले सडकमा अवरोध सिर्जना गरेका छन्।

अपहरित नेगीलाइ प्रहरीले मुक्त गराए, एक पक्राउ

धनुषा, ३ असार । रेयुकाइका एक अधिकारीलाइ प्रहरीले सकुशल अपहरणबाट मुक्त गराउनुको साथै अपहरणकारीमध्ये एकजनालाइ पक्राउ गरेको छ। गए राति धनुषाको घोडाघांस भन्ने स्थानमा प्रहरीले अपहरित रेयुकाइका इश्वर बहादुर नेगीलाइ अपहरण मुक्त गराएको छ भने अपहरणको आशंकामा धवौली-५ बस्ने बर्ष२९ को राम प्रकाश मण्डललाई प्रहरीले पक्राउ गरेको छ। बा५च ३९९६ नं.को गाडीमा धनुषातर्फ गइरहेका नेगीलाइ नागराइन-१ खडगाटोलमा नं.नखुलेको २ वटा मोटरसाइकलमा आएका ६ जना व्यक्तिहरुले अपहरण गरेपछि प्रहरीले र्सच गर्दै जांदा सो स्थानमा फेला परेको थियो।

काकाले भतिजामाथि खुकुरी प्रहार गरे

वीरगंज, ३ असार । घरायसी झगडामा काकाले भतिजालाइ खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका छन्। गए राति मकवानपुर, हांडी खोला-३ सुकौरा निवासी सन्त बहादुर नेगीले आफनै भतिजो २१ वर्षीय  संजिव नेगीलाई खुकुरी प्रहार गरि फरार भएका हुन्। घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको र काका नेगीको खोजी भइरहेको मध्य क्षेत्र प्रहरी कार्यालय, हेटौडाले जनाएको छ। 

संसदीय दलको नेताको चुनाव जित्छुु-गुरुङ

काठमाडौं, असार ३ । नेपाली कांग्रेसका महामन्त्री कुलबहादुर गुरुङले संसदीय दलको नेताको निर्वाचनमा आफू विजयी हुने दाबी गरेका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै आफ्नो पक्षमा उल्लेख्य सभासदको र्समर्थन रहेकाले चुनाव जित्ने दाबी गरे । 'संसदीय दलको नेताका लागि शनिबार हुने चुनाव लडेर जित्छु,' गुरुङले सम्भावित प्रतिष्पर्धीहरुलाई आव्हान गर्दै भने,' 'शेरबहादुर देउवा प्रस्तावक र रामचन्द्र पौडेल र्समर्थक भएर मलाई र्सवसम्मत बनाउनुहोस् ।' आफू कसैसँग सोधेर उम्मेदवार बन्न लागेको नभई कार्यकर्ताको भावना र चाहनाअनुसार अगाडि बढ्न खोजेको बताए । सभापति गिरिजाप्रसाद कोइरालाको र्समर्थन होस् भन्ने चाहना रहेको तर नभएपनि पछि नहट्ने बताए । सहमतिका लागि कोइरालाले आवश्यक कदम चाल्नुपर्नेमा उनको जोड थियो । एउटै व्यक्तिलाई सभापतिले र्समर्थन गर्न नमिल्ने उनको भनाई थियो । गुरुङले भने,' म चुनावबाट पछि हट्दिन, बरु शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई सहमतिमा ल्याउन पहल गर्नेछु ।' उनले भने, रामचन्द्रजीले मलाई फोन गरी र्समर्थन गर्न भन्नुभएको थियो, मैंले शेरबहादुरजी प्रस्तावक अनि...

नेपालमा लेजर लेभलर भित्रियो

-प्रणय कुमार . वीरगंज, ३ असार। नेपालमा पहिलो पटक लेजर प्रविधिबाट खेत सम्याउने मेशिनको कृषि औजार अनुसन्धान केन्द्र रानीघाटमा सफल परीक्षण गरिएको छ। कृषि उत्पादनको लागि प्रयोग गरिने बीउ, मल, सिंचाइको लागि चाहिने पानी, श्रम तथा इन्धनको खपत कम गरी यस प्रविधिले कृषि उत्पादनमा करिब २०-२५ प्रतिशत उत्पादन वृद्धि हुने अनुमान गरिएको छ।  यो प्रविधि नेपालमा आइआरआरआइ सीएसआइएसए परियोजना अन्तरगत कार्यक्रम संचालनको लागि भित्रिएको हो। यस परियोजनामा फरवार्ड, विबिर्ड, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, जिल्ला कृषि विकास कार्यालयहरू रूपन्देही, नवलपरासी, चितवन, मकवानपुर, बारा र पर्सा) नेपाल कृषि अनुसन्धान परिषद अर्न्तर्गतका राष्ट्रिय गहुं बाली अनुसन्धान कार्यक्रम, भैरहवा, राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रम रामपुर, चितवन, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुर, बारा, कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंज, राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथ, धनुषा, आदि संस्थाहरू संलग्न छन्।  यो प्रविधि प्रदर्शनमा बारा, पर्सा तथा रौतहट जिल्लाका करिब १० जना टे्रक्टर भएका कृषकहरू, आइआरआरआइ सीएसआइएसए न...