Skip to main content

Posts

माओवादीको तालाबन्दी असफल

वीरगंज, ७ असार । एकीकृत माओवादीका कार्यकर्ताहरूले जिल्ला प्रशासन कार्यालय पर्सर्ाा धर्ना दिएका छन् । माओवादी पर्सर्ााजल्ला इन्चार्ज क्षेत्र बहादुर श्रेष्ठ अनिलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयको मूलगेट बाहिर माओवादीका कार्यकर्ताले धर्ना दिएका हुन् । माओवादीका कार्यकर्ताले कार्यालयमा तालाबन्दीको प्रयास गरे पनि प्रहरीको ठूलो उपस्थितिका कारण तालाबन्दीको प्रयास सफल नभए पछि माओवादीका कार्यकर्ताहरू धर्नामा बसेका थिए । 

लघु जलविद्युतगृहमा तालाबन्दी

-भरत पाण्डेय गुल्मी ७ असार । विद्युत आपूर्तिमा अनियमितता भएको भन्दै स्थनिय वासिन्दाले गुल्मीको वामीमा रहेको करमखोला लघु जलविद्युतगृहमा तालाबन्दी गरीदिएका छन् । विद्युत वितरणमा अनियमितता भएको भन्दै वामी गाविस वडा नं ७ का स्थानिय बासीन्दाले ताला लगाईदिएका हुन् । अपरेटरले विद्युत वितरणमा मनपरी गरेको विद्युत आफूखुसी बन्द र खुल्ला गर्ने गरेको तथा उपभोक्ता समितीले गरेको निर्णय कार्यान्वयन नभएको भन्दै सो वडाका ३२ जना उपभोक्ताले तालाबन्दी गरीदिएका हुन् । नौ किलोवाट क्षमताको विद्युत गृहमा तालाबन्दी गरेपछि सो विजुलीबाट लाभान्वित ८१ घरधुरी अध्यँरोमा बस्न बाध्य भएको स्थानिय रामकृष्ण कँणेलले बताए । उपभोक्ताहरुको भेलामार्फ समस्या समाधान गर्न माग गरेका स्थानिय बासीन्दाले तत्काल समस्या समाधान गर्न उपभोक्ता समितीले पहल नगरेमा कडा संघर्षमा उत्रनेे बताएका छन् । उपभोक्ता समितीका अध्यक्ष ध्वजनसिँ खत्रीले भने स्थानिय पहलमा निर्मीत उक्त योजनामा तालाबन्दी हुँदा जनतालार्य समस्या भएकोले वार्ताका माध्यमबाट समस्या समाधान गरीने बताए ।

माओवादीको तालाबन्दी कार्यक्रम असफल

वीरगंज, ७ असार । राष्ट्रपतिको कदमविरुद्ध एकीकृत माओवादीको पूर्व घोषित आन्दोलनको कार्यक्रम अनुसार आज जिल्ला प्रशासन कार्यालय, पर्सामा धर्ना दिएका छन् भने तालाबन्दीको प्रयास असफल भएको छ। आज ज्रि्रका पर्सामा माओवादी जिल्ला इन्चार्ज क्षेत्र बहादुर श्रेष्ठको नेतृत्वमा धर्ना दिएका थिए। प्रदर्शनकारीले ज्रि्रकामा तालाबन्दी गर्ने प्रयास गरे पनि प्रहरीको ठूलो उपस्थितिका कारण सफल नभएपछि धर्ना दिएका थिए।

प्राथमिक स्वास्थ्य चौकी हर्दियामा औषधि छैन

हर्दिया, ७ असार। बाराको हर्दिया गाविसमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा औषधि नै छैन। अस्पताल भएर पनि औषधि नहुंदा विरामीहरू मर्कामा परेका छन् तर सम्बन्धित निकायको हालसम्म कुनै ध्यानाकर्षा भएको छैन। स्वास्थ्य चौकीमा डाक्टरहरू बिहान १० बजेदेखि नबस्ने गरेको सरसती टोल-५ निवासी वीरेन्द्रप्रसाद यादवले बताउनुभयो। डाक्टरहरूले काम पनि नियमित तरिकाले गर्दैनन्। स्वास्थ्य केन्द्रमा ३ जनाको दरबन्दी रहेको छ। डाक्टरहरू गरिबहरूको उपचारभन्दा धनीहरूको उपचारमा सक्रिय भइ धन कमाइरहेका छन्। सोझासाझा जनतालाई भ्रममा पारेर धन कमाउने ध्येयमा लागिरहेका छन्। जिल्ला अस्पताल बारा कलैयाले पनि हालसम्म कुनै चासो राखेको छैन। डाक्टरहरू सेवा नगरी तलब महिनापिच्छे बुझिरहेका छन्। गाउंमा नै स्वास्थ्य चौकी भए पनि टन्टलापुर घाममा दुइ किलोमिटर दक्षिणमा रहेको इलाका अस्पताल कबहीगोठमा विरामीहरू उपचारको लागि जाने गरेका छन्। गर्मीसंगै रोगब्याधि बढेपछि हाल हर्दियामा झाडापखाला, कान, नाक, पेट, मुर्च्छा पर्ने, टाउको दुख्ने सम्बन्धी रोग बढेपछि विरामीहरू अझ पीडित भएका छन्।  हर्दिया प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष एवं गाविस स...

पर्साका गाविस सचिवद्वारा आन्दोलनको घोषणा

वीरगंज ६ असार/ सुरक्षाको माग गर्दै पर्साका गाविस सचिवहरुले आन्दोलनको घोषणा गरेको छ। गाविस सचिव हकहित संरक्षण केन्द्र पर्साले भूमिगत संगठनहरुबाट सचिवहरुसंग रकम माग गरी धम्क्याएको घटनाप्रति सम्बन्धित निकायले कुनै ध्यान नदिएको भन्दै असार ८ गते संकेतिक हड्ताल गर्ने र ९ गते आन्दोलनका सशक्त कार्यक्रमहरुको घोषणा गर्ने जनाएका छन्।  सचिवहरुलाई विभिन्न भुमिगत संगठनका सदस्यहरुले दश-दश हजारको दरले चन्दा मांग गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको केन्द्रका अध्यक्ष मदनमोहन मालीले जानकारी गराए।

भारी मात्रामा हतियार पक्राउ

वीरगंज, ६ असार । पर्साको सुर्जाहामा भारी मात्रामा अवैध हतियार सशस्त्र प्रहरीले बरामद गरेको छ। आज बिहान सशस्त्र प्रहरी हवल्दार चिरन्जीवी रेग्मीको नेतृत्वमा रहेको पकाहामैनपुरको गस्ती टोलीलाइ देखेपछि चार-पांच जनाले हतियार भागेर फरार भएका हुन्। उनीहरुले छाडेको झोलाबाट ४ थान कटुवा पेस्तोल, ९ थान गोली फेला परेको प्रहरीले जानकारी गराएको छ।

नेपाल औषधि कर्मचारीको प्रथम अंचल अधिवेशन

वीरगंज, ६ असार । नेपाल औषधि कर्मचारी संघका केन्द्रीय अध्यक्ष शिवराज बास्कोटाले अधिकार प्रयोग गर्नुपर्ने आजको आवश्यकता रहेको बताएका छन्। आज वीरगंजमा संघको प्रथम अंचल अधिवेशनको उदघाटन सत्रमा प्रमुख अतिथि बास्कोटाले साहु र नोकरको व्यवहार नगरी कर्मचारीको नाताले काम गर्न संचालकहरुलाइ आग्रह गरे। उनले नेपाल सरकारबाट लागू गरिएको श्रम ऐनको कार्यान्वयन नगरेकोमा १५ बुंदे मांग राखी आन्दोलन जारी राखेकोमा हालसम्म कतैबाट कुनै सुनवाइ नभएकोमा आक्रोश व्यक्त गरे। रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताले स्वागत मन्तव्य व्यक्त गरेका सो कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो।