Skip to main content

Posts

भारतीय अपराधी मुन्ना सहनी पक्राउ

बीरगंज, ८ असार । भारतीय अपराधी मुन्ना सहनी लगायत ६ जनालाइ भारतीय प्रहरीले पक्राउ गरेको छ। गए राती भारतको पटनाबाट उनीहरुलाइ पक्राउ गरेको समाचार प्रँप्त भएको छ ।  भारत, विहारको मोतीपुरबाट अपहरित डाक्टरका छोरा ऋतिक राजलाई एस.टि.एफ.प्रहरीले शनिवार बिहार हरियाणा, यमुनानगरस्थित फरकपुरबाट मुक्त गराएको प्राप्त समाचारमा उल्लेख छ ।       एस.पी. सुधान्सु कुमारले स्थानीय प्रहरीको सहयोगबाट दुइजना अपहरणकर्ता सहित ६ जनालाई पक्राउ गर्न सफल भएको छ । साथै लालजी सहनीको घरबाट अपहरण गरिएको बालक ऋतिक राजलाई अपहरण मुक्त गराएको हो । मुख्य अपहरणकर्ता कांटी निवासी मुन्ना सहनी र र सीतामढीको बेलसन्ढ निवासी विनोद सहनी, पुरानो दिल्लीबाट धर्मेन्द्र सहनी, यमुनानगरबाट मोहन सहनी, लालदेव सहनी र अमरजीत सहनीलाई पनि प्रहरीले पक्राउ गरेको भारतबाट प्रकाशित हिन्दुस्तान पत्रिकाको मोतिहारी संस्करणमा उल्लेख छ । अपहरणमा संलग्न ६ जना अपहरणकारीहरु मुन्ना सहनी र गोपालगंजका देवेन्द्र सहनीको महत्वपर्ूण्ा भूमिका रहेको प्रहरीले जनाएको छ । अपहरणको योजनामा पर्ूव विधायक राजन तिवारीको पनि संलग्नता रहेको आशंका गरिएको छ । भारतीय प्रहरीले पक्...

लिग खेलमा पत्रकार महासंघ पर्सा विजयी

वीरगंज, ८ असार । लागू औषधविरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित लिग क्रिकेट प्रतियोगितामा आज भएको खेलमा नेपाल पत्रकार महासंघ पर्सा विजयी भएको छ। आज वीरगंजको आदर्शनगर रंगशालामा सम्पन्न खेलमा पत्रकार महासंघले परिवर्तन नेपाललाइ ५६ रनले पराजित गरेको हो। पहिलो ब्याटिङ गर्दै पत्रकार महासंघ पर्साले १२ ओभरमा १७६ रन बनाएको थियो भने परिवर्तन नेपालले १२ ओभरमा ११४ रन बनाएको थियो। आजको खेलमा पत्रकार महासंघका सुदीप पौडेलले २६ बलमा ७६ रन बनाएर म्यान अफ दि म्याच घोषित भएका थिए।

ग्यांसको पींध काट्दै हुनुहुन्छ भने सावधान

वीरगंज, ८ असार । ग्यांस उपभोक्ता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले सिलिण्डरको पींध काट्ने परम्पराले दुर्घटना निम्तने चेतावनी दिएका छन्। आज वीरगंजको होटल मकालुमा आयोजित भेलामा बोल्दै उनले बिक्रेताले ग्यांस विक्री गर्दा पालना गर्नुपर्ने विभिन्न कुराहरुप्रति कुनै चासो नदेखाएको बताए। उनले सिलिण्डर खरिद गरेको मिति, कम्पनीको नाम एवं ग्राहकको नाम बिलमा उल्लेख नगरेबाट दुर्घटनामा उपभोक्ताले क्षतिपुर्ति पाउन गाह्रो पर्ने बताए। कार्यक्रममा नेपाल पत्रकार महासंघका सभापति शत्रुघ्न नेपाल लगायतले मन्तव्य राखेका थिए।

सडक दुर्घटना, दर्जनौं घाइते

वीरगंज, ८ असार । विभिन्न स्थानमा सडक दुर्घटना हुंदा दर्जनौ घाइते भएका छन्। आज बिहान चितवनको खैरहनी-४ नजिकै ना२प ७५७० नं.को मोटरसाइकलले कठार-५ बस्ने १८ वर्षीया युवती सीमा चौधरीलाई ठक्कर दिंदा घाइते भएकी छन्, उनको भरतपुर अस्पताल उपचार भइरहेको छ भने ठक्कर दिने चालकलाइ प्रहरीले पक्राउ गरेको छ। बिहान कविलास-५ स्थित पृथ्वी राजमार्गमा ना३ख ३३१७ नं.को बस र ग१च ३०६७ नं.को एम्बुलेन्स एक आपसमा ठोक्किंदा एम्बुलेन्स चालक सहित ३ जना घाइते भएका छन्। घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । बिहान मकवानपुरको हर्नामाडी-५ नजिकै  बा११प ६८०९ नं.को मोटरसाइकलले आज बिहान सोही ठाउं बस्ने टेकनाथ सुवेदीलाई ठक्कर दिंदा मोटरसाइकलमा सवार गरी तीनजना घाइते भएका छन्। घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको छ।

हाइड्रोपावरका कर्मचारी आन्दोलित

दोलखा, ८ असार । विभिन्न मांग राख्दै हिमाल हाइड्रोपावर लि. र खिम्ती हाइड्रोपावरका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्। आजदेखि असार २२ गतेसम्म विभिन्न मांग राख्दै महेन्द्र पुरीको नेतृत्वमा रहेको समूहले रिले अनसनमा बसेका हुन्। चटयाङ लागेर एकजनाको मृत्यु चितवन ८ असार । चटयाङ लागेर चितवनमा एकजनाको मृत्यु भएको छ। गए राति १२ बजे पदमपुर-१ निवासी ८० वर्षीय वृद्ध गुमान सिंहको घरमा चटयाङ पर्दा उनको मृत्यु भएको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

शिक्षकको पुनरबहालीको मांग गर्दै विद्यार्थी बन्द

रौतहट, ८ असार । निष्काशित शिक्षकको पुनरबहालीको मांग गर्दै विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरेका छन्। आज बिहान कटहरिया-८ मा रहेको जनता उ.मा.वि.का प्लस टुका विद्यार्थीहरुले शिक्षक तारानाथ दाहाललाइ प्रधानाध्यापकले हटाएको विरोधमा पुनरवहालीको मांग गर्दै तालाबन्दी गरेका हुन्।

शुभश्री स्रष्टा र संगीत पुरस्कार स्थापना

काठमाडौं, ८ असार । शुभश्री स्रष्टा र संगीत पुरस्कार स्थापना गरिएको छ। आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी पुरस्कारको स्थापना गरेको शुभश्री कलेजले प्रत्येक दर्ुइ वर्षा प्रदान गर्ने पुरस्कारको राशी ३०- ३० हजार रुपियां, ताम्रपत्र र दोसल्ला रहने जनाएको छ। शुभश्री कोओपरेटिम लिमिटेडको सक्रियतामा स्थापित तथा शुभश्री कलेज, तीनकुनेको संचालनमा गर्ने व्यवस्था मिलाइएको पुरस्कारहरु शुभश्री नगेन्द्र स्रष्टा सम्मान र शुभश्री सोफिया संगित सम्मान निबन्धकार तथा पत्रकार नगेन्द्र शर्मा र सोफिया शर्माको सम्झनामा स्थापना गरिएको जनाइएको छ।  पुरस्कार आषाढ ८ गते प्रदान गरिने छ।