Skip to main content

Posts

पागलप्रेमीद्वारा सलमामाथि झन्डै प्रहार

काठमाडौं। टेलिभिजनसँग सम्बन्धित महिला पत्रकारलाई एकतर्फी मन पराएबापत अहिले एकजना पागलप्रेमी हनुमानढोकामा थुनिएका छन्। 'बिहे गर्दिनँ' भन्दा पनि 'तिमीविना म मरिहाल्छु' भनेर मरिहत्ते गर्ने ती पागलप्रेमीले हिजो बिहान आफ्नी 'प्रेमिका' लाई भेट्न बोलाउँदा हनुमानढोकाको वास भएको हो। पर्साको पोखरिया घर भई हाल नेपाल वान् टेलिभिजनमा काम गर्ने सलमा खातुनलाई साढे दुई वर्षदेखि बिहे गर्छु भन्दै हिँडेका एकजना दलित (चमार) युवक आफ्नै मति बिग्रँदा हनुमानढोकामा थुनिएका हुन्। सलमालाई रुचाउने र पाउनका लागि जेसुकै गर्न तयार हुने युवक हुन्, सप्तरीका कसिन्द्र राम अर्थात्, अनुराग। कसिन्द्रले हिजो बिहान ११ बजे सलमालाई भेट्न गौशाला चोकमा बोलाएका थिए। साढे ११ बजे सलमा गौशाला पुगिन्। उनीसित त्यसवेला केही प्रहरी र नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य यशोदा तिम्सिना पनि थिइन्। कसिन्द्रले सोचेकै थिएनन्, आफूले मन पराएर भेट्न बोलाएकी 'प्रेमिका' ले पुलिस र पत्रकारको नेता लिएर आउलिन् भनेर। देख्नासाथ कसिन्द्र नर्भस भए। उनले हातमा एउटा बोतल बोकेका थिए, जो अरूले नदेख्नेगरी हात पछाडि पारेर लुक...

फोरम विभाजन हुनुको मुख्य दोषी यादव- नेपाली

वीरगंज, १८ असार । मधेशी जन अधिकार फोरम (गच्छेदार समूह)का केन्द्रीय सदस्य वीरेन्द्रलाल नेपालीले फोरम दुइ टुक्रामा विभाजन हुनुको मुख्य कारण केन्द्रीय अध्यक्ष उपेन्द्र यादव नै रहेको आरोप लगाएका छन्। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कार कार्यक्रममा बोल्दै उनले  विधान, सिद्धान्तविपरित यादवले केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुलाइ बर्खास्त गरी पार्टीमा हैकम मच्चाउन खोजेको आरोप लगाए। साक्षात्कारमा एक प्रेस विज्ञप्ति जारी गरी मधेशी मुद्दा र लोकतन्त्रको संरक्ष्ँण, सम्वर्द्धनमा उपेन्द्र यादवको नेतृत्वले हुन नसक्ने ठहर गर्दै वरिष्ठ संसदीय दलका नेता एवं उपप्रधानमन्त्री विजय गच्छेदारबाट मात्र हुन सक्ने भन्दै पुनरगठित पार्टीमा गोलबन्द गर्ने र्सवसम्मति पार्टी निर्णय रहेको उल्लेख छ।

विद्यार्थी सहुलियत सिमकार्ड बारा र पर्सामा वितरण

वीरगंज, १८ असार । नेपाल टेलिकमले वीरगंजमा पनि आजदेखि विद्यार्थी सहुलियत सिमकार्ड वितरण गर्न सुरु गरेको छ। रु ११ सय ३६ पर्ने सिमलाइ विद्यार्थीहरुको सहमुलियतको लागि ५ सय १० रुपैयामा उपलब्ध गराइरहेको छ। ५ सय १० रुपैयाको सिमकार्डमा ५ सय रुपैया ब्यालेन्स रहने छ। सिमकार्ड वितरण सहज बनाउन वीरगंजको घण्टाघरस्थित नेपाल टेलिकमको कार्यालयले सातवटा काउन्टर बाट सेवा दिइरहेको छ भने सिमकार्ड लिन विद्यार्थीको घुंइचो लागेको छ। सिमकार्ड वितरण साउन महिनासम्म जारी रहने प्राप्त समाचारमा उल्लेख छ । त्यसैगरी बाराको कलैया, सिमरामा पनि विद्यार्थीहरुका लागि सिमकार्ड वितरण भइरहेको छ। 

माओवादीको कारण देशमा अराजकता फैलियो

वीरगंज, १८ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री उमाकान्त चौधरीले माओवादीकै कारण देशमा अराजकता फैलिएको आरोप लगाएका छन्। आज नेपाल विद्यार्थी संघ पर्साले वीरगंज उद्योग वाणिज्य संघमा आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रमालाइ सम्बोधन गर्दै माओवादीले कानुन हातमा लिन खोजे पूर्व राजाको जस्तो हाल हुने दाबी गरे। नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका चौधरीले माओवादी जनउत्तरुदायी भए राष्ट्रिय सहमतिमा आउनुपर्नेमा जोड दिए।

राष्ट्रपति शासन ल्याउने षड्यन्त्र -किरण

काठमाडौं, १८ असार । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता मोहन वैद्य किरणले देशमा राष्ट्रपति शासन ल्याउने षड्यन्त्र भइरहेको बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै कांग्रेसको एउटा गुट र एमालेको केपी ओली गुट भारतको दलाली गर्दै राष्ट्रपति शासन ल्याउने षड्यन्त्रमा लागेको आरोप लगाएका हुन्। मुठभेडको अवस्था बनाएर संकटकाल हुदै राष्ट्रपति शासन ल्याउने षड्यन्त्र भइरहेको छ, किरणले भने, नेपाली कांग्रेसको एउटा गुट र एमालेको केपी ओली गुट भारतको दलाल बनेर षड्यन्त्रमा लागेका छन् । आफूलाई लोकतन्त्रको मसिया भन्नेहरुनै लोकतन्त्रको हत्या गर्न उद्धत रहेको उनको आरोप थियो । वर्तमान सरकार विदेशीको कठपुतली भएको टिप्पणी गरे । भारतको पत्रिकालेनै वर्तमान सरकारलाई भारतीय पक्षको भनी व्याख्या गरेको उल्लेख गर्दै भने, सरकार विदेशी दलालहरुको हो भन्ने प्रमाणित भइसकेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले  विदेशीलाई गाली गर्ने माओवादी शैलीमा कुनै राजनीतिक इमान्दारिता नभएको बताए । उनले भने, आफ्नो सरकारलाई र्समर्थन गर्नेलाई अन्तराष्ट्रिय र्समर्थन भन्ने अनि अरुको नेतृत्वको सरकारलाई र्स...

वर्तमान सरकारले संविधान निर्माण गर्नै नसक्ने यादवको ठोकुवा

वीरगंज, १८ असार । मधेशी जन अधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले संविधान निर्माण गर्नै नसक्ने ठोकुवा गरेका छन्। आज वीरगंजको टिवडेवाल धर्मशालामा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रिय सरकारको आवश्यकतामा जोड दिएका छन्।  वीरगंजमा सुरु भएको जिल्ला एवं भातृ संगठनहरुको संयुक्त अन्तरक्रिया कार्यक्रममा सहभागी हुनका लागि वीरगंज आएका फोरम अध्यक्ष यादव सहमति जुटेपछि मात्र सरकारको नेतृत्व कस्ले गर्ने भन्ने कुराको टुंगोमा पुग्ने बताए। उनले समयमा नै संविधान बनाउने र शान्ति प्रक्रियालाइ तार्किक निष्कर्षा पुर्‍याउन जोड दिए। केही महिना अघि फोरम यादवको केन्द्रीय बैठकमा यादव र गच्छेदार समूहको महिलाबीच लुछाचुडी भएको प्रश्नको प्रतिउत्तरमा उनले भने गच्छेदार समूहका कम पढेलेखेका महिलाहरुले बैठक भाड्ने प्रयास गरेको आरोप लगाए। फोरमका सहअध्यक्ष्ँ जयप्रकाश गुप्ताले फोरमको मुद्दामा पटक पटक बाधा हाल्ने विजयकुमार गच्छदार मधेशको विरोधी भएको आरोप लगाए।

असार १९ गते दुलही श्रंृगार प्रतियोगिता

वीरगंज, १८ असार। सौर्न्दर्य कला व्यवसायी संघ नेपालले दोश्रो वाषिर्क उत्सवको उपलक्ष्यमा भारतीय कम्पनी ल्याक्मी कस्मेटिकको सहयोगमा काठमाडौंको होटल सोल्टीमा असार १९ गते दुलही श्रंृगार प्रतियोगिताको आयोजना गर्ने भएको छ।  नेपालको ५ विकास क्षेत्रबाट ३ सय प्रतियोगीहरू सहभागी गराइएकोमा छनोट प्रक्रियाबाट विराटनगर, बुटवल, भैरहवा, काठमाडौं, नेपालगंज लगायतका २० जना ब्युटिसियन प्रतियोगीको सहभागिता रहने छ।  लुकेर बसेका ब्युटिसियन प्रतिभाहरूलाई उजागर गर्ने उद्देश्य अनुरूप आयोजना गर्न थालिएको यस प्रतियोगितामा प्रथम हुने ब्युटिसियन प्रतियोगीलाई नगद रू ५० हजार पुरस्कार दिइनुका साथै भारतस्थित लेक्मी कम्पनीमा तालिमका लागि पठाइने व्यवस्था मिलाइएको आयोजक संस्थाकी अध्यक्ष्ँ कमला श्रेष्ठले बताउनुभएको छ।  त्यसैगरी द्वितीय स्थान प्राप्त गर्ने प्रतियोगीलाई नगद रू ३० हजार एवं नेपाली टेलिभिजनमार्फ ब्यूटिसियनबारे कार्यक्रम प्रशारण गर्ने मौका प्रदान गर्ने र तेश्रो स्थान प्राप्त गर्ने प्रतियोगीलाई नगद रू २० हजारका साथै महिला पत्रिकामा कभरपेजमा फोटो राख्ने अवसर प्रदान गरिनेछ।    संस्थाले प्रथम वाषिर्क कार्यक्रममा क...