Skip to main content

Posts

स्थानीय निकाय कर्मचारी संघद्वारा दोश्रो चरणको आन्दोलन

वीरगंज, ३१ असार । स्थानीय निकाय कर्मचारी संघ पर्साले आफूहरुको ५ बुंदे मांग पूरा नभएको विरोधमा दोश्रँे चरणको आन्दोलनको घोषणा गरेको छ। आज पत्रकार सम्मेलन गरी कर्मचारी संघ पर्साका अध्यक्ष मंकेश्वर ठाकुरले साउन १ गते कार्यालयका कामकाज ठप्प पार्ने, २ गते बिहान १० बजेदेखि २ घण्टा कोणसभा र मांगप्रति कुनै सुनवाइ नभएसाउन ४ गते पुनः तेश्रो चरणको आन्दोलनको घोषणा गर्ने बताए। स्थानीय निकायमा कर्मचारीहरूलाई स्थायी गर्नुपर्ने, शैक्ष्ँिक योग्यताको आधारमा श्रेणी तोक्नुपर्ने, लगायत मांग राखी आन्दोलनरत छन्।

महिला हिंसाविरुद्ध महिलाहरुको संजाल

वीरगंज, ३१ असार । महिला हिंसाविरुद्ध आआफनो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने उद्देश्य बोकेर आज वीरगंजको कुम्हाल टोलमा हामी सक्छौ पर्सा जिल्ला संजाल कमिटी गठन भएको छ। नारी सीप सिर्जना केन्द्र हेटौडाद्वारा आयोजित कार्यक्रममा ११ सदस्यीय संजालको संयोजक शशि बस्नेत र सदस्यहरुमा अर्चना श्रीवास्तव, ललिता शाह, रुवि महर्जनलगायत छन्। यसैगरी वीरगंज-२ पार्वती नगरका उपभोक्ता समितिले वीउमनपामा पटक पटक विकास निर्माणको लागि बारम्बार ताकेता गर्दा पनि कुनै सुनवाइ नभएको वीरगंज उपमहानगरपालिकामा आज धर्ना दिएका छन्।

धनुषामा दुर्घटना चारजना घाइते

धनुषा, ३१ असार । धनुषाको ढल्केवर-जनकपुर सडकखण्डको दुइ स्थानमा दुर्घटना हुंदा चारजना घाइते भएका छन्। गए राति ढल्केवर-५ नजिकै नं.नखुलेको एम्बुलेन्सले ज२प १९६० नं.को मोटरसाइकललाई ठक्कर दिंदा सर्लाही घुर्कौली-५ बस्ने उमेश चौधरी र सुशीलकुमार चौधरी घाइते भएका छन्। आज बिहान सपही, राजदेवी मन्दिर अगाडी ना१ख ७१६१ नं.को ट्रकले अनटेष्ट मोटरसाइकललाई ठक्कर दिंदा ढल्केबर-३ बस्ने सत्यनारायण सिंह र सतेन्द्र सिंह घाइते भएका छन्। दुइजनाको जनकपुर अंचल अस्पताल र दुइजनाको रामदैया मेडिकलमा उपचार भइरहेको छ।

चटयाङबाट तीनजना घाइते

दोलखा, ३१ असार । दोलखाको विभिन्न स्थानमा चटयाङ पर्दा ३ जना घाइते भएका छन् भने आधा दर्जन बाख्राको मृत्यु भएको छ। हिजो सांझ काभ्रेको नुमन्तेश्वर उ.मा.वि.मा कक्षा-८ मा पढ्ने १५ वर्षीया डोल्मा शेर्पा चट्याङ लागेर बेहोस भएकी छन् । किरातीछाप ठूलो ढुंगा बस्ने हरि बहादुर खत्री सामान्य र्घाईते र उनको २१ वर्षीया छोरी सरस्वती खत्री पनि चटयाङबाट बेहोस भएकी छन्। तीनैजनाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

डुबेर बालकको मृत्यु

महोत्तरी, ३१ असार । अत्यधिक गर्मी बढेपछि खोलामा नुहाउन गएका एक १० वर्षीय बालकको डुबेर मृत्यु भएको छ। आज विहान १० बजे रौतहट, भमरापुरा-८ बस्ने रामजी यादवको छोरा बर्मादेव यादव दिग्ही खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो। यसैगरी आज बिहान काभ्रेको बतासे-२ बस्ने १९ वर्षीया युवती यसोदा सापकोटा आफनै घरमा झुण्डिएर आत्महत्या गरेकी छन्।

सकेट बम डिस्पोज

वीरगंज, ३१ असार । अज्ञात समूहले जिल्ला शिक्षा कार्यालय बारामा राखेको बम प्रहरी टोलीले निस्क्रिय गरेको छ। गए राति कलैया-६ मा रहेको कार्यालयको भर्याङ मुनि राखेको सो सकेट बम प्रहरीले लठी र डोरीको सहायता र ढुंगा हिर्काएर विस्फोट गराइ डिस्पोज गरेका थिए। विस्फोटबाट कुनै क्षति नभएको प्राप्त जानकारीमा उल्लेख छ।

दुर्घटनाको क्षतिपूर्ति नपाउंदा बाटो अवरोध

वीरगंज, ३१ असार । मृतकका आफन्तजनलाइ क्षतिपूर्ति नपाएपछि वीरगंज- पथलैया सडकखण्ड पुनः अवरुद्ध भएको छ। आज बिहानैदेखि वीरगंज-पथलैया सडकखण्डको जितपुर-३ नजिकै र बाराको पिलुवा सडकखण्डमा मृतकका आफन्तजनलाइ क्षतिपूर्ति दिने सहमति कार्यान्वयन नभएको विरोधमा बाटोमा ढुंगामुढा, टायर, टयाक्टर तेसाइ अवरोध गरेका हुन्। गत असार २४ गते डाबर नेपाल अगाडी बसले मोटरसाइकललाई दिंदा बारा फत्तेपुर-२ बस्ने करिश्मा रायको उपचारको क्रममा मृत्यु भएपछि प्रहरी र बस व्यवसायीबीच छलफल हुंदा ५ दिन भित्र उचित क्षतिपूर्ति दिने सहमति भए पनि सो रकम नपाएको भन्दै पीडित पक्षले सो सडकखण्डमा अवरोध सिर्जना गरेका हुन्।