Skip to main content

Posts

छुराप्रहारबाट घाइते भएका देवानको मृत्यु

फलोअप, वीरगंज, ३ साउन । छुरा प्रहारबाट गम्भीर घाइते भएका झौवागुठी-९ मधुवन टोल निवासी १८ वर्षीय राजु देवानको आज नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ। घाइते राजुलाई गए राति सोही ठाउं बस्ने इस्माइल मियाले व्यक्तिगत रिसइवी सांध्न पेटमा छुरा प्रहार गरी गम्भीर घाइते बनाएका थिए। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा आफताब देवानलाइ पक्राउ गरेको छ भने छुरा प्रहार गर्ने इस्माइल मियां फरार रहेका छन्।

वीरगंज-पथलैया सडकखण्ड सुचारु

वीरगंज, ३ साउन । ट्रक चालकलाइ कुटपिट गरेको विरोधमा यातायात व्यवसायीले अवरुद्ध गरेको वीरगंज-पथलैया सडकखण्ड सुचारु भएको छ। आज बिहान ना ३ ख ५८८६ नं.को ट्रकचालक रामकृष्ण दवाडी र ना ३ ख ३५८२ नं.को ट्रकचालक उमेश अर्याललाइ पथलैयाका युवाहरुले कुटपिट गरी जबरजस्ती रकम असूलेको आरोपमा यातायात व्यवसायीले पथलैयामा सडक अवरुद्ध गरेका थिए। पथलैया प्रहरी चौकीमा सर्वपक्षीय छलफलपछि घटनाको बारेमा छानबिन गरी दोषीलाई कारबाही गर्ने सहमतिपछि सो सडकखण्ड सुचारु भएको हो।

संयुक्त राष्ट्रसङ्‍घद्वारा न्यायमार्फत् शान्ति परियोजनाको प्रारम्भ

काठमाडौं, ३ असार । संयुक्त राष्ट्रसङ्‍घीय शान्ति कोष नेपाल ९कोष०ले शान्ति प्रक्रियामा सहयोग पुर्‍याउन संयुक्त राष्ट्रसङ्‍घीय निकायहरूमार्फत् संकेन्द्रित द्रुत रकम वितरण गरी सहयोग प्रदान गरेको छ। संयुक्त राष्ट्रसङ्‍घीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपालले आज एक प्रेस विज्ञप्ति जारी गरी नेपालको विशिष्ट सङ्क्रमणकालीन आवश्यकताप्रति लचिलो प्रतिक्रिया उपलब्ध गराउने उद्देश्यले सो कोषको प्रारूपण गरिएको हो। आफ्नो स्थापनादेखि कोषले प्रमाणीकरण प्रक्रिया, शिविरहरूको सुदृढीकरण, निर्वाचन सहायता तथा विस्फोटक पदार्थ हटाउने कार्यमा योगदान पुर्‍याएको छ। नर्वे, संयुक्त अधिराज्य, डेनमार्क, क्यानाडा, स्विट्जरल्यान्डका सरकार तथा संयुक्त राष्ट्रसङ्‍घीय शान्ति निर्माण कोषले सो कोषमा लगानी गरेका छन्। विज्ञप्तिमा साउन ४ गते आइतबार, प्रस्तावित सत्य निरूपण तथा मेलमिलाप आयोगबारे शान्ति तथा पुनर्निर्माण मन्त्रालयद्वारा उदयपुरमा आयोजना गरिने परामर्शका अवसरमा संयुक्त राष्ट्रसङ्‍घीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपाल ९उच्चायुक्तको कार्यालय/नेपाल०ले सो कोषको लगानी रहेको आफ्नो ून्यायमार्फत् शान्तिू परियोजना ...

महासचिवको आठ अवलोकन

वीरगंज, ३ साउन । नेपालले शान्ति प्रक्रियामा सहयोग पुर्‍याउन संयुक्त राष्ट्रसंघलाई गरेको अनुरोधका सम्बन्धमा महासचिवले आज प्रेषित गरेको प्रतिवेदनको अवलोकन अंश -५१. जनवरी २३ मा आप\mनो प्रस्ताव १८६४ -२००९) मार्फ सुरक्षा परिषद्ले नेपालबाट अन्मिन र्फकने वातावरण सहज बनाउन २५ जुन -२०६५ असार ११) को सम्झौताको कार्यान्वयनसहित यसै कार्यादेशको अन्त्यसम्ममा अन्मिनका गतिविधिको समापनका लागि अनुकुल अवस्थाको सिर्जना गर्न नेपाल सरकारलाई आग्रह गरेको थियो।तर खेदजनक रूपमा यो प्रतिवेदनमा विस्तारपर्ूवक उल्लेख गरिएको राजनीतिक सङ्कटका कारणले प्रव्रिmयालाई निक्कै विलम्ब गर्‍यो, र अन्मिनको गतिविधिको समापनको परिस्थिति सिर्जना हुन सकेन । ५२. शान्ति प्रव्रिmयाको अहिलेको चरणको दर्ुइ मुख्य काम माओवादी सेनाका सदस्यहरूको समायोजन र पुनर्स्थापना तथा नयाँ संविधानको निर्माण हो। यो वर्षो शुरूका तीन महिनामा प्रगतिको आशाजनक शङ्केतहरू देखिएका थिए र तिनले माओवादी सेनाका सदस्यहरूको भविष्य निर्धारणको काममा दलहरू अगाडि बढन थालेको सङ्केत देखिएको थियो । यो मुद्दामा भएको प्रगति अप्रिलको अन्त्य ताकादेखि ठप्प हुनाले यस संवेदनशील मुद्दा ...

बालश्रम शोषण बिरुद्धको सचेतना कार्यक्रम

हेटौडा, ३ साउन। हेटौडा नगरपालिका, सिविस नेपाल र बाल कल्याण समाज मकवानपुरको संयुक्त आयोजनामा विधालय स्तरीय बालश्रम शोषणको विरुद्धको जनचेतना मूलक कार्यक्रम बाल कल्याण समाजका संयोजक प्रकाश खतिवडा र सामाजिक कार्यकर्ता बिर बहादुर थापाको प्रशिक्षणमा सम्पन्न भयो। उक्त कार्यक्रम श्रमिक मा.वि, .रिलायन्स इंगलीस वोर्डिङ स्कुल, सिर्द्धार्थ उ.मा.वि.र जिं.एस.निकेतन इंगलीस वोर्डिङ स्कुलमा सम्पन्न भएको थियो। बाल अधिकार, वालश्रम, घरेलु वालश्रम वाल दर्ुर्व्यवहार, वाल संरक्षण, भय रहित सिकाई, वालवालिका सम्वन्धि ऐन २०४८, वालवालिका सम्वन्धि नियमावली २०५१ ,वालश्रम -निषेध र नियमित गर्ने ) ऐन २०५६ को वारेमा सहजिकरण गरिएको थियो। कार्यक्रम पश्चात बिधार्थीहरुले बाल अधिकारको माग साथै कर्तब्य पालनामा समेत ध्यान दिने बताउदै बाल श्रम-शोषण अन्त्यको अभियानमा आफुहरु कृयाशिल हुने प्रतिबद्धता ब्यक्त गर्दै दौतरी साथीभाई र घरपरिवारलाई समेत अभ्रि्रेरित गर्दै बालश्रम शोषण अन्त्यका लागि सामुहिक रुपमा प्रतिवद्धता जाहेर गर्दै विधालयका छात्र छात्राहरुले हस्ताक्षर गरेका छन्। कार्यक्रममा बिभिन्न बिधालयमा छात्रा ७० र ...

दी बोस टप टेन एक्सिलेन्सी अवार्ड वितरण

काठमाडौं, साउन ३। बोस म्यागजिनले टप टेन एक्सेलेन्सि अवार्ड तिवरण गरेको छ। हिजो राति राजधानीमा आयोजित विशेष कार्यक्रममा आर्थिक र सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई अवार्ड वितरण गरेको हो। छैंठौंपटक वितरण गरिएको अवार्डअर्न्तगत होटल द्वारिकाजकी अध्यक्ष अम्बिकाकी श्रेष्ठलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। उनलाई पर्यटन व्यवसायमा योगदान दिएकोमा अवार्ड प्रदान गरिएको हो। सभासद समेत रहेका उद्योगी राजेन्द्र खेतान पनि पुरस्कृत भएका थिए। रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष एवं पत्रकार ऋषि धमलालाई पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान दिएवापत सम्मान गरिएको छ। सम्मान पाउनेहरुमा आर्थिक क्षेत्रमा योगदान दिने जितेन्द्र राजभण्डारी र रञ्जीत आचार्य छन्। आर्थिक क्षेत्रमा सक्रिय अनिल चित्रकार, प्रतुश आचार्य र मीनबहादुर गुरुङसमेत पुरस्कृत भएका छन्। वाणिज्यशास्त्रका तीन उत्कृष्ट विद्यार्थीहरु रेश्मा सरिया, परिक्षा पोखरेल र सलोनी अग्रवाललाई पनि अवार्ड दिइएको छ। कार्यक्रममा बोस म्यागजीनकी कर्पोरेट एसोसिएट चारु चड्डाले मन्तव्य दिएकी थिइन्। बोसले प्रत्येक वर...

तिलगंगामा महायज्ञ

काठमाडौं, साउन ३। तिलगंगा अस्पतालमा रहेको शान्ति सेवा गृहका लागि सहयोग संकलनका लागि गोशालामा महायज्ञ शुरु भएको छ। हिजोबाट शुरु भएको महायज्ञमा पण्डित दिनबन्धु पोखरेल पुराण वाचक छन्। महायज्ञको दिन रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला विशेष अतिथिका रुपमा सहभागी भए। उनले दिनदुःखीको सहयोगका लागि सबै खुलेर लाग्नुपर्ने बताए। अस्पताल गृहका लागि सहयोग जुटाउन गरिएको महान कार्यको प्रशंशा गर्दै धार्मिक क्षेत्रबाट सामाजिक र आर्थिक विकासमा योगदान दिनसकिने बताए। मन, वचन र कर्मले सहयोग गरेर पुण्य कमाउन आग्रह समेत गरे।