Skip to main content

Posts

वर्षाका लागि यज्ञ हवन

वीरगंज, ८ साउन । तराइ जिल्लाका लामो समयदेखि खडेरी परेपछि नेपाल आर्य समाज, मध्यमाञ्चल क्षेत्रीय कार्यालयले वर्षाको लागि यज्ञ हवन गर्ने भएको छ। शुक्रवार विहान १० बजेदेखि वेदोच्चारण र वैदिक विधिका साथ बृहद वृष्टि यज्ञ गर्ने भएको छ। यज्ञदेव आर्यले वैदिक विधि अनुसार वायुमण्डल शुद्ध गरी वृष्टि यज्ञ गरिने आज नेपाल आर्य समाजका महासचिव श्यामकिशोर आर्य र धर्म जागरण मंच पर्साका सचिव उमेश गुप्ताले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। यसैगरी वीरगंज-१८ लक्ष्मणवाका महिलाहरूले आज बिहान ब्रम्हस्थानमा पूजाआजा गरी पानी पारिदिन इश्वरलाइ गुहारेकी छन् ।

आर्थिक सहयोग जुटाइदिन आग्रह

वीरगंज, ८ साउन । एक २१ वर्षीया युवतीलाइ ब्लड क्यान्सर भएपछि उपचार खर्च जुटाइदिन पर्साका संचारकर्मीसंग आग्रह गरेकी छन्। शाह नर्सिङ होममा कार्यरत अन्जना अधिकारीले परिवारको आर्थिक स्थिति अत्यन्तै दयनीय रहेको हुंदा ब्लड क्यान्सरको उपचारमा सहयोग गर्न आग्रह गरिन्। रौतहटको रंगपुर-५ कटानी बस्ने अन्जनाले भरतपुर अस्पतालमा आफूलाइ ब्लड क्यान्सर भएको थाहा पाएको बताइन।

उच्चायुक्तको कार्यालयको म्याद थप गरिएकोमा उच्चायुक्तद्वारा स्वीकार

काठमाडौं, साउन ८ . संयुक्त राष्ट्रसङ्‍घीय मानवअधिकार उच्चायुक्त नवनिथम पिल्लेले आफ्नो कार्यालय र नेपाल सरकारबीच भएको सम्झौताको म्याद थप गरिएकोमा आफूले त्यसलाई स्वीकार गरेको पुष्टि गर्दै सरकारलाई पत्र लेख्‍नु भएको छ। नेपाल सरकारले यस कार्यालयको कार्यादेश २०६७ जेठ २६ गतेसम्म थप गर्न सहमत भएको कुरा उल्लेख गरिएको परराष्ट्र मन्त्रालयको आधिकारिक पत्राचार पश्चात् म्याद थपलाई स्वीकार गरिएको हो। आफ्नो पत्रमा उच्चायुक्तले सङ्‍क्रमणकालको यस महत्त्वपूर्ण अवधिमा सरकार तथा नेपाली जनतालाई निरन्तर सहयोग उपलब्ध गराउन पाउँदा आफ्नो कार्यालय खुसी भएको कुरा सरकारलाई बताउनुभएको छ। मानवअधिकार उच्चायुक्तको कार्यालय राष्ट्रिय मानवअधिकार संरक्षण प्रणाली … विशेषतः राष्ट्रिय मानवअधिकार आयोग … लाई निरन्तरको सहयोग र क्षमता अभिवृद्धिमार्फत् थप सबल बनाउन अत्यन्त प्रतिबद्ध रहेको कुरा उहाँले बताउनु भयो। नेपालमा भएका विकासक्रमहरूलाई ध्यानमा राख्दै आफ्नो कार्यालयको आकार सन् २००८ यता घटाइएको र नयाँ प्राथमिकताअनुसार कर्मचारी संरचना निरन्तर परिवर्तन हुने कुरा पनि उहाँले उल्लेख गर्नुभयो।

मुद्दा फिर्ता नलिए ज्यान मार्ने धम्की

वीरगंज, ८ साउन । हत्याराहरुले आफनो पतिको हत्यापछि मुद्दा फिर्ता नलिए आफू र आफनो परिवारको हत्या गर्ने धम्की दिएको एक पीडित महिलाले बताएकी छन्। आज रिपोर्टस क्लब नेपाल पर्सामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वीरगंज रामगढवाका स्व. देवनारायण राउत कुर्मीको पत्नी रामपुकारी देवीले न्याय दिलाइ सुरक्ष्ँाको प्रत्याभूति गराउन आग्रह गरेकी हुन्। २०६५ साल असोज २७ गते देवनारायण राउतलाइ एशियन डिष्ट्रिलरी जाने क्रममा सोही गाविसका निवर्तमान अध्यक्ष, नेपाली कांग्रेसका जंगली राउत कुर्मी र निजका छोराहरुले मिलेर हत्या गरेको पत्रकार सम्मेलनमा रामपुकारीले बताइन्। हत्या गरेको आरोपमा रामबहादुरप्रसाद कुर्मी, जंगबहादुर प्रसाद कुर्मी, अशेश्वरप्रसाद कुर्मी तथा दरोगा राउत कुर्मी, प्रकाश प्रसाद कुर्मी, सिकेन्द्रप्रसाद कुर्मी, राकेशप्रसाद कुर्मी, धु्रवप्रसाद कुर्मी, जुगलकिशोर कुर्मी, जंगबहादुर पटेल, रामस्वरुपप्रसाद कुर्मी, सुनीलप्रसाद कुर्मी, धु्रवप्रसाद पटेललगायत विरुद्ध पर्सा जिल्ला अदालतमा ज्यान मुद्दा दर्ता भइ मुद्दा चलिरहेको छ । अशेश्वर, प्रकाश, दरोगा, राकेश, जुगल, धु्रव, जंगबहादुर, सिकेन्द्रलाइ प्रहरीले पक्...

लागूऔषधसहित एक पक्राउ

वीरगंज, ८ साउन । सुराकीको आधारमा लागूऔषध सहित प्रहरीले एक युवकलाइ पक्राउ गरेको छ। आज वीरगंजको इनर्वा प्रहरी चौकीले पोखरा-८ बस्ने नबिन सुनुवारलाई २२ थान नरफिन, डाइजोपाम २४ थान सहित पक्राउ गरेको हो। भारतको रक्सौलबाट सो लागूऔषध खरिद गरी नेपाल आउंदै गर्दा विशेष सुराकीको आधारमा सुनुवारलाइ पक्राउ गरी अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरी जनाएको छ।

युवतीसंग बलात्कारपछि फांसी सजांय

तेहरान, ८ साउन । इरानमा बैसजी मिलिशिया फांसीको सजाय पाएकी युवतीसंग पहिले बलात्कार गरेपछि मात्र फांसी दिइने गरिएको छ। त्यहांको घार्मिक कानून के अनुसार कुमारी केटीलाइ फासी दिन नमिल्ने छ। त्यहां प्रकाशित हुने एक पत्रिकाले सो खबर प्रकाशित गर्दै जब १८ सालको एक युवतीलाइ जेल कैद गरी फासीको सजाय सुनाइयो तब उनीसंग विवाह गरी यौन सम्बन्ध राखेपछि मात्र युवतीलाइ फासीको सजाय दिइने गरेको छ।

हत्यारालाइ कारबाहीको मांग

काठमाडौं, ८ साउन। नेपाल तरुण दलका बांके समिति सदस्य सुवास वडवालको बुधवार राती भएको विभत्स हत्याको घोर भर्त्सना गर्दै हत्यामा संग्लनहरु माथी कारवाही गर्न नेपाल तरुण दलले माग गरेको छ। आज एक प्रेस विज्ञप्ति जारी गरी वडवालकोेे बुधवार राति १० बजे घर कोहलपुर जांदै गर्दा रामनगरमा हत्या गरिएको उल्लेख छ। तरुण दलका कार्यवाहक अध्यक्ष नागेश्वर यादवद्वारा जारी विज्ञप्तिमा हत्याराको तुरुन्त खोजी गरि कारवाही गर्न माग गदैं बुधवार नै जाजरकोट जिल्ला सदस्य शिवबहादुर सिंह माथि भएको आक्रमणको समेत भर्त्सना गर्दै घटनामा संग्लन माओवादीका वडा इन्चार्ज वीरजित नेपालीमाथि कारवाहीको माग गरेको छ। उनीहरुले धारिलो हतियार प्रयोग गरि सिंहको खुट्टा काटिदिएको विज्ञप्तिमा उल्लेख छ।