Skip to main content

Posts

ब्रिटिश गोर्खा आन्दोलनकी योद्धा नेपाल आउँदै

काठमाडौं, ११ साउन । ब्रिटिश गोर्खा आन्दोलनकी योद्धा तथा प्रख्यात अभिनेतृ जोहाना लुम्ले आज नेपाल आउने भएकी छिन्। लुम्लेले राष्ट्रपति डा.रामवरण यादव, प्रधानमन्त्री माधवकुमार नेपाल, परराष्ट्रमन्त्री सुजाता कोइरालालगायतलाई भेट्ने तय भएको छ। उनले भूतपर्ूव ब्रिटिश गोर्खा र उनीहरूका परिवारलाई भेटी अवस्था बुझ्नेछिन् । लुम्ले पोखरा र धरान जाने कार्यक्रम तय भएको छ। लुम्लेको साथमा नेपाली मूलका प्रथम बेलायती काउन्सलर धन गुरूङ, काउन्सलर पीटर क्यारोल, काउन्सलर लिन, लेफ्टीनेन्ट मदनकुमार गुरूङ सहभागी हुनेछन्। यसैगरी नेपाली मूलका प्रथम बेलायती काउन्सलर धन गुरूङ, काउन्सलर पिटर क्यारोल, काउन्सलर लिन, लेफ्टिनेन्ट मदनकुमार गुरूङ, अभिनेत्री जोहाना लुम्ले सम्मिलित संस्था गोर्खा जस्टिस टिमले विभिन्न कार्यक्रम अघि सारेर उहांको भव्य स्वागत गर्नेभएको छ।

मधेशलाइ सुख्खा क्षेत्र घोषणा गर

वीरगंज, १० साउन । मधेशी जन अधिकार फोरम नेपालका सभासद आत्माराम साहले मधेशमा लामो खडेरी परेकोले सुख्खा क्षेत्र घोषित गरी जनताहरूको राहतका लागि तत्काल प्याकेज कार्यक्रम लागू गर्न मांग गरेका छन्। उनले उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा सपथ खाएको भन्ने विषयमा सर्वोच्च अदालतले गरेको फैसलाको विरोध गरेका छन्। साउन १० गते रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै उनले संवैधानिक प्रावधान अनुसार देश नचलेको आरोप लगाए। मधेशी जन अधिकार फोरम नेपाल पर्साका अध्यक्ष शशिकपूर मिया“ले तत्काल खडेरी पीडित कृषकहरूलाई राहत दिन सरकारसंग मांग गरेका छन्। संचारकर्मीहरूबीचमा बा“डिएको प्रेस विज्ञप्तिमा पार्टी अनुशासन विपरित काम गर्ने विजयकुमार गच्छेदार, जीतेन्द्रनारायण देव, शरदसिंह भण्डारी, रामेश्वर राय यादव, रत्नेश्वरलाल गोइत, उपेन्द्र कुमार झा र रामजनम चौधरी समेत ७ जनालाई पार्टीको साधारण सदस्यताबाट गत जेठ २४ गते नै निष्काशन गरेको र गच्छेदार समूहले अर्को दलको मान्यता प्राप्त गर्ने नसक्ने कुरा उल्लेख छ।

फोरमद्वारा मधेश बन्दको घोषणा

काठमाडौं, १० साउन । मधेश तर्राई फोरमका अध्यक्ष अमर यादवले उपराष्ट्रपति परमानन्द झाले हिन्दीमा सपथ लिनुलाई सर्वोच्च अदालतले गैरकानुनी ठहर गरेको विरोधमा साउन १३ गते मधेश बन्दको आव्हान गरेका छन्। संविधानमा राष्ट्र बहुभाषिक हुनेछ भनी स्पष्ट उल्लेख हुँदापनि हिन्दीमा सपथ लिएकोमा गैरकानुनी ठहर गर्नुलाई लोकतन्त्रविरुद्धको कदम भन्दै मधेशी समुदायको भावनामाथि चोट पुगेको बताए। उनले राष्ट्रपति, गिरिजाप्रसाद, प्रचण्ड, झलनाथ खनालले मधेशविरुद्धका अभिव्यक्ति दिन थालेको भन्दै आपत्ती जनाएका थिए।

उपराष्ट्रपतिले फेरि नेपालीमै सपथ लिनुपर्ने

पोखरा, १० साउन । पर्यटनमन्त्री शरदसिंह भण्डारीले उपराष्ट्रपति परमानन्द झाले आफै कानुनको विज्ञ भएकाले अदालतको निर्णय मान्दै फेरी नेपालीमा सपथ लिनुपर्ने बताएका छन्। साउन १० गते रिपोर्टस क्लब नेपाल पोखरा शाखाले गरेको कार्यक्रममा वोल्दै पर्यटनमन्त्री भण्डारीले उपराष्ट्रपतिलार्इर्र्मधेशी जनअधिकार फोरमका सर्न्दर्भमा निर्वाचन आयोगले गरेको निर्णय आफ्नो समुहका लागि मान्य हुने बताए। माओवादी सरकारका पालामा नै हतियारको सहमति भइसकेकाले अहिले माओवादीको विरोध गर्नुको तुक नभएको भण्डारीले बताए । उनले पोखरामा सरकारले क्षेत्रीय विमानस्थल बनाउने तयारी गरिरहेको बताए । उनले पोखरामा छुट्टै पर्यटन बषपार्क बनाउने पनि बताए। नेपालमा विमानको अभाव रहेकाले सरकारले सात वटा विमान किन्ने तयारी गरिरहेको छ दुइओठा विमान १०(१५ दिनमा ल्याउने मन्त्री भण्डारीले बताए।

गजुरेललाइ तत्काल हटाउने

काठमाडौं। भूमिसुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेष्ठले हरिबोल गजुरेललाई तत्काल हटाउने बताएका छन्। साउन १० गते रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै राजीनामा नदिएकाले हटाउने धोषणा गरेका हुन्। राज्यमन्त्री रहेको मन्त्रालयमा गजुरेलले सोही पदसरहको सुविधामा रहन नमिल्ने बताए। उनले भने,'भूमिसुधार मन्त्रालयमा राज्यमन्त्री रहेकाले गजुरेल मन्त्री भन्दा माथि रहन मिल्दैन। उनले भने,'जग्गा बांडेर सुकुम्बासी समस्याको दर्ीघकालिन समाधान हुंदैन ।' हदभन्दा बढी जग्गा भएकालाई मुआब्जा दिएर भूमिहिनलाई वितरण गरिने बताए । भूमिहिनको खोजी गर्दा वैज्ञानिक ढंगले गरिने उनको भनाई थियो । जग्गा भएकाहरूले समेत सुकुम्बासीका नाममा जमिन कब्जा गरेको सूचना आएबाट त्यसको व्यापक खोजी गरिने बताए । वैज्ञानिक भूमिसुधार नहुदा पहाड र तर्राईका महत्वपर्ूण्ा जमिनहरू टुक्रन थालेको बताए। जमिन टुक्रन नदिने गरी योजना अगाडि बढाइने बताए।

खेलाडीहरुद्वारा चरणबद्ध आन्दोलनको घोषणा

वीरगंज, १० साउन । राष्ट्रिय खेलाडी संरक्षण तथा सर्म्बर्द्धन समितिले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। साउन ११ गते प्रजिअमार्फ पुनः प्रधानमन्त्रीलाइ ज्ञापनपत्र दिदै १२ गते खेलकूद सामग्री प्रदर्शन गर्दै आधा घण्टा सडक अवरूद्ध गर्ने, १५ गते जिबिस, नगरपालिका र गाविसमा बजेटको १० प्रतिशत खेल क्षेत्रलाई छुट्टयाउन मांग गर्दै ज्ञापनपत्र दिने, १८ गते सा“झ बिरोध जुलुश प्रर्दशन गर्ने, २५ गते खेलकूद कार्यालयमा धर्ना र एक घण्टा तालाबन्दी गर्ने अध्यक्ष फूल महम्मद मियाँ मन्सुरले जनाएका छन्। खेलकूद बिकासका लागि सो समितिले प्रधानमन्त्री माधवकुमार नेपाल समक्ष १५ दिनभित्र मांग सम्बोधन गर्न असार २४ गते ज्ञापनपत्र दिएपछि हालसम्म आफूहरुको ११ सूत्रिय मागहरू सम्बोधन नगरिएपछि चरणबद्ध आन्दोलनमा जाने निर्णयबारे अध्यक्षले जानकारी दिएका छन्।

यातायात सेवा ठप्प

वीरगंज, १० साउन । गत साउन ७ गते सिटीराइड र मिनि बसका चालक वीच झै-झगडा भएको विषयलाइ लिएर दुवै बसका इन्चार्जहरुले विरोध स्वरुप यातायात ठप्प पारे। साउन १० गते सिटी राइड र मिनि बसले कलैया-वीरगंजको सेवा ठप्प पारे पनि लामो दुरीको र अन्य यातायात सुचारु रहेको मध्य क्षेत्र प्रहरी कार्यालयले जनाएको छ। यसैगरी सिन्धुपाल्चोक, नुवाकोट, दोलखा र रामेछाप जिल्लाहरुमा उत्तर यातायात महासंघले बन्दको आव्हान गरेको कारण यातायात सेवा पनि ठप्प रहेको प्राप्त जानकारीमा उल्लेख छ।