Skip to main content

Posts

निशुल्क दन्त परीक्षण

वीरगंज, १६ साउन । शान्ति क्लिनिक, वीरगंज बिर्ताले आज निशुल्क दन्त परीक्षण सेवा संचालन गरेको छ। आजदेखि सो क्लिनिकमा विभिन्न रोगको उपचार हुने सो क्लिनिकमा डा. सागरमान अमात्य, डा. पिंगला अमात्य, डा. एसके सिंह, डा. सोनिया सिंह, दीपन बरुवा, डा. विके शर्मा लगायतले सेवा पुर्‍याउने भएको छ।

जीवनलाल श्रेष्ठद्वारा राजीनामा

वीरगंज, १६ साउन । स्वतन्त्र उपभोक्ता मंच पर्साको महासचिव पदबाट जीवनलाल श्रेष्ठले राजीनामा दिनुभएको छ। शारीरिक अस्वस्थ्यताका कारण स्वतन्त्र उपभोक्ता मंचको महासचिव पदमा रही काम गर्न नसक्ने अवस्था हुंदा म आफ्नो राजीखुशी यस पदबाट मुक्त भइ साधारण सदस्यता समेत नरहने गरी यसै विज्ञप्तिमार्फ राजीनामा समेत दिएको जानकारी गराउदछु उल्लेख छ।

धूमपान र सूर्तिजन्य वस्तु सेवनबाट हुने हानीबारे महिलाको भूमिका

वीरगंज, १६ साउन । नेपाल अबर्ुद्ध रोग निवारण संस्था पर्साको आयोजनामा धूमपान र सूर्तीजन्य वस्तुको सेवनबाट हुने हानीबारेमा महिलाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्‍यो। आज वीरगंजको पानीटंकीमा सम्पन्न सो कार्यक्रममा शाखाका कोषाध्यक्ष गंगाबहादुर कार्की, पर्साका उपाध्यक्ष जीवनलाल श्रेष्ठ, फोमनका केन्द्रीय सदस्य सुदर्शनराज पाण्डे, फोमन पर्साका अध्यक्ष महेशचन्द्र गौतम, मीना श्रेष्ठले धूमपान र सूर्तिजन्य पदार्थ सेवन गर्नेहरुलाइ महिलाहरुले प्रेरणा प्रदान गर्न सक्ने कुरामा जोड दिएका थिए। कार्यक्रमको अध्यक्षता मीना श्रेष्ठ र संचालन अर्जुनबहादुर सिंह ठकुरीले गरेका थिए।

रानुदेवीको 'मेरो कथा' विमोचन

काठमाडौं, साउन १६ । गायिका रानुदेवी अधिकारीको मेरो कथा नामक कथा विमोचन भएको छ । परराष्ट्रमन्त्री सुजाता कोइरालाले रिपोर्र्टर्स क्लब नेपालमा शंकर खरेलद्वारा लिखित मेरो कथा र सुनैना कथा संग्रह एकैसाथ विमोचन गरेकी हुन् । मेरो कथामा रानुदेवीका संर्घष्ाहरु समावेश गरिएका छन् । आफ्नो कथा प्रकाशित भएकोमा रानुदेवीले खुशी व्यक्त गरिन् । परराष्ट्रमन्त्री सुजाता कोइरालाले रानुदेवीलाई नेपाली गीती क्षेत्रकी महान नारी भनिन् । रानु देवी नेपाली महिलाका लागि प्रेरणाको स्रोत भएको बताउदै उहांको जीवन कथा पढ्न पाउनु गौरवको कुरा हो भनिन् । रानुदेवीले लोकतन्त्रका लागि भूमिका खेलेको बताइन् । रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले कथा योग्य र पठनीय भएको बताए । रानुदेवीको कथा पढेर नयां पिढीमा हौसला बढ्ने बताइन् ।

एचआइभी एडसबारे निशुल्क प्रशिक्षण

-समीक्षा पंडित क्षेत्री- वीरगंज, १६ साउन । आशा मिलन समूह पर्साको आयोजनामा एचआइभी / एडस सम्बन्धी निशुल्क प्रशिक्षण तालिम आज वीरगंजमा सम्पन्न भयो। एचआइभी तथा एडसको रोकथाम तथा बच्ने उपायबारे सहभागी ३० जनाहरुलाई जानकारी गराउंदै एचआइभी प्रभावित कति जोखिममा छन् भन्ने बारे प्रशिक्षण दिइएको थियो।

औद्योगिक प्रतिष्ठानहरुले सामना गर्नु परिरहेका चुनौती र जटिलता

वीरगंज, १६ साउन । वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष अशोककुमार बैधले उद्योगमन्त्री महेन्द्र यादव तथा भारतीय राजदूतावास, काठमाडौंका वरिष्ठ पदाधिकारीहरुसंग आज छुट्टाछुट्टै भेटघाट तथा छलफल गरेका छन्। भेटघाटका क्रममा बैधले पर्सा-बारामा अवस्थित औद्योगिक प्रतिष्ठानहरुले सामना गर्नु परिरहेका विभिन्न चुनौती र जटिलताबारे उद्योगमन्त्री यादवलाई अवगत गराइएको थियो। साथै गण्डक-पथलैया कोरिडोरमा अवस्थित औद्योगिक प्रतिष्ठानहरुमा औद्योगिक शान्ति र नियमित विद्युत् आपूर्तिका लागि आवश्यक पहल गर्न मन्त्रीसंग अनुरोध समेत गरेका थिए। मन्त्री यादवले उद्योग क्षेत्रले भोग्नु परेको समस्याको समाधानका लागि आफू गम्भीर भएको बताउंदै यस क्षेत्रका तत्कालीन र दर्ीघकालीन समस्याको निराकरणका लागि आवश्यक गृहकार्य गरिरहेको कुरा बताए। यसैगरी भारतीय राजदूतावासका बरिष्ठ पदाधिकारीहरुसंगको भेटमा उपाध्यक्ष बैधले भारतीय रेल्वेले हालसालै रक्सौलमा स्थान शुल्क, पेनल विलम्ब शुल्कमा ६ गुणा वृद्धि गरेकोले नेपाली उद्यमीहरुलाई मर्का पर्न गएको तर्फध्यानाकर्षण गराउंदै समस्या समाधानका लागि आवश्यक पहल गर्न अनुरोध गरेका थिए। राजद...

तरकारी, फलफूल र माछामासु व्यवसायीद्वारा वीरगंज बन्द

वीरगन्ज, १५ साउन । वीरगन्जका तरकारी, फलफूल र माछामासु व्यवसायीहरूले लगातार चार दिनदेखि आन्दोलन जारी राख्दै आज वीरगंज बन्दको आह्वान गर्नुको साथै चरणबद्ध आन्दोलनको घोषणा जारी गरेको छ। आज बिहान वीरगंज उपमहानगरपालिका वडा नं. -१० मा फलफूल, तरकारी ब्यवसायी संघका अध्यक्ष राजेश शाहको नेतृत्वमा निस्किएको जुलुसले टायर बाली बजार बन्द गराएका थिए। बन्दबाट वीरगंजको मूख्य बजार, मीना बजार, माइस्थान, आदर्शनगर लगायतको पसल, व्यापारिक संस्थानहरु बन्द छन्। लामो तथा छोटो दूरीका सवारीसाधनहरु सुचारु रहेको छ। पर्ूवघोषति कार्यक्रमअनुसार उनीहरुले आज वीरगंज बजार बन्द, १७ गते यातायात बन्द, १८ गते उपमहानगरपालिका कार्यालयमा तालाबन्दी, १९ गते जिल्ला प्रशासन कार्यालय घेराउ र माग पूरा नभए साउन २० गतेदेखि अनिश्चितकालीन आम हड्तालमा उत्रिने तरकारी तथा फलफूल व्यवसायी महासंघका केन्द्रीय सदस्य सञ्जय वर्ण्ँवालले जानकारी दिएका छन्। पिठिया करको नाममा उपमहानगरपालिका कार्यालयले व्यवसायीहरुस“ग मनोमानी रकम असुलेको विरोधमा तरकारी तथा फलफूल र माछामासु व्यवसायीहरुले बिक्री वितरण्ँ बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्।