Skip to main content

Posts

एलएलसीका उत्कृष्ट तीन सय विद्यार्थी पुरस्कृत

काठमाडौं, साउन १७ । चाबहिलको आव्हान समूहले एसएलसी परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण हुने तीन सय विद्यार्थीलाई पुरस्कृत गरेको छ । आज राजधानीमा कार्यक्रम आयोजना गरी चावहिल क्षेत्रका विद्यार्थीलाई पुरस्कृत गर्नुका साथै सम्मान गरेको हो । वरिष्ठ चिकित्सक तथा समाजसेवी डा.गौरीशंकरलाल दासले प्रमुख अतिथिका रुपमा सम्मान गरेका हुन् । आव्हान समूहका अध्यक्ष रमेशनाथ श्रेष्ठको सभापतित्व र सदस्य प्रज्ववल आचार्यको संयोजकत्वमा आयोजित कार्यक्रममा ९२.३८ प्रतिशत ल्याउने अरुणिमा उच्च माविका शैलेश पाठक, ९०.३८ ल्याउने हिलारी माविका आशिष कार्की, र ८९ प्रतिशत ल्याउने अरुणिमा उच्च माविका शास्वत भट्टर्राईलाई प्रथम, द्वितीय र तृतीय पुरस्कारस्वरुप आर्थिक पुरस्कारसहित सम्मान गरिएको थियो । छात्रतर्फश्री श्रम राष्ट्रिय माविका विनोद परियार र छात्रातर्फविद्याकला सुनुवारलाई पुरस्कृत गरिएको थिो । उत्कृष्ट १५ विद्यार्थीहरुलाई दश जोड दुइ अध्ययनका लागि पूर्ण छात्रवृत्ति समेत प्रदान गरिएको छ । वि.सं २०४६ सालमा स्थापित भई कला, साहित्य र समाजसेवामा समर्पित आव्हान समूहले आव्हान एसएलसी पुरस्कार विगत १६ वर्षेखि निरन्तर प्रदान गर...

एमाले अध्यक्षको कार्यक्रम पत्रकारहरुद्धारा वहिस्कार

-यादव चौलागाइ- हेटौँडा, १7 साउन/नेकपा एमाले नारायणी अञ्चल समन्वय समितिले आयोजना गरेको कार्यकर्ता भेला कार्यक्रमको मकवानपुरका पत्रकारहरुले आज बहिष्कार गरेका छन्। एमाले अध्यक्ष झलनाथ खनालले उद्घाटन गरेको कार्यक्रममा पत्रकारहरुलाई दुव्यवहार गरी कार्यक्रमबाट बाहीर निकालेको भन्दै पत्रकारहरुले कार्यक्रमको वहिष्कार गरेका हुन्। विहान १० बजे अध्यक्ष खनाल, सचिब युवराज ज्ञवाली सहितको ठुलो सदस्यीय पोलीटब्युरो सदस्य हरु कार्यक्रममा आउने भनेर खवर गरीए पनि १ बजे मात्रै कार्यक्रममा उपस्थीत भएका अध्यक्षको टोली आएको थियो। समाचार संकलनका निम्ती गएका पत्रकारहरुलाई कार्यक्रमस्थलबाटै अपमानजनक ढङ्गले बाहीर जान आग्रह गरेपछि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रताप विष्टले पत्रकारहरु अपमानीत हुनुपरेको भन्दै कार्यक्रम बहिस्कारको घोषणा गरेका थिए। समाचार संकलनमा गएका पत्रकार हरुलाई बाहिर नीकालेपछी एमाले निकट प्रेस चौतारी का केन्दीय मध्यमाञ्चल उपाध्यक्ष देवराज रीमाल लगायत दुइ दर्जन भन्दा बढी पत्रकारहरुले बाहीर निस्केर घटनाको विरोध गरेका थिए भने भोली गरीने भनिएको पत्रकार सम्म्ोलन र आजको कार्यक्रम बहिस्का...

वीउमनपामा व्यापक भ्रष्टाचार

वीरगंज, १७ साउन । विभिन्न पार्टीको पूर्वबोर्ड प्रतिनिधिहरुले वीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृतले आफूहरुको सुझावलाई बेवास्ता गरेको आरोप लगाएका छन्। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा नेपाली कांग्रेस, नेकपा -माले), नेमकिपा, सदभावना -आ) का पूर्व प्रतिनिधिले वीउमनपा भित्रका कमी, कमजोरी, त्रुटि, हेलचक्रयाइ र गैरजिम्मेवारीपन बढ्दै गएकोमा वीरगंजवासी, संघसंस्था, स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन्। साक्षात्कारमा जारी विज्ञप्तिमा वर्तमान कार्यकारी अधिकृतले ७५ प्रतिशत दिनहरुमा भ्रमण, काजबिदा गरि बिताउने गरेको, अधिकांश कर्मचारीहरु अफिसको समयमा ढिलो आउने, हाजिर गरेर बाहिरिने गरेकोले नगरवासीले दूख भोग्नु परेको भन्दै वीउमनपामा व्यापक भ्रष्टाचार भइरहेको उल्लेख छ।

श्याम झुला तथा मारवाडीहरुको बैठक

वीरगंज, १७ साउन । दुइ दिने श्याम झूला महोत्सव आजदेखि वीरगंजको टिवडेवाल धर्मशालामा सुरु भएको छ। भजनकिर्तनमा भारतका विभिन्न कलाकारहरुको उपस्थितिमा मंगलपाठ, भजनकिर्तन र निशान यात्रा गरिने भएको छ। यसैगरी नेपाल राष्ट्रिय मारवाडी परिषद काठमाडौं, सयोजक मारवाडी समाज सेवा समितिले आयोजना गरेको नेपाल राष्ट्रिय मारवाडी परिषदको सातौ कार्य समितिको बैठक र मध्यमाञ्चल क्ष्ँेत्रीय मारवाडी भेला सुरु भएको छ। आज वीरगंजमा सुरु भएको सो कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष टोलाराम डुगरलगायत रहेका छन्।

कुर्मी व्यक्तित्वलाई सम्मान

वीरगंज, १७ साउन । कुर्मी युवा सशक्तिकरण मंच पर्साले आज वीरगंज नगरसभागृहमा बारा, पर्सा, रौतहटका छात्रछात्रा र कुर्मी समाजका सभासद, डाक्टर, इन्जिनियरलगायतलाइ सम्मान गरेको छ। उद्योग राज्यमन्त्री दान बहादुर चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम कुर्मी समाजमा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरिएको हो।

कांग्रेस भावात्मक रुपमा एक हुन सकेन

वीरगंज, १७ साउन । नेपाली कांग्रेस पर्साका उपसभापति दिनाप्रसाद गुप्ताले कांग्रेस भावनात्मक रुपमा एक हुन नसकेको दाबी गरेका छन्। आज संविधान निर्माणमा श्रमिकहरुको हक अधिकार सुनिश्चितता सम्बन्धी दुइ दिने कार्यशाला गोष्ठीमा बोल्दै उनले मजदूर हकहितका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए। कार्यक्रममा नेपाली कांग्रेस पर्सर्ाा जिल्ला सचिव वृहस्पति श्रेष्ठ, अमृतलाल जोशीलगायतको उपस्थिति थियो।

बम विस्फोटनको घटनाप्रति पत्रकार महासंघ गम्भीर

वीरगंज, १७ साउन । नेपाल पत्रकार महासंघका सदस्य एवं नेपाल प्रेस युनियन पर्साका अध्यक्ष काशीनाथ यादवको वीरगंजस्थित निवासमा हिजो राति भएको बम विस्फोटनको घटनालाई नेपाल पत्रकार महासंघले गम्भीर रुपमा लिएको छ। आज नेपाल पत्रकार महासंघ केन्द्रीय समिति संचारग्राम काठमाडौंले एक प्रेस विज्ञप्ति जारी गरी घटनाको भर्त्सना गर्दै घटनाको छानबिन गरी तत्काल दोषीउपर कारबाही गर्न र पीडितलाई क्षतिपुर्ति दिन तथा पत्रकारहरुको सुरक्षाका लागि गम्भीर बन्न सरकारसंग आग्रह पत्रकार महासंघका केन्द्रीय सदस्य जगत नेपालले गरेका छन्।