Skip to main content

Posts

बाढीपीडित पर्साको गाविसमा राहत सामग्री हस्तान्तरण

वीरगंज, २३ साउन । पर्साको बाढी पीडित केही गाविसमा राहत सामग्री वितरण गरिएको छ। आज दिव्य युवा क्लब र युएसआइडीको सहयोगमा आयोजित प्रकोप उद्धार सामग्री वितरण कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बलबहादुर मल्लले प्रकोप उद्धार समितिका अध्यक्ष विनोद साहलाई राहत सामग्री हस्तान्तरण गरेका हुन्।

अपहरणको आरोपमा दुइ पक्राउ

वीरगंज, २३ साउन । बालकलाइ अपहरण गरेको आरोपमा प्रहरीले दुइजनालाइ रंगेहात पक्राउ गरेको छ । आज बिहान पर्साको मसिहानीबाट अपहरित बालक राहुलकुमार सोनारसहित अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले मसिहानी- ६ बस्ने दिना सहनी र सुर्जाहा-८ बस्ने जोखु सहनीलाइ पक्राउ गरेको प्राप्त जानकारीमा उल्लेख छ । बालकका पिता वीरगंज निवासी गोपालप्रसाद सोनार सहित इलाका प्रहरी कार्यालय पोखरियाबाट खटि गएको प्रहरीले टोलीले मदुअवा गाउंमा पुगेर घरमा छापामारी गरिएपछि बालक मात्र फेला परेको थियो। छापामारीको क्रममा ती दुवैलाइ प्रहरीले पक्राउ गरेको र द्वयको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नहरमा डुबेर बालकको मृत्यु

वीरगंज, २३ साउन । नहरमा डुबेर एक बालक मृत्यु भएको छ। आज बिहान बारा, स्रि्रौनगढको नहरमा उचीडिह-४ निवासी चन्देश्वरप्रसाद साहको ९ वर्षीय छोरा राजबाबु साह नहरमा डुबेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

माओवादीले आन्दोलन गरे सरकार चुप लागेर नबस्ने

वीरगंज, २३ साउन । भूमिसुधार तथा व्यवस्था मन्त्री डम्बर श्रेष्ठले असहज समयमा माओवादीले आन्दोलन गरेमा सरकार चुप लागेर नबस्ने चेतावनी दिएका छन्। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्ष्ँात्कारमा बोल्दै उनले भने माओवादीले देशमा दुर्घटना निम्त्याउन खोज्दैछ। मन्त्री श्रेष्ठले हिन्दी भाषालाइ नेपालको सर्म्पर्क भाषा बनाइयो भने सबैभन्दा बढी मर्का भोजपुरी र मैथिली भाषालाई पर्ने दाबी गरे। भारतमा सबैलाइ हिन्दी भाषा बोल्न नरुचाउने भन्दै बंगाल र चेन्नइ प्रान्तमा हिन्दी भाषाको वर्चस्व नभएको बताए। उनले संविधानले निर्धारण गरेको परिधिभित्र रहेर समस्या समाधान गर्न उपराष्ट्रपति परमानन्द झालाई सुझाव दिए। रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

बम विस्फोटमा घाइते भएका परिवारद्वारा चक्काजाम

मकवानपुर, २३ साउन । बम विस्फोटका घाइतेहरुलाइ क्षतिपुर्ति उपलब्ध नगराएको विरोधमा पीडित पक्ष्ँले आज बिहानैदेखि जिल्ला प्रशासन कार्यालयको गेटमा चक्काजाम गरेका थिए। प्रदर्शनकारीले पीडित परिवारलाइ उचित क्षतिपुर्ति र दोषीलाइ कारबाहीको मांग गर्दै प्रदर्शन गरेका हुन्। गत साउन १८ गते भैरव डांडा निवासी शंकर सिलवालको घरमा अज्ञात समूहले बम विस्फोटन गराउंदा ३ जना घाइते भएका थिए।

महंगी नियन्त्रण गर, राशन कार्डको व्यवस्था गर

वीरगंज, २३ साउन । महंगी नियन्त्रण गर्न मांग गर्दै अखिल नेपाल मजदूर संघ मकवानपुरले रिक्सामा विरोध जुलुस प्रदर्शन गरेका छन्। आज बिहान हेटौडा-४ बाट मजदूर संघका अध्यक्ष कृष्ण रेग्मीको नेतृत्वमा निस्किएको विरोध जुलुसले महंगी नियन्त्रण र राशन कार्डको मांग गर्दै नगर परिक्रमा गरेका थिए। रयालीपछि आयोजित कोणसभामा मजदूर नेताले सम्बोधन गरेको प्राप्त जानकारीमा उल्लेख छ।

स्वास्थ्यमन्त्री चौधरी सहित का टोली दुइदिन देखी पोखरा मा अलपत्र

पोखरा, साउन २३ । झाडापखाला नियन्त्रण तथा अनुगमन का लागी मध्यपश्चिम का जिल्ला हरु को भ्रमण मा निस्किएका स्वास्थ मन्त्री उमाकान्त चौधरी सहित को टोली पोखरा बिमानस्थल मा बिहिबार देखी अत्रपत्र परेको छ । बिहिबार मध्यन्न सो टोली पोखरा बिमानस्थल मा इन्धन भर्न उत्रिए लगत्तै प्रतिकुल मौसम का कारण हेलिकप्टर उडन सकेन । सो टोली मा कांग्रेस संसदिय दल का नेता रामचन्द्र पौडेल,एनेकपा माओबादी का पोलिटब्युरो सदस्य खडग बहादुर बिश्वकर्मा,नेकपा एमाले नेता रामनाथ ढकाल ,राजधानी बाट ल्याइएका पत्रकार हरु को टोली सहित २२ जना रहेको छ । यसै बिच स्वास्थ्यमन्त्री उमाकान्त चौधरीले विगत सरकारको त्रुटीका कारण झाडापखाला महामारीका रुपमा फैलिएको बताएका छन् । रिपोर्टर्स क्लब नेपाल कास्की ले पोखरा मा आयोजना गरेकोे साक्षात्कारमा बोल्दै मध्यपश्चिममा झाडापखाला देखिएलगत्तै आवश्यक कदम नचाल्दा फैलन पाएको बताएका हुन् । 'झाडापखाला शुरु हुदा यो सरकार बनेकै थिएन,' सरकार झाडापखाला रोक्न गम्भीर नभएको प्रश्नमा भने,'रोग शुरु भएको थाहा हुादा बेवास्ता हुादा महामारी बन्यो ।' वर्तमान सरकार रोग प्रभावित क्षेत्रमा रोग नियन्त्रण...