Skip to main content

Posts

समयमा नै संविधान नबने देशमा ठूलो दुर्घटना

वीरगंज, २४ साउन । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता झलनाथ खनालले समयमा नै संविधान नबने देशमा ठूलो दुर्घटना हुने चेतावनी दिएका छन्। आज नेपाल मुस्लिम इत्तेहाद संगठनको अंचल भेलाको उदघाटन गर्दै समयमा नै संविधान निर्माण गर्न सम्पूर्ण जात, वर्गसंग अनुरोध गरे। कार्यक्रममा गृहराज्य मन्त्री रिजवान अन्सारी, अर्थमन्त्री सुरेन्द्र पाण्डे लगायतको उपस्थिति थियो ।

हतियारसहित तीन पक्राउ

वीरगंज, २४ साउन । हतियारसहित तीनजनालाइ बारा प्रहरीले पक्राउ गरेको छ। गए राति १० बजे करैया-६ निवासी काशीप्रसाद तिमल्सिना, करैया- ८ का रोहित कुशवाहा, रौतहट कटहरिया-६ का विरबल कुशवाहालाई प्रहरीले एक थान अमेरिकन पेस्तोल, १ थान कटुवा पेस्तोल, ६ राउन्ड गोली, ना ११ प ६५५४ नंंको मोटरसाइकलसहित पक्राउ गरेको प्राप्त जानकारीमा उल्लेख छ।

माओवादीले राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव ल्याएर देखाओस्- संचारमन्त्री पोखरेल

काठमाडौं, साउन २४ । सूचना तथा संचारमन्त्री शंकर पोखरेलले राष्ट्रपति डा.रामवरण यादवविरुद्ध महाभियोग प्रस्ताव ल्याउन चुनौती दिएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै सदन अवरुद्ध गरेर विधिको बाटो विपरित जानेभन्दा विधिसम्मत महाभियोग प्रस्ताव ल्याउन चुनौती दिएका हुन्। राष्ट्रपतिको कदम गलत लाग्छ भने माओवादीले महाभियोग लगाएर देखाओस्, सरकारका प्रवक्ता समेत रहेको मन्त्री पोखरेलले भने,'सदन अवरुद्ध गरेर विकास र संविधान निर्माणलाई अवरोध पार्नुको कुनै अर्थ छैन । राष्ट्रपतिको कदमबारे २२ दलले धारणा बनाएर नयां सहमतिको आव्हान गर्दा गर्दै पनि माओवादीले आफ्नो हठ अरुलाई लाद्न खोजेको टिप्पणी गरे । माओवादी हठका कारण पटक पटक पराजित भएको बताए । उनले भने,'राष्ट्रपति निर्वाचन र सेनापति बर्खास्त गर्दा अरुलाई उपेक्षा गर्दा माओवादी पराजित भएको छ । राष्ट्रपतिको कदमलाई लिएर हठ कायमै राखेको भन्दै पुनः पराजित हुने बताए।

सेना लगाएर राजमार्ग सुचारु गर्ने अर्थमन्त्रीको चेतावनी

वीरगंज, २४ साउन । अर्थमन्त्री सुरेन्द्र पाण्डेले राजमार्गमा बन्द, चक्काजाम गर्नेहरुविरुद्ध सेना लगाएर राजमार्ग सुचारु गर्ने चेतावनी दिएका छन्। आज वीरगंज उद्योग वाणिज्य संघमा स्थानीय उद्योगी व्यापारीसंगको एक अन्तरक्रियामा बोल्दै उनले विदेशी लगानीकर्ताले नेपालमा शान्ति सुरक्ष्ँाको अभाव भएको कारण लगानी गर्न हिचकिचाएको भन्दै अब सेना लगाएर ट्रयाक खोल्ने र औद्योगिक सुरक्षा बल गठन गर्ने जानकारी दिए। उनले राजमार्गमा बन्द हडताल गरेर सरकारसंग क्षतिपुर्ति माग्नेलाई सरकारले ५ लाख रकम तत्कालको लागि दिने र पछि विस्तारै जीवन वीमाबाट दिइने बताएका छन्। विशेष सुरक्ष्ँाको बारेमा छलफल भइसकेको बताउंदै अर्थमन्त्री पाण्डेले औद्योगिक सुरक्षाका लागि विशेष कार्यक्रम ल्याउने बताए। वीरगंज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष अशोक टेमानीले दण्डहीनता र अराजकता भएसम्म उद्योग नचलाउने बताएका छन्। संघका निवर्तमान अध्यक्ष गणेश लाठले सिमेन्ट बनाउन प्रयोग गरिने क्लिंकर भारतबाट निकासी गर्नको लागि भारतीय रेलवेले १५ देखि ३० लाख सम्म रकम असूल्ने गरेकोमा यहांका थुप्रै सिमेन्ट कारखानाहरु बन्द हुने स्थितिमा पुगेको बताए।

बाढीपीडित पर्साको गाविसमा राहत सामग्री हस्तान्तरण

वीरगंज, २३ साउन । पर्साको बाढी पीडित केही गाविसमा राहत सामग्री वितरण गरिएको छ। आज दिव्य युवा क्लब र युएसआइडीको सहयोगमा आयोजित प्रकोप उद्धार सामग्री वितरण कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बलबहादुर मल्लले प्रकोप उद्धार समितिका अध्यक्ष विनोद साहलाई राहत सामग्री हस्तान्तरण गरेका हुन्।

अपहरणको आरोपमा दुइ पक्राउ

वीरगंज, २३ साउन । बालकलाइ अपहरण गरेको आरोपमा प्रहरीले दुइजनालाइ रंगेहात पक्राउ गरेको छ । आज बिहान पर्साको मसिहानीबाट अपहरित बालक राहुलकुमार सोनारसहित अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले मसिहानी- ६ बस्ने दिना सहनी र सुर्जाहा-८ बस्ने जोखु सहनीलाइ पक्राउ गरेको प्राप्त जानकारीमा उल्लेख छ । बालकका पिता वीरगंज निवासी गोपालप्रसाद सोनार सहित इलाका प्रहरी कार्यालय पोखरियाबाट खटि गएको प्रहरीले टोलीले मदुअवा गाउंमा पुगेर घरमा छापामारी गरिएपछि बालक मात्र फेला परेको थियो। छापामारीको क्रममा ती दुवैलाइ प्रहरीले पक्राउ गरेको र द्वयको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नहरमा डुबेर बालकको मृत्यु

वीरगंज, २३ साउन । नहरमा डुबेर एक बालक मृत्यु भएको छ। आज बिहान बारा, स्रि्रौनगढको नहरमा उचीडिह-४ निवासी चन्देश्वरप्रसाद साहको ९ वर्षीय छोरा राजबाबु साह नहरमा डुबेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।