Skip to main content

Posts

प्रचण्ड भोलि वीरगंज आउने

वीरगंज ४ भदौ । एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी पर्साको स्रोतले जनाए अनुसार प्रखर क्रान्तिकारी नेता एवं पार्टी अध्यक्ष पुष्पकमल दहाल ँप्रचण्ड’ भोजपुरा र मैथिली राज्यका पार्टीका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षँण दिने सिलसिलामा आगामी भदौ ५ गते शुक्रवार वीरगंजमा आउँदै छन्। स्थानीय नगर सभागृहमा भोजपुरा र मैथिली राज्यका करिब सात सय पार्टीका अगुवा कार्यकर्ताको भेलालाई एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहालले अति नै महत्वपूर्ण सम्बोधन गर्ने भएको छ।

बारा र पर्साको अस्पतालमा ओपीडी सेवा ठप्प

वीरगंज ४ साउन । नेशनल मेडिकल कलेज तथा शिक्षँण अस्पतालका आन्दोलनरत कर्मचारीले आज पनि धर्ना िदंदै एक घण्टा ओपीडी सेवा ठप्प पारेका थिए। आज बिहान बारा र पर्साका सम्पूर्ण स्वास्थ्यकर्मीहरुले विरोध जनाउंदै एक घण्टा अस्पतालको ओपीडी सेवा बन्द गरेका थिए। तीनजना कर्मचारीको पुनरबहालीको मांग गर्दै आन्दोलनरत कर्मचारी स्वास्थ्यकर्मीले ५ गते सम्म आकस्मिक कक्ष एनआइसीयु र आइसियू सेवा बाहेक सम्पूर्ण सेवाहरु ठप्प पार्ने भएका छन्। आफूहरुको मांग कार्यान्वयन नगरे भोलिदेखि बारा र पर्साको सरकारी गैरसरकारी अस्पतालमा ओपीडी सेवा ठप्प पार्ने आन्दोलनरत कर्मचारी संजीव यादवले बताए।

भदौ ६ गते देखी १२ गते सम्म जेसीज सप्ताह

-चोलेश्वर तिवारी- पर्वत ४ भदौ । जेसीज सप्ताहपर्वत जेसीजद्धारा आयोजित जेसीज सप्ताह २००९ मुल आयोजक समितिले भदौ ६ गते देखी विभिन्न कार्यक्रमका साथ जेसीज सप्ताह मनाउने तयारी गरेको छ । पर्वत जेसीजद्धारा सदरमुकाम कुश्मा वजारमा पत्रकार सम्मेलन गरि आफुले गर्न लागेको कार्यक्रमको सार्वजनिक गरेको हो । पर्वत जेसीजका अनुसार भदौ ६ गते ूसंविधान निर्माण संघियता हाम्रो सरोकारू विषयक गोष्ठीभदौ ७ गते पर्वत उद्योग वाणिज्य संघ र पर्वत जेसीज विच मैत्रिपुण फुटवल प्रतियोगिता ८ गते अन्तर मावि हाजीरजवाफ प्रतियोगिता ९ गते रक्तदान गर्ने जेसिजले जनाएको छ ।त्यसैगरी भदौ १० गते जेसीज सदस्यहरुका लागी नेतृत्व विकास तालिम११ गते महिला संघ सस्थाहरुको लागी नेतृत्व विकास तथा वैठक संचालन तालिम१२ गते अन्तर मावि स्तरीय नृत्य प्रतियोगिता र समापन कार्यक्रमहरु रहेको वर्ष २००९ का जेसीज अध्यक्षँ अर्जुन प्रसाद चापगाईले जानकारी दिनुभयो ।

पोल र तार पुगेको १० वर्ष सम्म पनि विजुली वलेन

-चोलेश्वर तिवारी- पर्वत ४ भदौ । पोल गाडेर तार टागेको दश वर्ष पछि विजुली वाल्न पाउदा स्थानियवासीहरु खुसी भएका छन् । एक दशक अगाडी पोल र तार टागीएको भए पनि पकुवावासीहरु अहिलेसम्म विजुली वल्नबाट वन्चितीमा पर्दै आएका थिए । चौध दशमलव ६ मेघावाटको मोदीखोला जलविद्युत आयोजना तथा सदरमुकाम कुश्मा नजिकैको गाविस भएर पनि पकुवा वासीहरु अहिलेसम्म अध्यारोमा वस्न वाध्य भएका थिए । छिमेकी कटुवाचौपारी तिलाहार चुवा तथा पिपलटारी गाविसमा विजुली वलेको वर्षौ हँुदा पनि आफ्नो गाउमा विजुली नवल्दा पकुवावासीहरु निराश हुदै आएका थिए । स्थानीयवासीहरुले विजुलीको लागि गाविस वाट २०५६ सालमा रकम छुट्टाएपनि जिम्मेवार व्यक्तिको अभावमा अहिलेसम्म काम हुन सकेको थिएन । नेताहरुले गाउको विकास प्रति चासो नदेखाएकोले एक दशक सम्म अध्यारोमा वस्नु परेको स्थानियवासीहरुले आरोप लगाए छन् । उक्त वर्षमा गाविसवाट विजुलीको लागि २ लाख रुपैया छुट्टाईएको थियो । विजुलीको अभावमा पकुवा गाविस वासीहरुले उज्यालोमा वस्न मात्र होईन सुचना तथा संचार प्रविधिको अहिलेको अवस्थामा दुवै चिजवाट विाचत समेत हुनुपरेको थियो । विभिन्न विद्यालयमा कम्प्युटर शिक्षा लाग...

घरेलु तथा साना उद्योग कार्यालयमा सकेट बम

सर्लाही ४ भदौ । अज्ञात समूहले घरेलु तथा साना उद्योग कार्यालयमा सकेट बम विस्फोट गराए पनि कुनै क्षति नभएको प्रहरीले जनाएको छ। गए राति ९-५० बजे घरेलु तथा साना उद्योग कार्यालयको झ्यालमा अज्ञात व्यक्तिले सकेट बम विस्फोट गराएको हो। बम पडकाउने व्यक्तिको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

हतियारसहित युवक पक्राउ

धनुषा ४ भदौ । हतियारसहित एक युवकलाइ प्रहरीले पक्राउ गरेको छ। हिजो सांझ प्रहरी गस्ती टोलीले जनकपुर-१ पुलचोकबाट सुनिल कुमार यादवलाइ शंकाको आधारमा चेकजांच कटुवा पेस्तोल थान १ र गोली ३ राउण्ड सहित पक्राउ गरेको हो। जनकपुर वडा नं।-११ बस्ने करिब १९ वर्षीय यादवलाई थप अनुसन्धानको लागि हिरासतमा लिइएको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

बस र टयाक्टर जुद्धा एक घाइते

वीरगंज ४ भदौ । पूर्व पश्चिम महेन्द्र राजमार्गमा बस र टयाक्टर जुद्धा एक जना गम्भीर घाइते भएका छन्। आज बिहान साढे सात बजे बाराको अमलेखगंज-४ नजिकै आधाभार जंगलमा आज बिहान काठमाडौबाट सिन्धुली तर्फ जांदै गरेको ना।३ख ७०४ न को बसले ना।१त ७७२८ नको ट्याक्टरलाई ठक्कर िदंदा वुनियाद बस्ने अगत पासवान घाइते भएका छन्। घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको छ भने बस चालकलाई प्रहरीले पक्राउ गरेको छ।