Skip to main content

Posts

तीन कन्टेनर छाला पक्राउ

वीरगंज ११ भदौ । भारत निकासी गर्न प्रतिबन्धित छाला ३ कन्टेर सुख्खा बन्दरगाह भन्सारले पक्राउ गरेको छ। आज बिहान पक्राउ गरेको सो तीनवटा कन्टेनरमा मासु भनि छाला लुकाइ भारत निर्यात गर्न लागिएको हो। काठमाडौं एयरपोर्ट भन्सार कार्यालयले चेकजांच गरी सिलबन्दी छाप लगाई निर्यात योग्य बनाइ पठाएको सो कन्टेनरमा छाला रहेको एक व्यापारीले लिखित उजुरी गरेपछि बन्दरगाह भन्सारले बाध्य भइ निर्यातमा रोक लगाएको हो।

नेपाल बैंक लिमिटेडको काम ठप्प

वीरगंज ११ भदौ । नेपाल बैंक लिमिटेड सिटी अफिसका निमित्त व्यवस्थापक रामहरि मूलको सरुवाको मांग गर्दै आज कर्मचारीले बैंकको कारोबार ठप्प पारेका छन्। आज बिहानैदेखि कर्मचारीले बैंकको कारोबार ठप्प पारेपछि सर्वसाधारण मर्कामा परेका हुन्। मूलले जेनेरेटरको नाममा कमिशन खानुको साथै विभिन्न षडयन्त्र गरेको आरोप लगाउंदै विरोधमा कर्मचारी उत्रिएका हुन्। बैंकका कर्मचारीहरुले संयुक्त हस्ताक्षर गरी व्यवस्थापक मूलको सरुवाको लागि केन्द्रीय कार्यालय काठमाडौंमा पठाउदासमेत कुनै पहल नभएको कर्मचारीले गुनासो गरे।

बेपत्ताहरुको प्रतिवेदन सार्वजनिक

वीरगंज ११ भदौ । बेपत्ता पारिएका व्यक्तिका परिवार र तिनको आवश्यकताको अध्ययन प्रतिवेदन आइसीआरसी र नेपाल रेडक्रस सोसाइटी पसा्रले सार्वजनिक गरेको छ। आज अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आइसीआरसी उपमण्डलक प्रमुख नताशा इमरसनले बेपत्ता पारिएका व्यक्तिहरुहरुको अवस्थाबारे जानकारी गराइन्। सन् १९९६ देखि २००६ को अवधिमा द्वन्द्वको कारणबाट नेपाल अधिराज्यका १० जिल्लाबाट बेपत्ता पारिएका व्यक्तिका परिवारहरु १३४८ जनासंग प्रत्यक्षँ भेटघाट अधिकांशले आफना आश्रितहरु छाडेर गएको बताएका छन्।

राष्ट्रियस्तरको पत्रिका जलाइयो

वीरगंज, ११ भदौ । सर्वोच्च अदालतको निर्णयविरुद्ध मधेशी जन अधिकार फोरम नेपालले आज बिहान वीरगंजको घण्टाघरमा कान्तिपुर र अन्नपूर्ण पोष्ट दैनिक जलाएका छन्। आज बिहान वीरगंज नगर कमिटी अध्यक्ष अजय चौरसियाको नेतृत्वमा राष्ट्रिय स्तरको पत्रिका कान्तिपुर नागरिक दैनिक अन्नपूर्ण पोष्टलगायतको पत्रिकाहरु जलाएका हुन्।

प्ररायु संघ बारा ईलाका नम्बर १४ को भेला सम्पन्न अध्यक्षमा पण्डित

-सुभाषप्रसाद साह- बारा ११ भदौ। नेकपा एमाले प्रजातान्त्रि राष्ट्रिय युवा संघ नेपाल बारा ईलाका नम्बर १४ को ईलाका स्तरीय युवा भेला आज खुटवा गाबिस भवनमा सम्पन्न भएको छ। सम्पन्न सो भेलाले राजेन्द्रप्रसाद पण्डितको अध्यक्षतामा ११ सदसिय १४ नम्बरको ईलाका कमिटि गठन गरेको छ। कमिटिको उपाध्यक्षमा शैलेन्द्रप्रसाद यादव र सचिवमा गौतमकुमार साह रहनु भएको छ। यसैगरी सदस्यहरुमा बसिर मियाँ लालबहादुर साह अनवर आलम अंसारी अवधकिशोर यादव बिष्णु पासवान लगाएतका रहनु भएको छ। बारा निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय सदस्य धिरज शुक्लाको अध्यक्षतामा सम्पन्न सो भेलामा बिशेष अतिथिको रुपमा रहेका प्ररायु संघका जिल्ला उपाध्यक्ष जफरुल हवारी जिल्ला सदस्य एवं निर्वाचन क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष सुभषप्रसाद साह जिल्ला सदस्य ध्रुवप्रसाद यादव राजेश यादव रामदर्शन साह लगाएतकाले सम्बोधन गर्नुभएको प्ररायु संघ नेपाल जिल्ला समिति सदस्य एवं निर्वाचन क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष सुभाषप्रसाद साहद्वारा जारि प्रेस बिज्ञप्तिमा जनाईएको छ।

नदीले बगाएर ल्याएको महिलाको शव

नुवाकोट ११ भदौ । तादी खोलाले बगाएर ल्याएको एक महिलाको लाश फेला परेको छ। आज बिहान गणेशयात-४ नयां पुल नजिकै करिब २६ वर्षीया महिलाको लाश फेला परेको प्रहरीले जनाएको छ। मृतकको नाम थर खुल्न नसकेको प्राप्त जानकारीमा उल्लेख छ।

वीरगंज र गरुडामा कुटपिट

वीरगंज ११ भदौ । आपसी विवाद र झैंझगडामा दुइ पक्षबीच कुटपिट हुंदा एकजना गम्भीर घाइते भएका छन्। आज बिहान परसौनी भाटा बस्ने अम्तर मियांलाई सोही ठाउं बस्ने मजुल होजाले कुटपिट गरेर फरार भएका छन् । घाइतेको ना।उ।क्षे।अस्पताल वीरगंजमा उपचार भइरहेको छ। यसैगरी रौतहट गरुडा बैरिया-६ नजिकै दुइ पक्षबीच झडप भएपछि मलाहि-२ बस्ने सुखल सहनी लालबाबु सहनी वडा नं।-१ बस्ने परिक्षण सहनी घाइते भएका छन्। प्रहरीले झडपमा संलग्न रहेको आरोपमा ७ जनालाइ पक्राउ गरेको छ।