Skip to main content

Posts

शंखधर साख्वाको शालिक स्थापना गरिने

वीरगंज २२ भदौ । नेवार समुदायहरुको भाषा साहित्य संस्कृतिको उत्थान तथा नेपाल सम्वत्को प्रणेता राष्ट्रिय विभूति संखधर साख्वाको सालिक वीरगंजमा स्थापना हुने भएको छ। आज वीरगंजको स्थानीय होटलमा सम्पन्न बैठकले वीरगंज वडा नं। ५ एएमसी अस्पताल अगाडि साख्वाको शालिक स्थापना गर्ने निर्णय भएको छ।

कपडा पसलमा लाखौंको चोरी . मेला व्यवस्थापन गर्न उपसमिित

वीरगंज, २२ भदौ । गोपी रेडिमेड कपडा पसल घण्टाघर वीरगंजमा लाखौंको चोरी भएको छ। गए राति चोरले पसलको ताल्चा फोडेर सरसामान चांदीको सिक्का र ३० हजार नगद चोरेर लगेको प्राप्त जानकारीमा उल्लेख छ। मेला व्यवस्थापन गर्न उपसमिित वीरगंज २२ भदौ । वडा दशैंको मेलामा माइस्थान मन्दिरलाई व्यवस्थित गर्नको लागि आज बिहान बसेको बैठकले माइस्थान मेला उपसमिति गठन गरेको छ। उपसमितिमा बलिदान फूलपाती स्वयंसेवक प्रचार प्रसार सरसफाइ लगायत विभिन्न व्यवस्थापन संयोजकको जिम्मेवारी सुम्पिएको प्राप्त जानकारीमा उल्लेख छ।

सीमान्तकृत महिलाहरुको सवाल सभासदलाइ

काठमाडौं २२ भदौ । अब बन्ने संविधानमा आफ्ना समस्या सम्बोधन गर्न आग्रह गर्दै सीमान्तकृत महिलाहरुले सभासद्हरुलाई आफ्ना सवालहरु बुझाएका छन्। सोमबार राजधानीमा दलित महिला संघले आयोजना गरेको कार्यक्रममा मुस्लिम आदिबासी जनजाति दलित मधेसी महिलाहरुले विभिन्न सभासद् र अल्पसंख्यक तथा सीमान्तकृत समुदायको हक अधिकार संरक्षण समितिका सभापति लालबाबु पण्डितलाई आफ्ना समस्या सुनाउँदै आफ्ना सवालहरु बुझाएका हुन्। विभिन्न जिल्लाबाट भेला भएका सीमान्तकृत महिलाहरुले आफ्ना गाउँका समस्या सुनाउँदै सहज स्वास्थ्य सेवा पाउनुपर्ने छुवाछुत अन्त्य हुनुपर्ने विद्यालय जाने वातावरण बनाइदिनुपर्ने बोक्सीको नाममा दुःख पाउन नहुने जनताको मर्म बुझ्ने सरकार हुनुपर्नेजस्ता विषयलाई अबको संविधानले सम्बोधन गर्नुपर्ने माग गरेका थिए। कार्यक्रममा दलित समुदायको तर्फबाट पहिलोपटक सहायकमन्त्री बनेकी कलावती दुसाधले आन्दोलनबिना सीमान्तकृत समुदायले अधिकार स्थापित नहुने भएकोले एकजुट भएर आन्दोलनमा लाग्नुपर्ने बताइन्। सहायकमन्त्री दुसाधले दलित तथा सीमान्तकृत महिलाको अधिकारका लागि आफू पद छोड्नसमेत तयार रहेको बताइन्। प्राकृतिक विपत्तिमा समेत...

भदौ २४ गते बारा पर्सा र रौतहटमा आमहडताल गर्ने चेतावनी

वीरगंज २२ भदौ । नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा आन्दोलनरत कर्मचारी स्वास्थ्यकर्मीको मांग पूरा नगरे बारा पर्सा र रौतहटमा मशाल जुलुस प्रदर्शन गर्नुको साथै आम हडताल गर्ने चेतावनी मजदूरहरुको संयुक्त संघर्ष समितिले दिएको छ। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षुत्कारमा कार्यक्रममा एनटियुसीआइ जिफन्ट अनेट्रयुम संघको संयुक्त संघर्ष समिति बारा पर्सा रौतहटले सो चेतावनी दिएको हो। मजदूरहरुको मांग कार्यान्वयन नगरी अस्पताल प्रशासनले दमन गरेको आरोप लगाउंदै पहिलो चरणको संघर्षका कार्यक्रम अनुसार भदौ २३ गते वीरगंज कलैया परवानीपुर जीतपुर सिमरा र रौतहटको गरुडामा संयुक्तरुपमा मशाल जुलुस र २४ गते बारा पर्सा रौतहट जिल्लामा आमहडताल गर्ने भएको छ। साक्षुत्कार कार्यक्रममा एनटियुसीआइका पुलीस यादव जिफन्टका कमलेश झा अनेटे्रयुमहासंघका मीनप्रसाद अपागाइले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा कलेजका व्यवस्थापन पक्षबाट गैरकानूनी रुपमा हटाइएका स्वास्थ्यकर्मी राजकपूर मण्डल जाहिर रहमान र रमेश भट्टराइलाई पुनरबहाली व्यवस्थापक र श्रमिक प्रतिनिधि बीच विगतमा भएका सम्झौतालाई कार्यान्वयन घाइते मजदूर स्वास्थ्यकर्मीलाई क्षँति...

रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज, २२ भदौ । नारायणी यातायात स्वतन्त्र बस कर्मचारी संघ प्रथम वर्ष पूरा गरी दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। आज वीरगंजको घण्टाघरमा आयोजना गरिएको सो रक्तदान कार्यक्रमको अध्यक्षता जगतप्रसाद साह कानूले गरेका थिए।

घुस रकम नदिएपछि ट्राफिक प्रहरीलाइ क्षेत्रीय कार्यालयमा फिर्ता

सानालाइ ऐन ठूलालाई चैन- वीरगंजको नगरमा हेलमेट नलगाइ मोटरसाइकल गुडाउंदै एक ट्राफिक प्रहरी । वीरगंज २२ भदौ । मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जिल्लामा कार्यरत विभिन्न ट्राफिक प्रहरीहरुलाइ क्षेत्रीय कार्यालयमा फिर्ता बोलाउन थालेको समाचार प्राप्त भएको छ। क्षेत्रीय कार्यालय प्रमुख ट्राफिक प्रहरी नायब उपरीक्षक उमा शंकर पंजियारले क्षेत्र अन्तर्गतका जिल्ला ट्राफिक प्रहरी कार्यालयले मांगेको घुस रकम दिन नमानेपछि जिल्लाबाट ट्राफिक जवानदेखि सहायक निरीक्षकसमेतलाइ हेरफेर गर्न थालेको छ। एक ट्राफिक प्रहरी निरीक्षँक अनुसार दशैं नजिकिदै गरेको बेला क्षेत्रीय प्रमुख पंजियारले प्रत्येक जिल्लाका ट्राफिक कार्यालयसंग १० देखि १५ हजार रकम मांग गरेको छ। पंजियारको हस्तक्षेपका कारण आफूहरुलाई काम गर्न अप्ठेरो परेको ट्राफिक प्रहरीहरुले बताएका छन्।

बाराको १८ गाविसमा सचिवको जिम्मा प्राविधिक सहायकलाइ

वीरगंज २२ भदौ । बारा जिल्लामा १८ गाविस सचिवको जिम्मेवारी प्राविधिक सहायकलाई दिएको छ। बाराको मटिअर्वा कचोर्वा पथरा लगायतको १८ गाविसका जिम्मेवारी प्राविधिक सहायकलाई दिइएको हो। जिल्लामा एकैपटक २० वटा गाविस सचिवलाई अवकाश दिएपछि सचिवहरुको पद रिक्त भएको हुंदा सरकारको नीति अनुसार प्राविधिक सहायकलाई जिम्मेवारी दिइएको स्थानीय विकास अधिकारी उमेश बस्नेतले बताउनुभयो। प्राविधिक सहायकहरुले गाउं विकास समितिको काम पूर्ण रुपले गर्न नसक्ने बताएका छन् ।