Skip to main content

Posts

लायन्स क्लबको पदस्थापन समारोह सम्पन्न

वीरगंज, २४ भदौ । ५ वटा लायन्स क्लबहरुको पदस्थापना कार्यक्रम आज एक समारोहबीच वीरगंजमा सम्पन्न भयो। समारोहमा लायन्स क्लब अफ वीरगंज ग्रेटर लायन्स क्लब अफ वीरगंज गेटवे लायन्स क्लब अफ वीरगंज युनाइट प्लास्ट र लायन्स क्लब अफ वीरगंज प्रोफेसनलका नवनियुक्त पदाधिकारीहरुलाई राजन लम्सालद्वारा सपथ ग्रहण गराएकाथिए। समारोहका प्रमुख अतिथि वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका टि अशोकले सिद्धान्त अनुरुप प्राकृतिक स्रोतको अत्यधिक सेवनबाट जनकल्याण हुने बताए। कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

अपहरणकारीहरुमाथि कारबाहीको मांग

वीरगंज २४ भदौ । जग्गा सम्बन्धी विवादमा आफूलाई अपहरण गरी नक्कली कागज बनाइ यातना दिएको आरोप लगाउंदै अपहरणमा परेका एक व्यक्ति र उनका दिदीले आज वीरगंजमा एक पत्रकार सम्मेलन गरी आफूलाइ अपहरण गर्नेहरुमाथि कारबाहीको मांग गरेको छ। गत भदौ २१ गते बारा मझरिया-२ निवासी शिवरत्न दास तत्मालाई कलैयास्थित भरतचोकबाट अपहरणकारीले अपहरण गरी कलैया-५ स्थित दुर्योधन शुक्लाको घरमा राखेर यातना दिएको अपहरणकारीहरुको पंजाबाट उम्किएका शिवरतन र उनका दिदी महापति देवीले बताए । पिप्रा बिर्ता वडा नं। ६ बस्ने राम एकबाल राउतसंग जग्गा विवाद सम्बन्धी छलफल सकिएर भरत चोकमा आइपुग्दा अपहरणकारीहरु दुर्योधन शुक्ला रामएकबाल राउत कुर्मी लंगटु दास तत्मा भरत साह तेली शितलपुर बाराका राम एकबालको ज्वाइ सुमी राउत कुर्मी पिण्टु मिश्र मनोज तविारी रामायण महरा चमार रामायण िसंह भारतीय दीलीप शुक्ला नगेन्द्र राउत कुर्मी कृष्णा पटेल नागेश्वर राउत कुर्मी परशुराम राउत कुर्मी चन्द्रदेव राउत लगायतले अपहरण गरेर यातना दिएको पत्रकार सम्मेलनमा महापति देवीले बताइन्। बारा प्रहरीले अपहरणकारीलाई कारबाही गर्न कुनै चासो नदेखाएको आरोप समेत पत्रकार सम्मेलनमा...

ठूलो परिमाणमा लागू औषध जलाएर नष्ट

वीरगंज २४ भदौ । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न समयमा विभिन्न स्थानबाट पक्राउ गरेको लागू औषध जलाएर नष्ट गरेको छ। आज बिहान जिप्रकाको हातामा गांजा १५२२ किलो चरेश ३० किलो ५ सय ग्राम खैरो हेरोइन ४० ग्राम जलाएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

बिगि्रएको शान्ति सुरक्षुको दिर्घकालीन समाधान गर्ने- मन्त्री कर्ण

वीरगंज २४ भदौ । नवनियुक्त मन्त्री लक्ष्मण लाल कर्णसंग वीरगंजका उद्योगी व्यवसायीले भेटघाट गरेको छ । आज वीउवासंघको कार्यकक्षमा सम्पन्न भेटघाट कार्यक्रममा कर्णले बिगि्रएको शान्ति सुरक्षाको दीर्घकालीन रुपबाट समाधान गर्ने आश्वासन दिएका छन्। उनले वीरगंजमा दातृ राष्ट्रले सहयोग गरे अन्तराष्ट्रिय सभा हलको निर्माण गर्ने बताए। वीरगंजका लोकपि्रय व्यक्ति मन्त्रीमा नियुक्त भएपछि व्यापारीहरुले बधाई िदंदै वीरगंजको समस्याहरु निराकरण तथा विकास निर्माणमा सहयोग हुने आशा व्यक्त गरेका थिए। कार्यक्रममा सदभावना पार्टीका केन्द्रिय सदस्य गया पासवान बाबुलाल यादव र जिल्ला सभापति निजामुद्दीन समानीको उपस्थिती थियो। ठूलो संख्यामा व्यवसायीहरुको भेटघाट कार्यक्रममा उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा संघका भू।पू। अध्यक्ष नि।वर्तमान अध्यक्ष लगायत पदाधिकारीहरुको सहभागीता रहेको थियो । धन्यवाद ज्ञापन संघका उपाध्यक्ष अशोक टेमानी र कार्यक्रमको संचालन संघका महासचिव गोपाल केडियाले गरेका थिए।

मधेशको राष्ट्रभाषा हिन्दी हो - यादव

वीरगंज २४ भदौ । मधेशी जन अधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले हिन्दी भाषा मधेशको राष्ट्रभाषा रहेको दाबी गरेका छन्। आज वीरगंज नगरसभागृहमा मधेशी जन अधिकार फोरम नेपाल पर्सा वीरगंजले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै यादवले हिन्दी भाषा बिना मधेश र मधेशीको पहिचान नहुने ठहर गरेका छन्। उनले अब तेश्रो आन्दोलनको तयारी गरिरहेको बताउंदै सरकारले विशेष सुरक्षुको नाममा मधेशीहरुमाथि दमन गर्न प्रयास गरिरहेको आरोप लगाए। राजेन्द्र महतो महन्थ ठाकुर गिरिजाप्रसाद कोइराला लगायत २२ दलको दबाबमा सर्वोच्च अदालतले हिन्दी भाषा असंवैधानिक रहेको ठहर गरेको आरोप यादवले लगाएका छन्।

वीपी जयन्तीको अवसरमा विचार गोष्ठी

वीरगंज, २४ भदौ । ९६ औं बीपी जयन्तीको उपलक्ष्यमा नेपाल टे्रड युनियन कांग्रेस स्वतन्त्रले आज संविधानसभामा श्रमिकहरुको एजेण्डा विषयक विचार गोष्ठी सम्पन्न गरेको छ। पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले कार्यक्रमको उद्घाटन गर्दै श्रमिकहरुको संविधानमा प्रतिनिधित्व हुनुपर्ने कुरामा जोड दिएका थिए। वीरगंजको गहवामाइ अतिथि सदनको सभाकक्षमा सम्पन्न सो कार्यक्रममा सभासद अजय द्विवेदी अजय चौरसियालगायतले मन्तव्य राखेका थिए।

गोली लागी एकजना घाइते

धनुषा २४ भदौ । अज्ञात हतियारधारी समूहको गोली लागी एकजना घाइते भएका छन्। गए राति जनकपुर -११ बस्ने बर्ष ५५ को शालिकराम प्रसाद साहलाई नं।नखुलेको मोटरसाइकलमा चढेर आएका दुइ नकाबधारी हतियारधारी समूहले गोली प्रहार गरेको हो। साहको बाया खुट्टामा गोली लागेको छ भने उनको जनकपुर अंचल अस्पतालमा उपचार भईरहेकॊ प्रहरीले जनाएको छ।