Skip to main content

Posts

बाराका संचारकर्मीहरुद्वारा कालो दिवस

बीरगंज १८ असोज । बाारका पत्रकार वीरेन्द्र साहको आजकै दिन हत्या भएको विरोधमा नेपाल पत्रकार महासंघ बाराले कालो दिवस मनाएका छन्। आज बाराली संचारकर्मीहरुले हातमा कालोपट्टी बांधेर कालो विरोध प्रदर्शन गरे। एकिकृत नेकपा माओवादीले पत्रकार साहको दुइ वर्ष अघि अपहरण गरी हत्या गरेको बिरोधमा आजको दिनलाई कालो दिवशको रुपमा मनाइएको पत्रकार महासंघ बाराका अध्यक्ष गुरुप्रसाद गौतमले बताए। साहको हत्याका संलग्नहरुलाइ प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन।

भारतीय सुरक्ष्ँाकर्मीको यातनाबाट नेपालीको मृत्यु

रौतहट, १८ असोज । भारतीय सुरक्ष्ँाकर्मीको यातनाबाट एक नेपाली र्सवसाधारणको मृत्यु भएको छ। आज बिहान चार बजे सरमुजुवा-८ निवासी भजु राय यादवको छोरा वर्ष ३५ को भोकल राय यादवको मृत्यु भएको हो। नेपालबाट सुर्तिको डण्डी लिएर भारततर्फ गईरहेको अवस्थामा भारतीय एसएसबी र बिओपीले शनिवार जमुनीया बेश क्याम्पमा पक्राउ गरी चरम यातना दिएपछि यादवको मृत्यु भएको हो। घटनाको विरोधमा मृतकका आफन्तजनहरूले बजार बन्द गराएका छन्। लाशको पोष्टमार्टम गौर अस्पतालमा भएको थियो।

भारी परिमाणमा गहना पक्राउ

वीरगंज, १८ असोज । भारतबाट लुकाइ छिपाइ नेपाल भित्रयाउंदै गरेको भारी परिमाणमा गरगहना प्रहरीले पक्राउ गरेको छ। गए राति बीरगंज-१९ इनर्वा चौकीले ना.१च ७६७४ नंं.को मारुती भ्यानमा चेकजांच गर्दा मोटो पाउजु-५१ जोडी, पातलो पाउजु-४७३ जोडी, बाला-३२ जोर, पाउजुमा लगाउने छाडा-३ प्याकेट, झुम्का-४३ जोर, चांदीका सिक्का-७० पिस, लकेट सिक्री-४७ पिस, चांदीका तार-२ रोल, लकेटको टुप्पा-२२ पिस, बिछिया औठी-१ प्याकेट बरामद गरी चालक र मारुती भ्यानसमेत नियन्त्रणमा लिएको छ।

दुर्घटनामा दर्जनौं घाइते

वीरगंज, १८ असोज । विभिन्न स्थानमा दुर्घटना हुंदा दर्जनौं घाइते भएका छन्। आज बिहान धादिङको थाक्रे-९ स्थित पृथ्वी राजमार्गमा काठमाडौबाट चितवन तर्फआउ“दै गरेको ग.१ख ३०३५ नं.को बसले भारतबाट काठमाडौ तर्फजांदै गरेकोर् इन्डीयन बसलाई ठक्कर दिंदा एकजना यात्रु गम्भीर घाइते भएका छन् । घाइतेको नाम, थर खुल्न नसकेको प्रहरीले जनाएको छ। आज बिहान चितवनको कविलास-२ दासढुंगा नजिकै नारायणगढबाट काठमाडौ जान लागेको ना.३ख ११८० नं.को बस र पोखराबाट बीरगंज तर्फजा“दै गरेको ग.१ख २६९० नं.को बस एकआपसमा ठक्कर खा“दा २९ जना यात्रु र्घाईते भएका छन् । घाइतेहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने दुवै चालक फरार रहेको प्रहरीले जनाएको छ।

यातायात व्यवसायीद्वारा आन्दोलनको चेतावनी

काठमाडौं, १८ असोज । नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासंघ र स्वरोजगार यातायात व्यवसायी संघले आन्दोलनको चेतावनी दिएको छ। सरकारले तिन पांग्रे ग्याँस टेम्पो राजधानीबाट हटाउन गरेको निर्णय विरुद्ध उनीहरुले सरकारलाई सो चेतावनी दिएकाहुन्। जसअनुसार पहिलो चरणमा भोलि विहान ९ बजेदेखि काठमाण्डौंका प्रमुख स्थानमा शान्तिपुर्ण टेम्पो र्‍याली र २० गते यातायात व्यवस्था कार्यालय घेराउ गर्नेछन्। राजधानीमा पत्रकार सम्मेलन गर्दै सर्वोच्च महासंघका सभापती विष्णु सिवाकोटीले विना कारण, विना क्षतिपुर्ति, गैरकानुनी तवरले गरेको निर्णय फिर्ता लिन सरकारसंग माग गरेकाछन्। उनले भने अन्यथा व्यवसायी माथी परेका अन्यायका विरुद्ध सशक्त आन्दोलनको विकल्प छैन। कार्यक्रममा स्वरोजगार यातायात व्यवसायी संघका अध्यक्ष रामकुमार म्लोनले ग्याँस टेम्पो हर्टाई डिजेलबाट चल्ने सवारी साधनले प्रदुषण बढाउने र १४ सिट क्षमताको टेम्पो हटाएर १४-१६ सिट क्षमताको सवारी भित्राउने निर्णय अव्यवहारिक हुने वताए। मजदुर र व्यवसायीका नेताहरुले सरकारलाई निर्णय फिर्ता लिन दवावका कार्यक्रम गर्नु परेको बताउँदै व्यवसायीलाई मार्ने काम नगर्न सरकारला...

कोलकाता पोर्टको उदासिनताको कारण व्यापारीहरुलाई करोडौंको घाटा

वीरगंज, १८ असोज। कोलकाता पोर्ट ट्रष्टबाट नेपाली व्यापारीहरुलाई उपलब्ध हुने गरेको सेवाको गुणस्तरीयताको कमीको कारणले प्रत्येक वर्षकरोडौं रुपैयाँको घाटा हुने गरेको छ। सो पोर्टलाई विलम्ब शुल्क -डिटेन्शन शुल्क) एवं स्थान शुल्क -वारफेज शुल्क) को रुपमा बुझाउनुपर्ने भएकोले आयातित वस्तुको मोल अप्रत्याशित रुपले आकासिन पुग्ने गरेको छ। सो कोलकाता पोर्टमा रहेको लिफ्टर, स्टैकरहरु ज्यादै पुरानो भई जीर्ण अवस्थामा रहने गरेको कारण आवश्यक कागजातहरु समयमैं उक्त पोर्टका सम्बन्धित निकायमा प्रस्तुत गर्दा पनि निर्धारित समयभित्र सामान पास हुन नसक्दा नेपाली उद्यमी व्यवसायीहरुलाई नचाहिँदो रुपमा डिटेन्शन शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ। उक्त पोर्टको काम कारवाही तथा उद्यमी व्यवसायीहरुले आफ्नो दुःखेसो पटक-पटक भारत सरकारका सम्बन्धित निकायहरु एवं नेपालका सरकारी निकायहरुलाई अनुरोध गर्दै आउँदा पनि वर्तमान अवस्थामा आइपुग्दा सम्म कुनै सुधारोन्मुख कार्य भई उद्यमी व्यवसायीहरुलाई राहतको अनुभूति सम्म हुन नसकेको देखिन्छ। यस सम्बन्धमा स्थायी एवं ठोस निकासका लागि उद्यमी व्यवसायीहरुको नेपाल सरकारबाट भारतीय पक्षका सम्बद्ध नि...

गढीमाइ मन्दिरको भव्य तयारी

वीरगंज, १८ असोज । विश्वमा सबभन्दा बढी बली चढ्ने मन्दिरमा यसपालिको मेलामा धेरै श्रद्धालु भक्तजन आउने अनुमान गरिएको छ। मेलालाई आकर्षा बनाउन धमाधम काम भइरहेको स्थानीयवासीले जानकारी दिएका छन् । मेला सुरु हुनु अगावै दैनिक भक्तजनहरुको घुंइचो लाग्ने गरेको छ। हिजोआज पर्सर्ााबारा लगायत टाढा टाढाबाट भक्तजनहरु गढीमाइको दर्शन गर्न आइपुग्ने गरेका छन्। बाराको जीतपुर नजिकै रहेको अर्को गढीमाइ मन्दिरमा यही नवमीको दिन भव्य मेला लागेको थियो । बाराको बरियारपुर गाविसमा रहेको गढीमाइ मन्दिरबाट शोभा यात्रा निस्किएको थियो। यही मंसिरमा लाग्न गइरहेको सो मेलाको भव्य तयारीको क्रममा सो शोभायात्रा निकालिएको हो। क्ष्ँेत्र नं. २ का सभासद एवं एनेकपा माओवादीका नेता र मेलाका सदस्य शिवचन्द्रप्रसाद कुशवाहाका अनुसार अरू सालको तुलनामा यसपालिको मेलामा वैज्ञानिक ढंग अपनाइने, दर्शनार्थीहरू रहनको लागि बास स्थानको व्यवस्था बनाउने र मेलामा कुनै अप्रिय घटना घट्न नदिन मेला समिति, सशस्त्र प्रहरी, जनपद प्रहरी लगायत सबैले सुरक्ष्ँा दिने बताएका छन्। वीरगंज हु“दै सो शोभा यात्रा जीतपुर, सिमरा, कलैया पुगेर नगर परिक्रमा पश्चात भवानीपुर ह...