Skip to main content

Posts

निशुल्क योग शिविर प्रारम्भ

वीरगंज, १९ असोज । एक हप्ते निशुल्क योग शिविर आजदेखि सुरु भएको छ। पतञ्जलि योग समिति वीरगंज र अरुणोदय महिला क्लब वीरगंजको संयुक्त आयोजनामा २५ गतेसम्म संचालन हुने सो शिविरमा योग अभ्यासका साथै विभिन्न रोगको निदानको उपचारको उपायहरु सिकाइदैछ। - तस्बिर- उत्तम खड्गी

निवृत्त शिक्षकहरुको सम्मान

वीरगंज, १९ असोज । नेपाल शिक्ष्ँक युनियन पर्साले अन्तर्रर्ााट्रय शिक्ष्ँा दिवसको अवसरमा रक्तदान तथा निवृत्त शिक्ष्ँकहरुको सम्मान गरेको छ। आज वीरगंजस्थित त्रिजुद्ध माध्यमिक विद्यालयमा आयोजित सम्मान कार्यक्रममा निवृत्त २१ जना शिक्ष्ँकहरुको सम्मान गरिएको थियो। सोही अवसरमा रक्तदान कार्यक्रम पनि सम्पन्न भएको थियो। - तस्बिर- प्रणय कुमार

भन्सार क्षेत्रमा अनियमित रकम असुली

वीरगंज, १९ असोज। कुनै कर उठाउने अधिकार राज्य सत्ताको हुन्छ तर विभिन्न समूहहरुको नाममा बिना स्वीकृति मनोमानी तरिकाले चन्दा उठाउने काम शुरु भएको देख्दा आम जनतालाई राज्य सत्ता कमजोर भएको भान हुन्छ। जनयुद्ध कालमा विभिन्न समूहहरुबाट सिकाइएको बाटोको सिको गर्दै बाटो-बाटोमा चन्दाको नाममा बलजफ्ती रकम असुली गर्ने काम शुरु गरेको देखिन्छ। यता केही महिनादेखि नेपाल प्रवेश गर्ने गाडीहरुबाट नेपाल तर्राई सवारी चालक संघको नाउँबाट दिनहुँ प्रतिगाडी रु.२०।- बीसका दरले गैरकानूनी तरिकाबाट रकम असुल्ने गरेको कुरा पीडितहरुबाट जानकारी हुन आएको छ। दर्ता नै नभएको संघ संस्थाले राज्य संस्थाको नीति नियम विपरीत कर असुली गरेकोमा सम्बन्धित कार्यालयले चासो नलिनु आफैंमा रहस्यमय बन्दै गएको छ। वीरगंज भन्सार क्षेत्रमा गाडी रोकी धाँधलीपर्ूण्ा तरिकाबाट रकम असुल्ने कार्यबाट सवारी धनीहरुसँग अनावश्यक खिचलो हुने गरेको र सवारीको चापले दैनिक आवत जावत गर्ने पैदल यात्री, साइकिल यात्री, मोटरसाइकिल, टाँगा एवं ठूला सवारीहरुको घुइँचो लाग्न गई लामो समयसम्म सडक जाम हुने गरेको छ। यसबाट नेपाली नागरिक मात्र नभई विदेशी पर्यटक समेत ...

कर्मचारी कुटपिटको विरोधमा बन्द

सर्लाही, १९ असोज । जिल्ला शिक्ष्ँा कार्यालय सर्लाहीका दुइ कर्मचारी कुटिएको विरोधमा आज जिल्लाको अधिकांश कार्यालय बन्द भएको छ। गत असोज १० लेखापाल शिव शंकर प्रसाद कुशवाह र शाखा अधिकृत नुलहक मिकरानीलाई मधेशी जनअधिकार फोरमका जिल्ला अध्यक्ष अशोक राय यादवले शिक्षक राहत कोटाको बिषयलाई लिएर कुटपिट गरेपछि घटनाको विरोधमा जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला सरकारी वकील कार्यालयबाहेक सम्पूर्ण कार्यालयहरु बन्द रहेको प्रहरीले जनाएको छ।

डेटोनेटर बल्ल डिस्पोज भयो

धनुषा, १९ असोज । जनकपुर नगरपालिकाका कार्यकारी अधिकृतको निवास नजिकै गए राति देखि राखिएको बम प्रहरीले आज विहान डिस्पोज गरेको छ। जनकपुर-९ ब्रहपुरी स्थित अधिकृतको घरको गेट नजिकै प्लाष्टिकको झोलामा राखिएको डेटोनेटर बम आज बिहान प्रहरीले डिस्पोज गरेको हो।

अपहरणकारीको चंगुलबाट मुक्त हुन सफल

सर्लाही, १९ असोज । अज्ञात अपहरणकारीले दुइजनाको अपहरण गरेपछि अपहरित दुवै भाग्न सफल भएको छ। आज बिहान नारायणपुर-४ गाउंमा अपहरणकारीको कब्जामा रहेका रामबन-३ बस्ने २८ वर्षीय राम किशोर महत्तो र बर्ष ३५ को चन्द्र किशोर महत्तो भागेर नारायणपुर प्रहरी चौकीको सर्म्पर्कमा आएका हुन्। गए राति गम्हारीया, चमेलीमाईपुल नजिकको नहरमा ज.२प ८७९५ नं.को मोटरसाइकलमा सवार दुइ अपरिचित व्यक्तिहरुले उनीहरुलाई अपहरण गरेका हुन्।

गांजा बरामद, गांजा तस्करको पत्तो छैन

वीरगंज, १९ असोज । प्रहरी चौकी बुढागाइबाट गस्ती गर्दै जांदा बेवारिसे अवस्थामा २ पोका गांजा प्रहरीले आज बिहान फेला परेको छ। गए राति ९ः४८ बजे सो ४० के.जी. गांजा फेला परेको प्राप्त जानकारीमा उल्लेख छ।