Skip to main content

Posts

वीरगंज महोत्सव शुक्रवारदेखि

वीरगंज, २२ असोज। वीरगंज उद्योग वाणिज्य संघको तत्वाधानमार् इद, बडा दशैं, दीपावली तथा छठ सम्मको अवधिलाई समेटी वीरगंज महोत्सव - २०६६ को कार्यक्रमहरु आयोजना गर्ने क्रममा सो महोत्सवको प्रथम चरणको कार्यक्रम विजया दशमी अवधिमा सफलतापर्ूवक सम्पन्न भई त्यसैको दोस्रो चरणका कार्यक्रमहरु मिति असोज २३ गते शुक्रवारदेखि संचालन हुँदैछ। उक्त कार्यक्रममा विभिन्न तयारी खाद्यान्न परिकार, विभिन्न वस्तुहरुको स्टल तथा साँस्कृतिक कार्यक्रम हुनेछ। सो कार्यक्रम २८ गते बुधवार सम्म संचालन हुनेछ। उक्त महोत्सवको मुख्य लक्ष्य भनेको स्थानीय ग्राहकलाई स्थानीय बजारमैं किनमेल गर्ने प्रति अभ्रि्रेरित गर्नु रहेको छ। सो महोत्सवको नारा "हाम्रो वीरगंज - हाम्रो गौरव", "नेपाली उद्योग नेपाली उत्पादनको संरक्षण गरौं" र "स्थानीय बजारमा किनमेल गरौं - स्थानीय बजारको पर््रबर्द्धन गरौं" भन्ने रहेको छ। वीरगंजमैं पहिलो पल्ट आयोजना हुन गइरहेको उक्त खाना पर््रदर्शनीमा खाद्यान्न परिकारको पर््रदर्शनी तथा बिक्री वितरणका साथै विभिन्न वस्तुको स्टल तथा साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ। चा...

दुर्घटना, राजमार्ग अवरुद्ध

वीरगंज, २२ असोज । चितवनको दारेचोक-४ मुग्लिन नारायणगढ सडकखण्डको कालीखोला भन्ने स्थानमा आज बिहान ना.३ख ३७४७ नं.को बसले विपरीत दिशातर्फाट आइरहेको लु.१च २९०५ नं.को कारलाई ठक्कर दिंदा ५ जना र्घाईते भएका छन्। घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। आज बिहान रत्ननगर-८ भानुचोकमा नजिकै लोकल बसका चालक, खंलासीहरुले गरेको चक्काजाम मध्यान्ह साढे बाह्रबजेदेखि सुचारु भएको छ । गत असोज २० गते भ.न.पा.-१० पारस बसपार्कमा बा.१ख ११ नं.को लोकल माईक्रो बसको ख“लासीलाई यात्रुहरुले भाडाको बिषयलाई लिएर कुटपिट गरेपछि यातायात व्यवसायीहरुले कुटपिट गर्नेहरुउपर कारबाहीको मांग गर्दै सो चक्काजाम गरेका हुन् । यसैगरी अविरल बर्षाको कारण आज बिहान रसुवाको राम्चे-३ मूलखर्क भन्ने स्थानमा पहिरो खसेपछि अवरुद्ध रहेको पासाङ ल्यामु राजमार्ग मध्यान्ह १२ः३५ बजे देखि यातायात सुचारु भएको छ। धादिङको जोगीमारा-१ जवाङखोला स्थित पृथ्वी राजमार्गमा पहिरोका कारण अवरुद्ध भएपछि बिहान ८ः३५ बजेदेखि यातायात सुचारु भएको छ। चितवनको कविलास-८ नारायणगढ मुग्लिङ सडकखण्डको सिमालताल भन्ने स्थानमा अविरल बषर्ाको कारण अवरुद्ध रहेको राजमार्ग बिह...

होण्डा साइन शोरूमको गैरजिम्मेवारीपन

वीरगंज, २२ असोज। वीरगंज उपमहानगरपालिका वडा नं. ६ निवासी कवियत्रि शान्ति चौधरी थारूलाई छिमेकी प्रदीप चौरसिया लगायतले ज्यान मार्ने धम्की दिएकोले निजहरू उपर कानूनी कारबाहीको लागि स्थानीय प्रहरी, प्रशासनमा उजुरी परेको जानकारी हुन आएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको केरकार शाखाले ज्यान मार्ने धम्की दिने वीउमनपा-६ निवासी प्रदीप चौरसिया, अनिल चौधरी, जवाहिर चौधरी, सुरनिया देवी, हिरालाल चौधरीलाई उपस्थिति गराइ दिनका लागि वारेण्ट पत्र वडा प्रहरी कार्यालय बिर्तामार्फ जारी गरेको छ। भारतीय आप्रवासी प्रदीप चौरसियाले झुकाइ नेपाली नागरिकता प्रमाणपत्र लिइ घर घडेरी खरिद गरी छिमेकी शान्ति चौधरीको जग्गा समेत मिच्ने काम गरेपछि शान्ति चौधरीले गैर नागरिक उपर कारबाहीको मांग सम्बन्धित निकायमा गरेपछि हुलहुज्जत गरी ज्यान मार्ने धम्की समेत प्रदीप चौरसियाले लगायतले गरेका थिए। जिल्ला प्रहरी कार्यालय पर्साका इन्स्पेक्टर विमल शर्माकै अगाडि प्रदीप चौरसियाले शान्ति चौधरीलाई ज्यान मार्ने धम्की दिएको तर उजुरी परेको तीन दिनसम्म ज्यान मार्ने धम्की दिने अभियुक्तहरूलाई प्रहरीले गिरफ्तार गर्न सकेको छैन।

कवियत्री शान्ति चौधरीलाई ज्यान मार्ने धम्की

अर्थमन्त्रीको निर्देशन र समस्या समाधान समितिको कुनै औचित्य रहेन

वीरगंज, २2 असोज। स्वेच्छिक अवकाश नलिएका कामदार, कर्मचारीहरू वीरगंज चिनी कारखाना लि.का १९४ जना र कृषि औजार कारखानाका ७० जनाको समस्या समाधान गर्न बनेको समितिले आजसम्म एउटा पनि बैठक गर्न सकेको छैन। आगामी कात्तिक १३ गते सो समितिको म्याद समाप्त हु“दैछ । र् अर्थमन्त्री सुरेन्द्र पाण्डेको निर्देशनमा समस्या समाधान गर्न गठित सो समितिमा अर्थमन्त्रालय कानून शाखाका प्रमुख भेषराज शर्मा, संस्थान समन्वय महाशाखा प्रमुख तेजराज शाक्य, उद्योग मन्त्रालयका सहसचिव महेन्द्र श्रेष्ठ कोलेनिका पर्साका प्रमुख चन्द्रिका प्रसाद चौरसिया, स्वेच्छिक अवकाशमा सहभागी नभएका वीरगंज चिनी कारखाना र कृषि औजार कारखानाका २/२ जना कर्मचारी मजदूर छन्। समस्या समाधान गर्न गठित समिति ४० दिन बितिसक्दा समेत बैठक बोलाएर कुनै छलफल नगर्नुले वर्तमान माधव नेपालको नेतृत्वको गठबन्धन सरकारको भनाइ र गराइमा कति अन्तर छ, प्रशासनिक ढिलासुस्तीको अवस्था कस्तो छ र्छल· हुन्छ। स्वेच्छिक अवकाश नलिएका वीचिकालि र कृषि औजार कारखानाका मजदूर कर्मचारीहरूले सात वर्षो अद्यावधिक तलब, भुक्तानी, उचित क्षतिपर्ूर्ति, सदाको लागि सेवाको टुंगो लगाउनुपर्ने, बुटवल धा...

अपहरणकारी जेल चलान

वीरगंज, २२ असोज। अपहरणको आरोपमा चारजना जेल चलान भएका छन्। जिल्ला अदालत पर्साले बगहीका धमेन्द्र सहनी, हरेन्द्र सहनी, मनोज सहनी, अम्बिका सहनीलाई पर्ूपक्षको लागि जेल चलान गरेको छ। वीरगंज उपमहानगरपालिका वडा नं. १३ रानीघाटस्थित रहेको गोपाल साह र्सराफको छोरा राहुल र्सराफको अपहरणमा संलग्न रहेको आशंकामा उनीहरुलाई पक्राउ गरि जेल चलान गरिएको हो।

नेपाल-चीन मैत्री समाज पर्सा गठन

वीरगंज, २२ असोज । नेपाल-चीन मैत्री समाज, पर्साको केन्द्रीय तदर्थ समिति गठन भएको छ। आज होटल सम्झनामा सम्पन्न एक भेलाले समाजको अध्यक्षमा माधव सिलवाल, उपाध्यक्ष श्रीमती उषा शाह, सचिव सर्ुदर्शन राज पाण्डे, सहसचिव किरणराज पाण्डे, कोषाध्यक्ष भद्रनाथ अधिकारी रहेका छन् भने सदस्यहरुमा महेश चन्द्र गौतम, राजेन्द्रप्रसाद कोइराला, सरोज खडका, कन्हैया गुप्ता, वीरेन्द्र भट्टराइ, मुकेश बस्नेत, विश्वेश्वर पटेल, मुरारीराज कर्माचार्य, रितबहादुर खाती लगायत १५ सदस्यीय समिति चयन भएको छ भने सल्लाहकारमा पशुपति विक्रम शाह, शान्ति कार्की लगायत रहेका छन्।