Skip to main content

Posts

दीपावलीको रौनक वीरगंजमा बढ्यो

वीरगंज, ३० असोज । आजबाट हिन्दूहरूको दशैपछिको दोश्रो ठूलो चाड तिहार अर्थात यमपञ्चक सुरू भएको छ तिथिका कारण्ँ काग पूजा आज परेको छ । दीपावलीको रौनक वीरगंजमा व्यापक रुपमा देखिएको छ । माइस्थानमा मेलाकै रुपमा सजावटका सामानहरु सडक, पेटीमा बेच्न राखिएको छ । यसबाट बाटोमा हिड्ने बटुवा, सवारीसाधनलाइ ठूलो मर्का परेको छ। ट्राफिक प्रहरीलाई पनि सडक सुचारु गराउन हम्मे हम्मे परेको छ। असोज ३० गते शुक्रबारका दिन -१८ घडी ५६ पलासम्म) कात्तिक कृष्ण्ँ त्रयोदशी र ३१ गते शनिबारका दिन १४ घडी ५९ पलासम्म कात्तिक कृष्ण्ँ चतर्ुदशी रहेको र उदयकालमा गर्नुपर्ने कागपूजा र कुकुर पूजा पनि क्रमशः शुक्रबार र शनिबारका दिन बिहान गर्नुपर्नेछ । शानिबार दिउ"सो १२ः०५ बजे १४ घडी ५९ पलासम्म चतर्ुदशी रहने त्यसपछि पुरै औंशी रहने र प्रदोष एवम् मध्यरात्रि दुवै काल औंशीले पाएकाले सोही रात लक्ष्मीपूजा गर्नु शास्त्रसम्मत् भएको पनि उल्लेख गरिएको छ । कात्तिक १ गते आइतबार -१० ः४५देखि प्रतिपदा लाग्ने) का दिन गाईपूजा, सोही दिन अपरान्ह म्हपूजा कात्तिक २ गते -विहान १०ः१० सम्म प्रतिपदा रहने) गोबर्धन पूजा गर्नुपर्ने पनि उल्लेख गरिएको छ ।...

लक्ष्मीप्रसाद देवकोटाको सत्वाषिर्कीको अवसरमा विभिन्न कार्यक्रम

वीरगंज, ३० असोज । महाकवि लक्ष्मीप्रसाद देवकोटाको सत्वार्षिकी कार्यक्रम अर्न्तर्गत कविता वाचन तथा चित्रकला प्रतियोगिता सम्पन्न भयो। आज वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न सो कार्यक्रमको संयोजक लक्ष्मी साहित्य समाज वीरगंजका संयोजक महेशचन्द्र गौतमले गरेका थिए ।कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुबोध घिमिरे रहेका थिए। कार्यक्रममा कवि विनोद तिमलसिना, गोपाल अश्क, सतिशचन्द्र सजल, इशहाक हुसेन ँनिशान’, लक्ष्मी शाक्य लगायतले कविता वाचन गरेका थिए। यसैगरी सोही कार्यक्रम अर्न्तर्गत रहेको बाल चित्रकला प्रतियोगितामा मनकामना माध्यमिक विद्यालयका मनिष मानन्धरले प्रथम स्थान ओगट्न सफल भएका छन् भने सोही विद्यालयका रोहित सिंहले द्वितीय, सि ब्राइट प\mयुचर स्कूल माइस्थानकी निशा मुरारकाले तृतीय र सान्त्वना पुरस्कार सोही स्कूलका पायलले हात पारेकी छन्।

अहिलेको सरकार अपांग हो- भटराइ

सिमरा, ३० असोज । ए नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भटराइले अहिले सरकार अपांग भएको आरोप लगाएका छन्। आज बिहान बाराको सिमरा विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै उनले अपांग सरकार धेरै दिन नटिक्ने दाबी गरे। उनले सुजाता कोइरालाको बढुवा गर्दैमा सरकार नटिक्ने बताउंदै भने यो सरकार धेरै दिन टिक्दैन म ठोकुवा गर्छर्ुुउनले राष्ट्रिय सहमतिको सरकार बन्नुपर्नेमा जोड दिए।

गाडीको ठक्करबाट युवकको मृत्यु

वीरगंज, ३० असोज । नम्बर खुल्न नसकेको गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ। आज बिहान बाराको धन्सार पुल नजिकै एक युवकको शव भेटिएको हो। मृतकको पहिचान हुन नसकेको निजगढ प्रहरीले जनाएको छ। उनको राति नै दुर्घटनामा परी मृत्यु भएको प्राप्त जानकारीमा उल्लेख छ।

प्रधानमन्त्रीलाई कालोझन्डा देखाउने क्रममा झडप, १० जना पक्राउ

वीरगंज, ३० असोज । गृहजिल्ला रौतहट आइपुगेका प्रधानमन्त्री माधवकुमार नेपाललाई एकीकृत नेकपा माओवादीका कायृकर्ताले आज बिहान कालो झण्डा देखाउने क्रममा प्रहरीसित झडप भएको समाचार प्राप्त भएको छ। तिहारको अवसरमा शुभकामना आदानप्रदान गर्न पुगेका प्रधानमन्त्री नेपाललाइ आज बिहान रौतहटको बीपी चोक नजिकै माओवादीका जिल्ला इन्चार्ज अशोक जैसवाल लगायतले कालो झन्डा देखाउने क्रममा प्रहरीले जैसवालसहित १० जनालाइ पक्राउ गरेको छ। झडपमा प्रहरी निरीक्षक चन्द्रबहादुर तामाङ पनि घाइते भएका छन् भने केही माओवादी कार्यकर्ता पनि घाइते भएका छन्। अहिले प्रधानमन्त्रीको सुरक्ष्ँाको लागि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

शुभकामना कार्यक्रम सम्पन्न, महिला मुद्दाको चुनौती, छठ पूजा सुरक्ष्ँा उपसमिति गठन

वीरगंज, २९ असोज । किंग इंगलिस ल्याङवेज तथा कम्प्युटर टे्रनिङ सेन्टरले आज दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। टे्रनिङ सेन्टरमा आयोजित एक कार्यक्रमबीच विद्यार्थी र सेन्टरका एमडी गणेश ठकुरीले कार्यक्रममा शुभकामना मन्तव्य प्रकट गरेका थिए। महिला मुद्दाको चुनौती वीरगंज, २९ असोज । महिला मानव अधिकार रक्ष्ँकद्वारा महिला मुद्दाको चुनौतीको विषयमा एक दिने समन्वय बैठक दिव्य युवा क्लब पर्सामा आज सम्पन्न भयो। कार्यक्रममा महिलाहरुमाथि हुने दमन, घटना जस्ता कुराका बारेमा छलफल गरिएको थियो। छठ पूजा सुरक्ष्ँा उपसमिति गठन वीरगंज, २९ असोज । छठ पूजा व्यवस्थापन समिति प्रचार प्रसार उपसमिति घडीअर्वा पोखरी वीरगंजको आज सम्पन्न एक बैठकले दीलिप साह कानूको संयोजकत्वमा १०१ सदस्यीय सुरक्ष्ँा उपसमिति गठन गरिएको छ।

भोलि भव्य काग सम्मेलन

काठमाडौं, असोज २९। नारायणहिटी संग्राहालयमा भव्य काग सम्मेलन हुनेभएको छ। विश्वका एक सय ७५ चराको आवाज निकाल्ने सक्ने विश्वकिर्तिमानधारी चरी दादा गौतम सापकोटाले सम्मेलन गर्ने जानकारी गराएका हुन्। आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सापकोटाले अपरान्ह ४ बजे नारायणहिटी संग्राहलयमा काग सम्मेलन गर्ने बताए। उनले भने,'अहिलेसम्मकै सबैभन्दा ठूलो काग सम्मेलन गर्दैछु।' सम्मेलनका लागि सरकारले स्वीकृती दिइसकेको छ। प्रत्येक वर्षकाग तिहारका दिन सम्मेलन गर्दै आएका उनले यसपटक अविष्मरणीय हुने बताए। काग सम्मेलनलाई देश विदेशबाट चासोका साथ प्रतिक्षा गरिएको छ। सम्मेलनको प्रमुख आयोजक एकान्तकुना युथ क्लब रहेको छ। सम्मेलनमा नेपाल पंक्षी संरक्षण संघ, रक्षा नेपाल, गोदावरी अल्मुनाइ एशोशिएसन, अलोहा इन, नेपाल बाल संगठन, एसबिआइ बैंक पाटन शाखा, रक्षाश्री वचत तथा ऋण, एड कोर्स, स्टेट बैंक अफ इण्डिया पाटन शाखा, हायर ब्राउन क्याफेलगायत प्रायोजक बनेका छन्। सम्मेलनप्रति चासो देखाउदै दर्जनौं संघसंस्था प्रायोजक बनेका हुन्।