Skip to main content

Posts

आन्दोलनमा उत्रेका मेडिकल क्लेजका कर्मचारी र क्लेजका ब्यवस्थापन बीच श्रम मन्त्रालयमा बार्ता

-प्रणय कुमार बीरगंज ११ कार्त्तिक। लामो समय देखि आन्दोलनमा उत्रेका नेशनल मेडिकल क्लेजका कर्मचारीहरु र क्लेजका ब्यवस्थापन बीच आज श्रम मन्त्रालयमा बार्ता भईरहेको छ। बार्ताका लागि नेशनल मेडिकल क्लेजका ब्यवस्थापन तर्फाट बितिय निर्देशक योगेन्द्र यादवले नेतृत्व गर्नु भएको छ। यसै गरि कार्मचारी युनियनको तर्फाट संजिव यादवको नेतृत्वमा रमेश भट्टर्राई, सरिता अधिकारी, राजेन्द्र भट्टर्राई, सुभ नारायण दास सहभागि हुनु हुन्छ। बार्तामा मधेश कर्ताको रुपमा क्लेज ब्यवस्थापनका प्रमुख श्रम बिभागका महा निर्देशक, श्रम बिभागका कर्मचारीहरुको पनि सहभागिता रहेको छ। साथै सहज कर्ताको रुपमा अखिल नेपाल ट्रड युनियन महासंघका महासचिव गणेश रेग्मी, उपाध्यक्ष मिन प्रसाद चापागाई, पर्सा जिल्ला संयोजक हरि प्रसाद मण्डल, जिफण्टका हरि प्रसाद जोसी, आन्नद थामी, ट्रड युनियन कांगेस बाराका अध्यक्ष पुलिस यादव, नेशनल मेडिकल क्लेजका क्लेजका वयवस्थापनले निशकासीत गरिएको तीन जान कर्मचारीको पुनरबहाली, बिगतमा भएका सहमति कार्यन्वयनको माग गर्दै अखिल नेपाल स्वासथ्य श्रमिक संघको आहवानमा कलेजका स्वासथय कर्मीहरुले गत श्रावण १६ गते देखि आन्दोलन गर्दै...

दुव्यवहार गरेको बिरोधमा कयामपसहरुको पठन पाठनहरु ठप्प

बीरगंज ११ कार्त्तिक। एकिकृत नेपाल कम्युनिष्ट पार्टर्ीीाओवादीका कार्यकर्ताहरुले हिजो तरुण दलको स्थापना दिवस मनाउन चितवन पुगेका कांग्रेसका बरिष्ट नेता एवम पर्ूव प्रधानमन्त्री शेर बहादुर देउवा लगायतका सभासदहरु संग दुव्यवहार गरेको बिरोधमा नेबिसघका कार्यकार्ताहरुले आज बीरगंमा पर््रदशन गरि कयामपसहरुको पठन पाठनहरु ठप्प बनाएका छन। नेपाल बिधार्थी संघ र स्वतन्त्र बिधार्थी युनियनको आहवानमा बिधार्थीहरुले आज दिउँसो ठाकुराम बहुमुखि क्यामपसबाट निकालीएको जुलुस नगर पर्रि्रमा गरेको थियो। नगर पर्रि्रमा पशचात माईस्थानमा आयोजित कोण सभालाई नेपाल बिधार्थी संघका नबिन सिंह र स्वतन्त्र बिधार्थी युनियनका सभापति मुकेस दुवेदीले संबोधन गर्नुभएका थिए। बिधार्थीहरुले माईस्थान चौकमा आधा घण्टा चक्का जाम समेत गरेका थिए।

ग्यांस सिलिण्डर पडकिएर महिला गम्भीर, आत्महत्याको प्रयास

वीरगंज, ११ कार्तिक । खाना पकाउने क्रममा ग्यांस सिलिण्डर पडकिएर एक महिला गम्भीर घाइते भएकी छन्। गए राति १० बजे वीरगंज उपमहानगरपालिका वडा नं. ३ निवासी जैकी खड्काको पत्नी २० वर्षीया सुस्मीता खड्काले खाना पकाउने क्रममा अचानक ग्यास सिलिण्डर पडकिदा गम्भीर घाइते भएकी हुन्। उनको नाउक्षे अस्पताल वीरगंजमा उपचार भइरहेको छ । यसैगरी गए राति पर्साको डोकैला-४ बस्ने शम्भु प्रसाद यादवको छोरा २० वर्षीय बिसुन प्रसाद यादवले नाम नखुलेको बिषादी सेवन गरेपछि सिकिस्त भएका छन्। उनको भारतको डंकन अस्पतालमा उपचार भइरहेको छ।

माइक्रोबस पल्टिदा चारजना घाइते

मकवानपुर, ११ कार्तिक । त्रिभुवन राजपथको नामटार-३ चिलगैरी नजिकै आज बिहान सिराहाबाट काठमाण्डौ तर्फजांदै गरेको ना.१ज २५३९ नं.को माईक्रोबस आफै पल्टिदा ४ जना र्घाईते भएका छन्। घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको छ।

माओवादी र वाइसिएलद्वारा मकवानपुर र महोत्तरीमा सडक अवरुद्ध

हेटौडा, ११ कार्तिक । माओवादी सरकारको पालामा नियुक्ति भएको शान्ति सचिवलाई वर्तमान सरकारले खारेज गर्न लागेको बिरोधमा वाइसिएलले विरोध पर््रदर्शन गर्दै क्षेत्रीय प्रशासन कार्यालयको गेटमा धर्ना दिएका छन्। आज बिहान माओवादीको भातृ संगठन वाइसिएलका जिल्ला अध्यक्ष बालकृष्ण चौलगाईको नेतृत्वमा ५०/६० जनाले विरोध पर््रदर्शन गर्दै धर्ना दिएका हुन्। यसैगरी एकिकृत ने.क.पा.माओवादी, त.म.लो.पा.र सदभावनाद्धारा श्रीप्रसाद उ.मा.वि.औरही महोत्तरीमा बिद्यालय व्यवस्थापन समितिको बिषयलाई लिएर आज बिहान गौशाला-बर्दिवास सडक खण्ड अवरोध गरेका छन्।

माछाको विषयमा झडप, ८ राउन्ड गोली प्रहार

बारा, ११ कार्तिक । माछा पोखरीमा माछा मार्ने विषयमा ठेकेदार र स्थानीयवासीबीच झडप हुंदा तीन प्रहरी घाइते भएका छन्। आज बिहान कचोर्वा-९ स्थित झरोखर पोखरीमा माछा मार्ने बिषयमा दुवै पक्षबीच झडप भएपछि प्रहरीले नियन्त्रणमा लिन ८ राउण्ड हवाइ फायर गरेको थियो। झडपमा प्रहरी निरीक्ष्ँक कमलेश कुमार भट्ट लगायत दुइ प्रहरी घाइते भएका छन्। घाइते प्रहरीको स्थानीय हेल्थपोष्टमा उपचार भइरहेको छ।

प्ररायूको मांग

बारा, ११ कातिक। नेकपा एमाले निकट प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटि बाराले बीरगंज - पथलैया त्रिभुवन राजमार्ग अर्न्तगत बाराको जितपुरमा हिजो भएको सडक दर्ुघटनामा परी असामयिक निधन भएका परिवारलाई उचित क्षतिपर्ुर्ति दिनुका साथै दोषीलाई कानुनी कारवाही गर्न नेपाल सरकारसंग माग गरेको छ। प्ररायु संघ नेपाल जिल्ला कमिटि बाराका सदस्य एवं प्रचार प्रसार बिभाग प्रमुख सुभाषप्रसाद साहद्वारा आज जारी एक प्रेस बिज्ञप्तिमा यस्तो माग गरिएको हो। संघका जिल्ला कमिटि सदस्य एवं युवा परिचालन बिभागका प्रमुख तारकेश्वर साहका कान्छा भाई दिलिप सराफ र जितपुर-३ निवासी बिनोद साहको दर्ुघटनामा परी असामयिक निधन भएकोमा संघ दुखित भएको छ साथै मृत्यकको चिर शान्तिको कामना गर्दै शोक सन्तृप्त परिवार प्रति हार्दिक समबेदना प्रकट गर्दै यस दुःखद घडीमा शोकलाई शक्तिमा परिणत गर्नर् इश्वरले शक्ति प्रदान गरुन भनि कामना गरिएको बिज्ञप्तिमार्फ जनाईएको छ। साथै सोहि दर्ुघटना परी गम्भिर र्घाईते भई उपचारको क्रममा रहेका रबिमहत क्षेत्रीको श्रि्र स्वास्थ्य लाभको कामना गरिएको छ।