Skip to main content

Posts

आन्दोलनको एक सय दिनमा चियापान कार्यक्रम

वीरगंज, २३ कार्तिक । नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजका आन्दोलनरत कर्मचारीले विभिन्न ३ सूत्रीय मांग राखी आन्दोलन गर्दै आएकोमा आज एक सय दिन पुगेको अवसरमा चियापान कार्यक्रम गरेको छ। आज बिहान एवं अखिल नेपाल स्वास्थ्य श्रमिक संघ इकाइ नेशनल मेडिकल कलेजमा आबद्ध आन्दोलन कर्मचारीले अस्पतालको मूलगेटमा चियापान कार्यक्रमको आयोजना गरेको हो। उनीहरुले निष्काशित कर्मचारीहरुलाई निर्सत पूर्ण बहाली, माघ २४ गते भएको सहमति लागू र शान्ति सुरक्ष्ँाको ग्यारेण्टीको मांग गर्दै आन्दोलनमा उत्रिएका हुन्। तस्बिर- जीवनलाल श्रेष्ठ

गैडाको आक्रमणबाट दुइ घाइते

वीरगंज, २३ कार्तिक । जंगली गैडाको आक्रमणबाट खेतमा जांदै गरेको दुइ र्सवसाधारण घाइते भएका छन्। आज बिहान ५ बजे पर्साको उदयपुर घुर्मी-९ नजिकै गैडाको आक्रमणमा परी दशौली टोल बस्ने कलौटी देवी तत्मा र जंग बहादुर तत्मा घाइते भएका हुन्। घाइते दुवैको ना.उ.क्षे.अस्पताल, वीरगंजमा उपचार भइरहेको छ।

मोटरसाइकलको ठक्करबाट वृद्धा घाइते

वीरगंज, २३ कार्तिक । मोटरसाइकलको ठक्करबाट एक वृद्धा घाइते भएकी छन्। आज बिहान पौने ६ बजे वीरगंजको वडा नं. १७ गण्डक चोक नजिकै ना.३ प ९८०६ नं.को मोटरसाइकलको ठक्करबाट वीरगंज- १७ बस्ने ५० वर्षीया अफरीजा खातुन घाइते भएकी हुन्। उनको नाउक्षे अस्पताल वीरगंजमा उपचार भइरहेको छ भने ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्राप्त जानकारीमा उल्लेख छ।

वीरगंज-परवानीपुर सडकखण्डमा शव जुलुस

वीरगंज २२ कार्तिक । बम विस्फोटमा मृत्यु भएकाको परिवारजनले क्षतिपुर्तिको मांग गर्दै वीरगंज-परवानीपुर सडकखण्ड अवरुद्ध भएको छ। आज बिहान मृतकका आफन्तजनले सो सडकखण्डमा मृतकको शव राखेर क्षतिपूर्तिको मांग गर्दै सडकखण्ड अवरुद्ध गरेका हुन्। गत कार्तिक १९ गते बम विस्फोटमा परी घाइते भएका पर्सा जिल्ला लिपनीविर्ता-५ बस्ने दरोगा महतोको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो। पर्साको परवानीपुरस्थित राजहंश घ्यू उद्योगको पश्चिमपट्ट िखेतमा धान काट्न गएको पा“चजना कृषकहरू अज्ञात समूहले छाडेको बम विस्फोट हुंदा गम्भीर घाइते भएका थिए । बम विस्फोटमा दुखनी देवी, फुलेना महतो, रमलवानी खातुन, रामचन्द्र महतो घाइते भएका छन् । घाइते सबैको काठमाडौंमा उपचार भइरहेको छ।

महिला हिंसा अन्त्य गर्न मेची-महाकाली यात्रा

वीरगंज, २२ कार्तिक । महिला विरुद्धको हिंसाहरु अन्त्य गर्ने अभियान मेची-महाकाली यात्रामा हिडेका छन्। आज वीरगंजमा हामी सक्छौं नामक संस्थाले एक रयाली प्रदर्शन गरेका छन्। अभियानका मुख्य सन्देशहरुमा महिला विरुद्ध हुने हिंसा कुनै पनि अवस्था र परिस्थितिमा स्वीकार्य हुने छैन, यही विरुद्ध हुने हिंसाको अन्त्य गर्नु प्रत्येक व्यक्तिको जिम्मेवारी र कर्तव्य पनि हो। हिंसामुक्त घर निर्माण गर्नु चुनौतीपर्ूण्ा छ तर यो संभव र आवश्यक छ । महिला र पुरुष बराबर रुपमा सक्ष्ँम छन् र समान इज्जतको भागिदार हुन । हाम्रो रितीरिवाज र चालचलन हामी आफैले बनाएको हो यसलाई परिवर्तन हामी आफैले गर्न सक्छौं भनि वितरित पर्चामा उल्लेख छ।

अनमिन प्रमुखसंग स्पष्टिकरण लिइनेछ( शान्तिमन्त्री चेम्जोङ

काठमाडौं, २२ कार्तिक । शान्ति तथा पुननिर्माणमन्त्री रकम चेम्जोङले संयुक्तराष्ट्रसंघको सुरक्षापरिषदमा दिएको प्रतिवेदनबारे अनमिन प्रमुख करिन लिनग्रानसंग स्पष्टिकरण लिइने बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै शान्ति प्रक्रियामा कुनै एक पक्षबाट प्रभावित भएर प्रतिवेदन बुझाएको भन्दै त्यसबारे सवाल उठाउने बताएका हुन्। 'अनमिनले शान्ति प्रक्रियामा विभेदकारी ढंगले प्रतिवेदन बुझाएको छ ,' मन्त्री चेम्जोङले भने, 'अनमिन प्रमुख आएपछि भेटेर त्यसबारे कुरा उठाइनेछ।' अनमिनले आफ्नो दायरा नाघेर काम गर्न खोजेको आरोप समेत लगाए। सेना र हतियारको सुपरीवेक्षणको जिम्मेवारी पाएको अनमिनलाई राजनीतिक निर्देशन गर्ने अधिकार नभएको बताए। पछिल्लो समय सरकारको ढांचाबारे टिप्पणी गर्नु आपत्तीजनक रहेको बताए। उनले भने, 'अनमिनले निर्देशन दिने होइन, तोकेको काम गर्ने हो।' अनमिनलाई नेपाल सरकारको विपक्षमा बोल्ने अधिकार नभएको बताए। आउदो चार हप्ताभित्र अयोग्य लडाकुलाई शिविर बाहिर अस्थायी बसोबास गराइसक्ने बताए। अयोग्य लडाकुलाई कहां व्यवस्थापन गर्ने भन्नेबारे चाडै टुंगोमा पुगिने बताए। लडाकु ...

प्रदूषण न्यूनिकरण गर्न जरिवाना गराउने नीति

भक्तपुर, २२ कार्तिक। राष्ट्रसंघले प्रदूषण न्यूनिकरण गर्न पलुसन अर्थात प्रदूषण गराउने तत्वहरुलाई जरिवाना गराउन नीति लिएको छ। यसलाई पलुटर पे भनेर भनिएको छ। नेपालमा पनि उच्चस्तरीय कर्माचारीहरु यसको पक्षमा भए पनि फितलो जटिल प्रक्रियाको कारण यसलाई कानुनी मान्यता दिन सकिएको छैन। भक्तपुर बिश्व सम्पदा सूचीमा परेको दरवार क्षेत्रको वातावरणलाई यो नियम लागू गर्न टडकारो महसुस गरिएको छ। यहा“ छाडा रुपमा गुड्ने नगरपालिका कर्माचारीका सवारी साधन, स्थानीयबासीका चर्को आवाज निकाल्ने आधुनिक सवारीहरुले यहा“ असहज वातावरण बिकसित ह“ुदै गएको छ। यिनको नियन्त्रण नह“ुदा देशबिदेशबाट प्रवेश टिकट काटेर आएका पर्यटकहरु अन्यायमा परेका छन्। उनीहरुलाई न्याय दिन लोकल बासिन्दाहरुको सवारी साधन निरुत्साहित गर्न पलुटर पे कर संकलन गर्न आवश्यक छ। हाल छ जना कर्माचारीहरु सवारी रोक्न खटेका छन्। मौखिक अनुरोधलाई साथ दिन करको नीति आवश्यक छ। कर लिने भए पछि अवश्य नै सवारीहरुले पर्यटकीय गन्तब्यमा प्रदूषण गर्ने हिम्मत गर्ने थिएन। यसबाट पर्यटकहरुले आनन्दका साथ बिश्वसम्पदाको अवलोकन गर्न सक्नेछ। तर हालै भक्तपुर नगरपालिको निमन्त्रणामा आएका च...