Skip to main content

Posts

हतियारसहित वाइसिएल र भारतीय नागरिक पक्राउ

वीरगंज, १८ मंसिर । हतियारसहित एक वाइसिएल र भारतीय नागरिक पक्राउ परेका छन्। आज दिउंसो ३ बजे भारतको रक्सौलबाट वीरगंजतर्फ आइरहेका सिन्धुलीको जरायोटार-२ बस्ने शेरबहादुर राना र भारत, मोतिहारी मलाही गाउंका कृष्ण यादवलाई प्रहरीले नियमित चेकजांच गर्ने क्रममा अवस्थामा वीरगंज-१९ इनरवाबाट पक्राउ गरेको हो। पक्राउ परेका राना वाइसिएल सिन्धुलीका एसिएम तथा पार्टी सदस्य रहेको प्रहरीले जनाएको छ। भारतको बेतिया नजिकैबाट रु १५ हजार ५ सयमा १ थान अमेरिकन पेस्तोल, २ थान म्यागजिन र सोमा लाग्ने १० वटा गोलीसहित प्रहरीले पक्राउ गरेको हो।

कांग्रेसका नेता देउवाद्वारा हेल्थ पोष्टको उदघाटन

बीरगंज १८ मंसिर। पर्साको निचुटा गाविसमा रहेको निचुटा हेल्थ पोष्टको एक समारोह बीच नेपाली कांग्रेसका बरिष्ठ नेता शेर बहादु देउवाले उदघाटन गर्नु भएको छ। स्थानिय समाज सेवी प्रमेशवर चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी देउवाले हेल्थ पोष्टको उदघाटन गर्नु भएको हो। साथै हेल्थ पोष्टलाइ ५ कठा जग्गा प्रदान गर्ने गाविसका पूर्व गाविस अध्यक्ष शिव शंकर चौधरीलाई नेता देउवाले दोसल्ला ओर्ढाई सम्मान गर्नु भएको थियो।

१८ औ अन्तराष्टि्य अपागं दिवस

बीरगंज १८ मंसिर। १८ औ अन्तराष्टि्य अपागं दिवस आज बीरगंजको घण्टाघरमा एक समारोह बीच सम्पन्न भएको छ। मुल समारोह समिती पर्साको आयोजना भएको उक्त कार्यक्रमका प्रमुख अतिथी पर्साका प्रमुख जिल्ला अधिकारी यादव कोइरालाले अपागं दिवस दिवसमा मात्र नभई क्षेमता अभिवृद्धिमाको रुपमा मनाउनु पर्ने धारणा राख्नु भएको थियो। कार्यक्रममा बोल्दै उहाले अहिलेका लागि सबै संस्था राजनितीक दल, नागरिक समाज एक हुनु पर्नेमा जोड दिदै एक भएमा मात्र अधिकार प्राप्ती हुने भएकाले सबै एक जुट हुन आग्ह गर्नुभयो। राष्टि्य मधेशी अपागं महासंघ पर्सा बीरगंजका केन्द्रिय अध्यक्ष प्रम नारायण झाको सभापतित्वमा सम्पन्न भएको थियो।

मोटरसाइकलको ठक्करबाट घाइते

बीरगंज १८ मंसिर। बाराको निजगठमा मोटरसाइकलले साइकल यात्रीलाइ ठक्कर दिदा १ जना घाइते भएका छन्। पर्ूवबाट पश्चिम तर्फजादै गरेको बा.१२.प ६४४ नम्बरको मोटरसाइकलले ठक्कर दिदा बााको डुमरवाना गाबिस ७ निवासी साइकलयात्री गोरख बहादुर आले घाइते भएका छन्। र्घाईते आलेको बीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने मोटरसाइकल र चालकलाई बारा प्रहरीले आफ्नो नियन्त्रणमा लिएको बताइएको छ।

जिशिअमा तालाबन्दी

बीरगंज १८ मंसिर। स्थानिय शिक्षक आन्दोलन जिल्ला कार्य स्थानिय शिक्षक आन्दोलन जिल्ला कार्य समिती पर्साले आज बिहान देखि जिल्ला शिक्षा कार्यालय पर्सामा तालाबन्दी गरेका छन्। स्थायि शिक्षक आन्दोलन केन्द्रिय संचालन समिती काठमायडौ, शिक्षक युनियन र शिक्षामन्त्रालयको बीचमा भएको सहमती बिपरीत स्थायि शिक्षकलाई खुल्ला प्रतिस्पर्धामा आफुहरुलाई निश्काशित गर्ने काम शिक्षा मन्त्रालयबाट भएको भन्दै बिरोध स्वरुप आज देश भरका सबै जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गर्ने निर्ण्र्ााअनुसार तालाबन्दी गरिएको स्थानीय शिक्षक आन्दोलन पर्साले जनाएको छ।

मेनरोडबाट टि्रपरको आवागमनले जनजीवन प्रभावित

वीरगंज, १८ मंसिर। रोडा ढुङ्गा लोड गरिएको टि्रपरहरु विगतमा ठुुला सवारीका लागि नै बनाईएको वीरगंजको बाईपास रोड भएर जाने गरेकोमा हालका दिनमा बीरगंजका मुख्य बजार क्षेत्रको मेनरोड भएर नै आवत जावत गरिरहेकोले सवारी दर्ुघटना हुने सभावना प्रवल भएको छ भने सो सडक छेउको भवनमा बसोवास गर्ने आम जनता दिन र रातको समयमा समेत सवारीको ध्वनी प्रदुषणका कारण शान्तिपर्ूण्ा बसोवास गर्न अर्समर्थ भएका छन। मालसामान ढुवानीको लागि वैकल्पिक बाटोको रुपमा बाईपास रोड हुँदाहुँदै वीरगंज बजार क्षेत्र भित्रको २४ घण्टा नै मानिसहरु आवागमन गर्ने सडक र बसोबास क्षेत्रमा रहेको साँगुरो सडकमा रोडा ढुङ्गा ढुवानी गर्ने टि्रपरहरुको आवागमनले सडक जाम हुनुका साथै दर्ुघटना हुने सम्भावना देखिन्छ। यस सम्बन्धमा बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश सिकरिया संग सर्म्पर्क गर्दा बजार क्षेत्रको सडक धरै सागुरो रहेको र सडकको तुलनामा साना सवारी चाप र जनसंख्या नै अत्याधिक रहेको अवस्थामा ठुला सवारीको आवगमनले खतराको संभावना बढनुका साथै जनजीवन समेत अस्तव्यस्त भएको छ।

कुटपिटबाट राउत गम्भीर

वीरगंज, १८ मंसिर । अज्ञात समूहले श्याम रबर कारखानामा कार्यरत गार्डलाइ कारखाना भित्र बांधेर कुटपिट गरेका छन्। गए राति २ बजे पर्साको मनीयारी बस्ने वर्ष ५५ को भरत राउत अहिरलाई वडा नं. ६ मा रहेको श्याम रबर कारखानामा राति २ बजे १०/१५ जना अज्ञात व्यक्तिहरुले बाधेर कुटपिट गरेका हुन्। घाइते अहिरको ना.उ.क्षे.अस्पताल बीरगंजमा उपचार भइरहेको छ भने कुटपिट गर्ने व्यक्तिहरु फरार रहेको प्रहरीले जनाएको छ।