Skip to main content

Posts

प्रेस काउ_िन्सलले पक्षपातपूर्ण वर्गीकरण गरेको विरोधमा सूचना तथा संचारमन्त्रीको पुतला दहन गरिने

वीरगंज ३० मंसिर । प्रेस काउन्सील नेपालले पत्रपत्रिका वर्गीकरणमा पक्षपात विभेद धाँधलीपूर्ण निर्णय गरेको विरुद्ध सम्पादक प्रकाशक राष्ट्रिय संघर्ष समितिले आज सूचना तथा संचार मन्त्रालयमा घेराउ गर्ने क्रममा एक दर्जन पत्रकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा संयोजक विष्णुकुमार प्रसाइ धीरेन्द्र झा मैथिल नेपाल प्रेस युनियन पर्साका अध्यक्ष पुरुषोत्तम भटराइ पत्रकार सुदर्शन राज पाण्डेलगायत एघार जना रहेका छन्। त्यसैगरी संघर्ष समितिले भोलि रत्नपार्कमा सूचना तथा संचार मन्त्री शंकर पोखरेलको पुतला दहन गर्नेछ भने सूचना तथा संचार अन्तर्गत प्रेस काउ_िन्सलको मापदण्ड नीति दहन गर्ने पसर्ि लालटेन जुलुस रिले अनसन र आमरण अनसन गर्ने जनाएको छ । धर्नामा बसिरहेको बेलामा संचारमन्त्रालयले वार्तामा बोलाए पनि आज वार्ता हुन सकेन । यस न्यायपूर्ण आन्दोलनमा सहभागी हुन सम्पूर्ण पीडित पत्रकारहरुलाई आन्दोलनमा आउन संघर्ष समितिले आग्रह गरेको छ। यसैवीच रिपोर्टस क्लब नेपाल पर्साका वरिष्ठ सल्लाहकार एवं पर्साका वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको विरोधमा रिपोर्टस क्लब नेपाल पर्साले घोर भत्सर्ना गरेको छ। आज ...

ब्राउनसुगरसहित एकजना पक्राउ

वीरगंज, ३० मंसिर । ब्राउन सुगर सहित पर्सा प्रहरीले एकजना पक्राउ गरेको छ। जिउमा लुकाई बीरगंजबाट काठमाण्डौ तर्फजाँदै गरेको अवस्थामा बिषेश सुराकीको आधारमा गण्डक प्रहरीले चेक जाँचको क्रममा १० ग्राम ब्राउन सुगर सहित एक जनालाइ पक्राउ गरेको हो। पक्राउ पर्नेमा जिल्ला काभ्रे बनेपा नगरपालिका ६ निवासी २३ बषर्ीय राज कुमार मान्नधर रहेका छन्। पक्राउ परेका मान्नधरलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरी निरीक्षक भुवनेश्ार साहले बताएका छन्।

नेकपा एमाले पर्सामा दुइ गुट

वीरगंज, ३० मंसिर । नेकपा एमाले पर्सा दुइ गुटमा विभाजन भएको छ। एमालेको सातौँ जिल्ला कमिटी अधिवेशनमा अध्यक्ष पदको दाबेदारी गर्ने विजय महतो र जयप्रकाश थारुबीच चर्काे विवाद उत्पन्न भएको छ। आज आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै जयप्रकाश थारुले आफू अध्यक्षमा निर्वाचित भएको दाबी गरे भने अर्का गुट विजय महतोले जिल्ला अधिवेशनबाट आफू अध्यक्षमा चुनिएका विज्ञप्तिमार्फ जनाएका छन्।

पत्रकार चौधरीको निधन

काठमाडौं, मंसिर ३०- नेपाल टेलिभिजनका पत्रकार एवं वरिष्ठ कार्यक्रम निर्माता जयप्रकाश चौधरीको ४३ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ । एक महिनादेखि पत्थरीको उपचार गराइरहेका चौधरीको निधनबाट नेपाली पत्रकारिता क्षेत्रले एउटा योग्य प्रतिभा गुमाएको छ भने रिपोर्टर्स क्लब नेपालले आफ्ना शुभचिन्तक गुमाएको छ । विभिन्न सिनेमाको निर्देशन समेत गरेका चौधरीका पत्नी एक छोरा र एक छोरी छन् । एउटा सहकर्मी पत्रकारलाई असामयिक रुपमा गुमाउनु पर्दा क्लब एकदम दुःखी छ । क्लब अध्यक्ष ऋषि धमलाले पत्रकार चौधरीको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

जँडयाहाले आफैमाथि छुरा प्रहार गरे

सिन्धुली, ३० मंसिर । एक जँडयाहाले आफनो पत्निसंग झगडा गरी आफैमाथि छुरा प्रहार गरी आत्महत्या गरेका छन्। आज बिहान साढे पाँच बजे भद्रकाली-१ चियाबारी घर भई हाल काभ्रे -४ नयाँ बजारमा होटल खोली बसेका ४५ वर्षीय टिकाबहादुर थापाले रक्सी सेवन गरी श्रीमतीसंग झगडा गरेपछि आफैमाथि छुरा प्रहार गरी आत्महत्या गरेका हुन्।

माओवादी सीमा अनुगमनमा

वीरगंज, ३० मंसिर । एनेकपा माओवादीको पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार आज बारा र पर्सामा सीमा अनुगमन गरेका छन्। आज बिहान माओवादी भोजपुरा राज्य समितिका इन्चार्ज बिष्णु लामाको नेतृत्वमा निस्किएको मोटरसाइकलमा रयालीले सीमा क्षेत्रको अनुगमन गरेका थिए। यसैगरी बाराका संयोजक बिष्णु लामाको नेतृत्वमा निस्किएको मोटरसाइकल रयालीले बारा, स्रि्रौनगढ र रौतहटमा सीमा अवलोकन गरेका हुन्।

जिविस र वीउमनपामा कामकाज ठप्प

वीरगंज, ३० मंसिर । स्थानीय विकास मन्त्रालयसंग भएको सम्झौता लागू नभएको विरोधमा स्थानीय कर्मचारीहरुले आज पर्सा, बारा, रौतहट, महोत्तरी लगायतको स्थानमा नगरपालिका र जिल्ला विकास समितिको कामकाज ठप्प पारी आन्दोलनमा उत्रिएका छन्। आज जिल्ला विकास समिति र वीरगंज उपमहानगरपालिकाका कर्मचारीले कामकाज ठप्प पारेपछि र्सवसाधारण सेवाग्रही मर्कामा परेका हुन्।