Skip to main content

Posts

पत्रपत्रिका वर्गीकरणको मांग गर्दै आन्दोलनमा उत्रिएको संघर्ष समितिको २५ हजार लिएर महासचिव धीरेन्द्र झा मैथिल फरार

काठमाडौं, २ पुस । पुन पत्रपत्रिकाको वर्गीकरणको मांग गर्दै संघर्षमा उत्रिएका सम्पादक प्रकाशक राष्ट्रिय संघर्ष समितिको २५ हजार लिएर समितिका महासचिव धीरेन्द्र झा मैथिल फरार भएका छन्। पुस १ गते धीरेन्द्र झा मैथिलले संघर्ष समितिलाइ जानकारी नै नगराइ रु २५ हजार लिएर फरार भएको संघर्ष समितिले जनाएको छ। प्रेस काउन्सिल नेपालद्वारा पक्षपात एवं धांधलीयुक्त वर्गीकरण गरेको विरूद्ध गठित संघर्ष समितिले चरणबद्ध आन्दोलन गर्दै आइरहेको थियो। आन्दोलन तुहाउन मैथिलले नगद लिएर फरार भएको प्राप्त जानकारीमा उल्लेख छ।

फोर्सद्वारा समग्र मधेश एक प्रदेशसहित मधेश राज्य घोषणा

वीरगंज, २ पुष । माओवादीले गणराज्य घोषणा गरेको विरुद्ध स्वतन्त्र मधेशी युवा फोर्स पर्साले पनि समग्र मधेश एक प्रदेशसहित मधेश राज्य घोषणा गरेको छ। आज वीरगंजको घण्टाघरमा फोर्सका एक युवक वीरबहादुर कुशवाहाले मधेश राज्य घोषणा गरेका हुन्। घोषणा सभालाइ सम्बोधन गर्दै के. अध्यक्ष प्रदीप विश्वकर्मा माओवादीहरुले गणराज्य घोषणा गरी मधेशीहरुको भावना विपरित भएको भन्दै मधेश राज्य घोषणा गर्नुपरेको बताए। उनले गणराज्य घोषणा गरिरहने हो भने रौतहट घटना पुन दोहोर्‍याउने चेतावनी दिए।

पचास किलो अवैध गाँजा बरामद

बीरगन्ज,२ पुस/ ससस्त्र प्रहरीले बिहिबार पर्साको महादेवपट्टीमा पचास किलो अवैध गाँजा बरामद गरेको छ । ससस्त्र प्रहरी बेस क्याम्प सुर्वणपुरबाट गएको गस्ती टोलीले माहादेवपट्टी ७ गम्हरीया बाट साइकल सहित पचास किलो गाँजा बरामद गरेको हो । ससस्त्र प्रहरी निरीक्षक देवबहादुर चन्दको नेतृत्वमा गएको गस्ती टोलीलाइ देखेपछि गाँजा तस्कर गाँजा छोडेर फरार भएको प्रहरीले जनाएको छ । बरामद गाँजा जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरी निरीक्षक चन्दले बताए ।

तेल आपूर्ति एक-दुइ दिनमै सहज हुने

काठमाडौं, २ पुष। आपूर्तिमन्त्री राजेन्द्र महतोले तेलको आपूर्ति एक, दुइ दिनमै सहज हुने जानकारी दिए। 'रक्सौलमा भएको हडताल र चक्काजाम हटेको छ। पेट्रोल काठमाडौं आइरहेको छ। अब एक, दुइ दिनमै आपूर्ति सहज हुन्छ,' रिपोर्टर्स क्लबकै कार्यक्रमा उनले भने, 'स्कर्टिङ गराएरै भए भोलिदेखि हामी तेल सहज रुपमा उपलब्ध गराउँछौं।' उनका अनुसार थानकोटको डिपोको भण्डारण क्षमता डिजेल एक साता, पेट्रोल ५ दिनका लागि मात्र छ। अब जतिसुकै हडताल भए पनि एक महिनासम्म पुग्ने भण्डारण क्षमता बढाउने प्रक्रिया सुरु भएको उनले बताए। साथै उनले नेपाल-भारत संयुक्त कम्पनी खडा गरी रक्सौल-अमलेखगन्जमा पाइपलाइन बिच्छाउने प्रक्रिया सुरु भएको समेत जानकारी दिए। अब पुराना ट्यांकर विस्थापित हुने र नयाँ ट्याक्टर ल्याउन सरकारले कुनै कम्प्रोमाइज नगर्ने उनले बताए। अन्तर्रर्ााट्रय बजारभाउअनुसार तेलको मूल्य समायोजन हुँदै जाने जानकारी समेत दिए।

सदभावना महिला मंचको तीन दिने महिला नेतृत्व विकास गोष्ठी

काठमाडौं, २ पुष । सदभावना महिला मञ्चको आयोजनामा तीन दिने महिला नेतृत्व विकास कार्यशाला गोष्ठी ललितपुरमा प्रारम्भ भएको आज प्राप्त जानकारीमा उल्लेख छ। गोष्ठीको उदघाटन सद्भावनाको अध्यक्ष एवं वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतोले गरेका थिए भने गोष्ठीमा मन्त्री लक्ष्मणलाल कर्ण, अनिल कुमार झा लगायतले स्वागत मन्तव्य दिएका थिए। पुस ४ गते सम्म संचालन हुने सो तालिममा ३५ जना महिला नेतृत्वहरुको सहभागिता रहने महिला मंचकी महासचिव नीभा साहले जानकारी गराएकी छन्।

तराइमा निराधार भावना बढेको- भारतीय वाणिज्यदूत टि अशोक

उद्घाटन समारोहमा भारतीय महावाणिज्यदूत टि अशोक लगायत । तस्बिर- उत्तम खडगी वीरगंज , २ पुष । भारतीय महावाणिज्य दूतावास वीरगंजका वाणिज्य दूत टि. अशोकले पहाडभन्दा तराइमा निराधार भावना बढेको बताएका छन्। आज भारत सरकारको सहयोगमा वीरगंजको ठाराब क्याम्पस पछाडि निर्माण गरिएको ग्यालेक्सी माध्यमिक विद्यालय भवनको उद्घाटन गर्दै उनले भारत सरकारले नेपालमा पचास करोड भन्दा बढीको प्रोजेक्टहरु संचालन गरिरहेको बताए। उनले विकास निर्माणका कार्य छिटो छरितो नहुंदा बजेट फिरिज हुने संभावना बढेको बताए। हाल पर्सामा ५ वटा प्रोजेक्ट संचालन गरिरहेको बताए। टि अशोकले स्कूल निर्माणमा भारत सरकारले ७१ लाख ९० हजार रुपैया बांकी १० लाख जिल्ला विकास समिति पर्साले निर्माणमा खर्च गरेको बताए। प्रमुख जिल्ला अधिकारी यादव कोइरालाले भारत- नेपालको सुरक्ष्ँा निकायबीच सहकार्य हुनुपर्नेमा जोड दिए।

रौतहट र महोत्तरीमा सवारीसाधन ठप्प

वीरगंज, २ पुष । जनतान्त्रिक तराइ मुक्ति मोर्चाले बुधबारदेखि अनिश्चितकालीन तराइ बन्दको घोषणा गरेपछि आज बिहान महोत्तरी-जलेश्वर बर्दिवास भित्री सडक खण्डमा सवारीसाधन ठप्प भएको छ। हिजो जनतान्त्रिक तराइ मुक्ति मोर्चाका कार्यकर्ताले पुस ३ गतेसम्म यातायात बन्द गर्ने धम्की दिएको कारण कारण यातायात व्यवसायीले सो क्षेत्रमा आज सवारीसाधन नचलाएका हुन्। मोर्चाका कार्यकर्ताले यसअघि सप्तरीको शम्भुनाथ गाविस सडकखण्डमा एउटा मालवाहक ट्रकमा आगजनीको प्रयाससमेत गरेका थिए। सरकारसँग वार्तामा रहेको मोर्चाले आफना कार्यकर्ता रिहाईका लागि सरकारलाई दिएको मङ्सिर मसान्तसम्मको अल्टिमेटम सकिएकाले अनिश्चितकालीन बन्दको आहवान गरेको जनाएको छ। यसैगरी यातायात व्यवसायी संघ रौतहटले आज पनि वीरेन्द्र राजमार्गको गौर-चपुर चल्ने सम्पूर्ण सवारीसाधन ठप्प पारेका छन्। करिब डेढ महिना उनीहरुले राखेको मांगहरु पूरा नभएपछि यातायात व्यवसायी आन्दोलनमा उत्रिएका हुन्।