Skip to main content

Posts

आफनो जग्गा कब्जा भएको गुप्ताको आरोप

बीरगंज ६ पुस/ वीरगंज उपमहानगरपालिका वडा नं. ४ निवासी रमेशकुमार गुप्ताले आफनो जग्गा केही व्यक्तिहरुले कब्जा गरेको आरोप लगाएका छन्। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्ष्ँात्कारमा बोल्दै गुप्ताले आफनो बीरगंज बडा नम्बर १६ राधेमाई नजिक रहेको एक बिगाहा १३ धुर कित्ता नं. ७२, २६४, २६८, २६९, २७२, २७३ को जग्गा प्लटिङ गरी बेच्ने तयारी गरिरहदा स्थानीयवासीले आफूलाइ कुटपिट गरी जग्गाको कागजात जलाएको बताए। बीरगंज ४ निवासी पर्साका पूर्व सभापति स्व् राधा कृष्ण प्रसाद कल्वारको नाममा रहेको सो जग्गालाई, ब्रि्री गर्न प्लटिङ गर्दा स्थानिय बासीले परम्परागत रूपमा दाहा, मोहरम पर्व मनाउदै आएको भन्दै बिबाद गरि झन्डा गाडेका थिए। कल्वारका छोरा रमेश गुप्ताले बुबाको नाममा रहेको सो जग्गा नम्बरी दर्ता रहेकोले खाली अवस्थामा कसले के गरे भन्ने बिषय सरोकारको नभएको बताए। स्थानियबासीले भने लालपुर्जा जलाएर चाँद तारा अंकित हरियो झण्डा गाडेका थिए। घटना स्थालमा पुगेका संचारकर्मीहरूलाई त्यहाको फोटो नखीच्न चेतावनी दिदै अभद्र ब्यवहार समेत गरेका थिए ।

भारतले नेपालमा गृहयुद्ध निम्त्याउन चाहेको छ ः नारायणकाजी श्रेष्ठ

काठमाडौं, पुस ६। एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भारतका कारण नेपालमा गृहयुद्ध निम्त्याउने खतरा बढेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा नेता श्रेष्ठले नेपालमा गृहयुद्ध निम्त्याउने कि सहमति बनाउने भन्ने कुरा पनि भारतकै हातमा रहेको दाबी गरे। सोमबार रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा उनले भारतीय शासकको विस्तारवादी हस्तक्षेप, इशारा र निर्देशनमा नेपालका यथास्थितिवादी र राष्ट्रिय आत्मर्समर्पणवादी दलहरुले शान्ति प्रक्रिया भंग गर्न र संविधानसभा विघटन गर्न चाहेको बताए। 'भारतीय शासकको विस्तारवादी हस्तक्षेप, इशारा र निर्देशनमा नेपालका यथास्थितिवादी र राष्ट्रिय आत्मर्समर्पणवादी दलहरुले शान्ति प्रक्रिया भंग गर्न र संविधानसभा विघटन गर्न खोजेका छन्,' श्रेष्ठले भने, 'त्यसलाई रोक्न ब्यापक जनदबाब सृष्टि गरी नयाँ स्तरको सहमति बनाउनुको विकल्प छैन।' कार्यक्रममा नेता श्रेष्ठले प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिमार्फत प्रतिक्रान्तिकारी षड्यन्त्र गरिएको आरोप लगाए। शान्ति र संविधानका लागि आप\mनो पार्ट...

बन्द, हडताल गरेर माओवादीले सत्ता नपाउने ठोकुवा

काठमाडौं, पुस ६। एमाले पोलिटब्युरो सदस्य केशव बडालले माओवादीले सडक आन्दोलनबाट कहिल्यै पनि सत्ता प्राप्त गर्न नसक्ने ठोकुवा गरेका छन्। रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बडालले भने- त्यस्तो दिवास्वप्न कहिल्यै पूरा हुने छैन। सक्छ भने संसदमा ३०१ पुर्‍याऊ। नसके आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर सहमतिमा आउनुको विकल्प छैन। नेता बडालले सबै खाले सहमतिको बाधक माओवादी नै भएको आरोप लगाए। उनले भने- माओवादीको आम हडताल देशको आर्थिक अवस्था जर्जर पार्ने र मुलुकलाई सोमालिया बनाउने खेल हो। कांग्रेस नेता मनमोहन भट्टर्राईले माओवादी सत्ता कब्जाको नीति स्पष्ट भएकाले अव दलहरुसँग सत्ता छाडिदिने या भिड्नुको विकल्प नभएको बताए। माओवादी सडकबाट सत्ता कब्जा गरेर एकदलीय तानाशाही लाद्न चाहेकाले लोकतान्त्रिक शक्तिहरु माओवादीको फासीवादी चरित्र विरुद्ध भिड्नुपर्ने बेला आएको उनको भनाइ थियो। सोमबार रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा सद्भावना महासचिव अनिलकुमार झाले माओवादीले जतिसुकै बन्द, हडतालबाट कहिल्यै सत्ता पाउन नसक्ने बताए। उनले भने- माओवादीको आन्दो...

बन्दको दोश्रो दिन साइकल पनि चल्न दिइएन

वीरगंज, ६ पुष । एकीकृत नेकपा माओवादीले आहवान गरेको बन्दका कारण आज पनि बारा, पर्सा र रौतहट लगायत देशभरको जनजीवन प्रभावित भएको छ। आज बिहानैदेखि माओवादीका कार्यकर्ताहरूले वीरगंज बजार बन्द गराएका छन् भने साइकल समेत चल्न दिएका छैनन्। बन्दका कारण यहांको शिक्षण संस्था, कलकारखाना, उद्योग प्रतिष्ठान ठप्प रहयो। लामो तथा छोटो दूरीको सवारीसाधन पनि ठप्प भएका छन्।

हात्तीले एकजनाको घर भत्कायो

धनुषा, ६ पुस । धनुषामा जंगली हात्तीले एकजनाको घर भत्काएको छ। गए राति गोदार, चिसापानीबाट आएको जंगली हात्तीले लब्टोली-५ पोर्ताहा निवासी सुरेश पासवानको एक तल्ले फुसको घर भत्काई दिएको हो। स्थानीय जनता, प्रहरीले चार राउन्ड हवाइ फायर गरेपछि हात्ती भागेको थियो।

बारामा आगलागी र गांजा बरामद

कलैया, ६ पुष । करेन्ट सट भइ आगलागी हुंदा तीनवटा घर जलेर नष्ट भएको छ। हिजो सांझ बाराको सिमरा-९ निवासी गणेश बहादुर के.सी.को घरमा करेन्ट सट भइ आगलागी हुंदा थप २ वटा घर जलेपछि करिब ६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। यसैगरी हिजो राति बाराको भोडाहा पोसाह खोलाको बगर हुंदै गइरहेको गांजा तस्करले प्रहरी देखेपछि १० केजी गांजा फालेर फरार भएको छ।

रौतहट र महोत्तरीमा दुर्घटना

रौतहट, ६ पुष । वीरेन्द्र राजमार्गको रौतहट, सन्तपुर-४ स्थित एक उखू लोड भएको ट्रक पल्टिदा एकजनाको घर भत्किएको छ। आज बिहान सर्लाहीबाट उखू लोड गरी गरुडा तर्फजांदै गरेको ना.२ख ८६३७ नं.को ट्रक पल्टिदा धनपती चिईमोरियाको घर भत्किएको हो। दुर्घटनामा मानविय क्षति नभएको तथा चालकलाई प्रहरीले पक्राउ गरेको छ। यसैगरी टयाक्टर मरम्मत गर्ने क्रममा एकजना खसेर गम्भीर घाइते भएका छन्। महोत्तरीको भमरपुरा-३ बस्ने हैदर अलीले ज.१त ३६६६ नं.को ट्रयाक्टर बनाउने क्रममा टाउकोमा चोट लागेपछि गम्भीर घाइते भएपछि उनको जनकपुरमा उपचार भइरहेको छ।