Skip to main content

Posts

हतियारसहित एकजना पक्राउ

धनुषा, ७ पुष । हतियारसहित एकजनालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । प्रहरीको गस्ती टोलीले ज.न.पा.-३ स्थित पिडारी चोकमा महोत्तरी किसाननगर-९ बस्ने बर्ष३१ को राजेश कुमार सिहंलाई कटुवा पेस्तोल १ नाल र सोको गोली राउण्ड २ सहित पक्राउ गरी नियन्त्रणमा लिएको प्राप्त जानकारीमा उल्लेख छ ।

रौतहटमा एकको अपहरण

रौतहट, ७ पुष । अज्ञात समूहले जटहरा-७ बस्ने भुखन पण्डितको छोरालाइ अपहरण गरी बेपत्ता बनाएको छ। गाउंमा पाउरोटी फयाक्ट्री चलाएर बस्ने बर्ष ४० को रामशरण पण्डितलाई ५ जना हतियारधारी अज्ञात समूहले आज बिहान अपहरण गरी बेपत्ता बनाएका हुन्।

रुम्जाटार सांस्कृतिक पर्यटन महोत्सव

काठमाडौं, पुस 7। रुम्जाटार सांस्कृतिक महोत्सव हुँदैछ। नेपालमा पर्यटकिय दृष्टिकोणले अत्यान्त सुन्दर र मनोहर वतावरणले सजिएको वखलढुंगा रुम्जाटार सांस्कृतिक महोत्सव 'नयाँ नेपाल, ऐतिहाँसिक ठाँउ घुमीफिरी रुम्जाटार हर्ेन जाऔं भन्ने मुल नाराकासाथ यहि पुस १० देखि १५ गतेसम्म हुँदैछ। आज रिपोर्र्टर्स क्लब नेपालमा रुम्जाटार सांस्कृतिक पर्यटकीय महोत्सव समितिले पत्रकार सम्मेलनगरि नेपालको पर्यटन वर्ष२०११ मनाउनै लाग्दा यस महोत्सवले महत्वपर्ूण्ा भुमिका खेल्ने आयोजक समितिले बताएका छन्। रुम्जाटार महोत्सवमा करिव ५०देखि ६० लाखसम्माको कारोबारहुने जनाएको छ। यसको लागि सबैको सहगोगको आवश्यकता पर्दछ। कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता रामहरी खतीवडाले रम्जाटार पर्यटकीय हिसावले अत्यान्तै सुन्दर छ। त्यसक्षेत्रको सुन्तला सबैभन्दा मिठो भएको पनि उहाँले दावी गरे। कार्यक्रममा बोल्दै रत्न आयोजक समितिका सदस्य रत्न गुरुङ्गले रुम्जाटारबासीहरु रोजगारको खोजीमा विदेसिने र अन्यत्र जानेक्रमले त्याहाँको संस्कृतिक लोपउन्मुख हुदै गएको छ। यसको लागि त्यसको क्षेत्रलाई पर्यटकीय विकास गरेमो यसबाट केहि सहज हुने कुरा बत...

बन्दको तेश्रो दिन बारा, पर्सा, रौतहट प्रभावित

वीरगंज, ७ पुष । एकीकृत नेकपा माओवादीको बन्दको तेश्रो दिन पर्सा, बारा, रौतहटको जनजीवन प्रभावित भएको छ। आज तेश्रो दिन पनि बजार, कलकारखना, यातायात ठप्प भएको छ। आज दिउंसो माओवादीले वीरगंजको घण्टाघरमा रचनात्मक आन्दोलन गरेका छन्। उनीहरुले विभिन्न गीतमार्फ वर्तमान सरकारको चर्को आलोचना गरे। बन्दको तेश्रो दिन वीरगंजमा साइकल, मोटरसाइकल समेत चल्न दिइएको छैन भने एम्बुलेन्स र पत्रकारको सवारीसाधनलाइ पनि चेकजांच गरी चल्न दिएका छन्। यसैवीच माओवादीका एक कार्यकर्ताले ना १ प ३३०५ नम्बरको मोटरसाइकल चलाएपछि र्सवसाधारणहरु ट्वाल्ल परेका छन्। अरुलाइ बन्दको बेला सवारी साधन चलाउन नदिने आफनो पार्टीको कार्यकर्तालाइ भने मोटरसाइकल चलाउन छुट दिएपछि सर्वसाधारणहरु आर्श्चर्यचकित भएका छन्।

कृषि सामग्री कम्पनीका क्षेत्रीय प्रबन्धकद्वारा अनियमितता

वीरगंज, ७ पुष। कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय वीरगंजका क्षेत्रीय प्रबन्धक विष्णु पौडेलले सरकारद्वारा कृषकको सुविधालाई ध्यानमा राखी सहकारी संस्थामार्फ सुपथ मूल्यमा बिक्री गर्न दिएको मल अनाधिकृत रूपमा बिक्री गरि भ्रष्टाचार गरिरहेको बुझिन आएको छ। सरकारले भारत, चीन एवं डेनमार्कबाट महंगो मूल्यमा खरिद गरी कृषकहरूको सुविधालाई ध्यानमा राखी सस्तो मूल्यमा सहकारी संस्थामार्फ मल बिक्री गर्न कृषि सामग्री कम्पनीलाई जिम्मा दिएकोमा वीरगंजका क्षेत्रीय प्रबन्धक पौडेलले कमिशनको आडमा निर्धारित क्षेत्रभन्दा बाहिरका व्यापारीहरूलाई सो मल बिक्री गरिरहेको भरपर्दो स्रोतबाट बुझिन आएको छ। सोही स्रोतका अनुसार बारा, पर्सामा रहेका सहकारी संस्थाहरुमध्ये प्रत्येक सहकारी संस्थालाई मासिक २ सय बोरा मल बिक्रीका लागि दिनुपर्ने प्रावधान रहेकोमा क्षेत्रीय प्रबन्धक पौडेलले नारायणघाट, चितवन, पोखरा, काठमाडौंका व्यापारीहरूलाई सो मल बिक्री गरिरहेको भरपर्दो स्रोतले जनाएको छ । प्रबन्धक पौडेलले गोदाममा लोड-अनलोड गर्दा झरेपडेका मल काम नलाग्ने रहेतापनि रर्ेकर्डमा नोक्सानी भएको देखाएर स्थानीय व्यापारीहरूलाई भने झरेपडेकै मलहर...

आफनो जग्गा कब्जा भएको गुप्ताको आरोप

बीरगंज ६ पुस/ वीरगंज उपमहानगरपालिका वडा नं. ४ निवासी रमेशकुमार गुप्ताले आफनो जग्गा केही व्यक्तिहरुले कब्जा गरेको आरोप लगाएका छन्। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्ष्ँात्कारमा बोल्दै गुप्ताले आफनो बीरगंज बडा नम्बर १६ राधेमाई नजिक रहेको एक बिगाहा १३ धुर कित्ता नं. ७२, २६४, २६८, २६९, २७२, २७३ को जग्गा प्लटिङ गरी बेच्ने तयारी गरिरहदा स्थानीयवासीले आफूलाइ कुटपिट गरी जग्गाको कागजात जलाएको बताए। बीरगंज ४ निवासी पर्साका पूर्व सभापति स्व् राधा कृष्ण प्रसाद कल्वारको नाममा रहेको सो जग्गालाई, ब्रि्री गर्न प्लटिङ गर्दा स्थानिय बासीले परम्परागत रूपमा दाहा, मोहरम पर्व मनाउदै आएको भन्दै बिबाद गरि झन्डा गाडेका थिए। कल्वारका छोरा रमेश गुप्ताले बुबाको नाममा रहेको सो जग्गा नम्बरी दर्ता रहेकोले खाली अवस्थामा कसले के गरे भन्ने बिषय सरोकारको नभएको बताए। स्थानियबासीले भने लालपुर्जा जलाएर चाँद तारा अंकित हरियो झण्डा गाडेका थिए। घटना स्थालमा पुगेका संचारकर्मीहरूलाई त्यहाको फोटो नखीच्न चेतावनी दिदै अभद्र ब्यवहार समेत गरेका थिए ।

भारतले नेपालमा गृहयुद्ध निम्त्याउन चाहेको छ ः नारायणकाजी श्रेष्ठ

काठमाडौं, पुस ६। एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भारतका कारण नेपालमा गृहयुद्ध निम्त्याउने खतरा बढेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा नेता श्रेष्ठले नेपालमा गृहयुद्ध निम्त्याउने कि सहमति बनाउने भन्ने कुरा पनि भारतकै हातमा रहेको दाबी गरे। सोमबार रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा उनले भारतीय शासकको विस्तारवादी हस्तक्षेप, इशारा र निर्देशनमा नेपालका यथास्थितिवादी र राष्ट्रिय आत्मर्समर्पणवादी दलहरुले शान्ति प्रक्रिया भंग गर्न र संविधानसभा विघटन गर्न चाहेको बताए। 'भारतीय शासकको विस्तारवादी हस्तक्षेप, इशारा र निर्देशनमा नेपालका यथास्थितिवादी र राष्ट्रिय आत्मर्समर्पणवादी दलहरुले शान्ति प्रक्रिया भंग गर्न र संविधानसभा विघटन गर्न खोजेका छन्,' श्रेष्ठले भने, 'त्यसलाई रोक्न ब्यापक जनदबाब सृष्टि गरी नयाँ स्तरको सहमति बनाउनुको विकल्प छैन।' कार्यक्रममा नेता श्रेष्ठले प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिमार्फत प्रतिक्रान्तिकारी षड्यन्त्र गरिएको आरोप लगाए। शान्ति र संविधानका लागि आप\mनो पार्ट...