वीरगंज, २१ पुस । चिसोका कारण सर्लाहीमा थप दुइजनाको मृत्यु भएको छ। लक्ष्मीपुर-७ बस्ने इगायल मन्सुरको छोरा बर्ष १४ को कुऔत मन्सुर र सिसौरिया-५ बस्ने बर्ष ५८ को रामएकवाल साहको शितलहरको कारणले मृत्यु भएको प्रहरीले आज जनाएको छ। यसैवीच जनकपुरको गंगासागर पोखरीको दक्षिण भागमा ३३ वर्षीय एक पुरुष व्यक्तिको लास बेवारिसे अवस्थामा फेला परेको छ।