Skip to main content

Posts

भिषण आगोलागी

ज्ञानेन्द्र शर्मा लिवाङ रोल्पा पौष २४ गते। रोल्पा जिल्ला संग सिमाना जोडिएको प्युठानको अति बिकट स्याउलीवाङ गाविसमा आज दिउसो १ः३० बजेदेखी भिषण आगोलागी भएको छ। आगोलागीबाट सो गाविसका ५, ६ र ७ वडाका करिब २ सय घरहरु जलेर नष्ट भएका छन्। आगोलागी के कसरी भएको हो भन्ने बारेमा अझै खुल्न सकेको छैन। आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगोलागीबाट के कति क्षति भयो भन्ने बारेमा पनि अझै बिबरण आउन सकेको छैन।

टेलीकमको ताला खुल्यो

-ज्ञानेन्द्र शर्मा लिवाङ रोल्पा पुष २४। १५ दिनभित्रमा सेवा सुचारु गर्ने सहमती जनाए पछि नेपाल टेलीकम रोल्पाको कार्यलयमा लागेको ताला आज खुलेको छ। टेलीकम र सेवाग्राही संर्घष्ा समिति विच आज जिल्ला प्रशासन कार्यलयमा भएको सहमती पछि हिजोदेखी लागेको ताला खुलेको हो। संर्घष्ा समितिले १५ दिन भित्र समस्या समाधान नभए आन्दोलनका थप कार्यक्रमहरु घोषणा गर्ने चतावनी दिएको छ। एक महिना अघीदेखी काम गर्न छाडेको थवाङ्ग घम्चीन लेकमा रहेको टावर मर्मतका लागी पटक पटक आग्रह गर्दा पनि बेवास्ता गरेको भन्दै पीडित सेवाग्राही संर्घष्ा समितिले टेलीकमको कार्यलयमा लगाएको थियो।

उच्चस्तरिय राजनीतिक संयन्त्रको गठन भएकोमा नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अन्मिन) हार्दिक स्वागत

काठमाडौं, २४ पुस। नेपालका लागि महासचिवका प्रतिनिधि करिन लेनग्रेनले आज एक वक्तव्य जारी गर्दै शान्ति प्रव्रिmयासँग सम्बन्धित मुद्दाहरू सम्बोधन गर्न बहुदलीय संवादका लागि उच्चस्तरिय राजनीतिक संयन्त्रको गठन भएकोमा नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन -अन्मिन) हार्दिक स्वागत गरेको छ। वक्तव्यमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले आप\mनो प्रस्ताव १८७९ -२००९ जुलाई) मा यस्तो संयन्त्रलगायतका उपायबाट राजनीतिक दलहरूबीच सुदृढ र दिगो साझा दृष्टिकोण सिर्जना गर्न प्रोत्साहन गरेको थियो। नेपालको नयाँ संविधानलाई समयसीमा भीत्रै अन्तिम रूप दिन र माओवादी सेनाका सदस्यहरूको समायोजन र पुनर्स्थापना गर्नेजस्ता शान्ति प्रक्रियाका दर्ुइ महत्वपर्ूण्ा कदम चाल्नका लागि दलहरूबीच सहमति अति महत्वपर्ूण्ा भएको बेला नै यो उच्चस्तरिय राजनीतिक संयन्त्र गठन भएको छ। यो संयन्त्रले शान्ति प्रव्रिmयालाई नयाँ गति प्रदान गर्नेमा अन्मिन आशावादी छ र पक्षहरूलाई आप\mनो उद्देश्य प्राप्तिका लागि सहयोग गर्न सदैव तत्पर छ।

तरलोक सिंह मेमोरियल क्रिकेट टर्ुनामेन्टको पांचौ दिन

वीरगंज, २४ पुस। तरलोक सिहं मेमोरियल क्रिकेट टर्ुनामेन्टको आज पहिलो चरणको खेल अर्न्तर्गत जि.एच.पि मा.वि र गौतम मा.विबीच भइरहेको छ भने दोश्रो खेल विद्या सदन मा.वि र ज्ञान ज्योति मा.विबीच हुने भएको छ। वीरगंजको नारायणी रंगशालामा भइरहेको सो प्रतियोगिताको चौथो चौथो दिन बिहीवार विद्या सदन माविले टस जिती १९.१ ओवरमा १० विकेटको नोक्सानीमा १३० रन बनाएको थियो। गे्रस माविलाई १३१ रनको लक्ष्य दिएपछि १९.५ ओवरमा १० विकेट को नोक्सानी १०३ रन बनाइ २७ रनले पराजित भएको थियो। विद्या सदन मावि २७ रनले विजय भयो भने म्यान अफ दि म्याच विद्या सदन मावि का अफरोज अन्सारीले २४ बलमा २१ रन बनाएका थिए।

छिमेकीले घुम्तीमा आगो लगायो

वीरगंज, २४ पुस । व्यक्तिगत विवादमा छिमेकीले एक व्यक्तिको गोठ र पसलमा राखेको घुम्तीमा आगजनी गरेका छन्। आज बिहान ८ बजे सर्लाहीको हजरिया-९ बस्नेे रामविनय महतो र सोनेलाल महतोबीच विवाद भएपछि राम विनयको गुम्तीमा छिमेकी वीरेन्द्र र सोनेलालले आगो लगाएका हुन्। आगलागीबाट लाखौको क्षति भएको तथा आगजनी गर्ने दुवै फरार भएको मध्य क्ष्ँेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

एनेकपा माओवादीद्वारा ३ ट्रकमा आगजनी

वीरगंज, २४ पुस । एनेकपा माओवादीले बाराका दुइ स्थानमा ३ वटा मालवाहक ट्रकमा आगजनी गरेको समाचार प्राप्त भएको छ। आज बिहान चार बजे पथलैया-निजगढ सडकखण्डको बालगंगा पुल नजिक ग १ ख २५३४ र ग १ क १२२५ नं.को मालबाहक ट्रक र पथलैया सिमरा सडकखण्डको बजनीमा एउटा ट्रकमा माओवादी कार्यकर्ताले आगजनी गरेको बताइएको छ। माओवादीले चालक र खलासीलाई नियन्त्रणमा लिएर आगजनी गरेको र वीरगंजबाट गएको वारुणयन्त्र र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताइएको छ । त्यसैगरी बजनीमँ ७ वटा ट्रकमा तोडफोड पनि गरेका छन्। एनेकपा माओवादीले आफनो तीन कार्यकर्ताको हत्याको विरोधमा आहवान गरेको बारा, पर्सा, रौतहट अनिश्चितकाल बन्दको उल्लघंन गरेको भन्दै ट्रकमाथि आगजनी गरेको बताइएको छ। बन्दको कारण यहांको लामा दुरीको सवारीसाधन ठप्प भए पनि बजार, उद्योग, प्रतिष्ठान कलकारखाना, शिक्षणसंस्था, छोटो दुरीको सवारीसाधन सुचारु रहेको छ।

मोर्चाद्वारा तीन माओवादी कार्यकर्ताको गोली हानी हत्या

वीरगंज, २३ पुस। तर्राई मुक्ति मोर्चाका कार्यकर्ताले तीनजना माओवादी कार्यकर्ताको गोली हानी हत्या गरेको छ भने दर्ुइजना घाइते भएका छन्। गए राति बाराको गन्जभवानीपुरमा मोर्चाका कार्यकर्ताले चलाएको गोली लागेर गंजभवानीपुर गाविस २ निवासी २८ वषर्ीय अम्विका महतो, २६ वषर्ीय रामप्रकाश यादव र दाराप्रसाद यादवको मृत्यु भएको हो। गंजभवानीपुरमा कन्हैया यादवकोे इंटाभट्टाको उद्घाटन कार्यक्रममा सहभागी भएर फर्किदै गर्दा ४ वटा मोटरसाइकलमा आएका हतियारधारी मोर्चाका कार्यकर्ताले लुकेर माओवादी कार्यकर्तामाथि गोली प्रहार गरेको बताइएको छ। गोली लागी एकीकृत नेकपा माओवादीका बारा जिल्ला सदस्य एवं क्षेत्र नम्वर २ का एरिया सेक्रेटरी कन्हैया यादव र स्थानीय बासिन्दा सियाराम महतो र्घाईते भएका छन्। गम्भीर घाइते भएका यादवलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने अर्का घाइते महतोको वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ। घटनास्थलमा अत्याधुनिक एसएमजी गोलीका खोकाहरू भेटिएको प्रहरीले जनाएको छ। यसैवीच सो हत्याकाण्डको जिम्मेवारी मोर्चाका बारा, पर्सा रौतहटका सैन्य कमाण्डर अग...