Skip to main content

Posts

सौर्य सोलारको उज्यालोले झल्ामल्ल

ज्ञानेन्द्र शर्मा रोल्पा, १४ माघ। देशले दैनिक ११ घण्टा लोडसेडिङको मार खेपिरहेको समयमा रोल्पा जिल्लाका ५१ वटै गाविसहरु सौर्य सोलारको उज्यालोले झल्ामल्ल भएका छन्। रोल्पाको ९ वटा गाविसहरुमा झिमरुक जलबिद्युतबाट बिद्युत लाईन प्रसारण गरिएको छ भने र्घर्तिगाउँ, पाङ, थवाङ, ओत, सेरम, बुढागाउँ लगायतका गाविसहरुमा पनि स्थानियबासीहरुले आफ्नै लगानी र केही सस्थाहरुको सहयोगमा बिद्युत उत्पादन गरेका छन्। शहर अध्यारो गाउँ झलमल्ल भने झै कुनै समय पनि लोडसेडिङको मार खेप्नु नपर्ने रोल्पा जिल्लाको सदरमुकाम लिवाङमा बिस्तार गरिएको झिमरुक जलबिद्युत को बिद्युत लाईन र थोरै पुजी लगानी गरेर झलमल हुने सौर्य उज्यालोले यतिबेला रोल्पाका प्रत्येक गाविसमा झलमल्ल पारेको छ। रोल्पाका अधिकासं गाविसहरुमा सोलार पुर्‍याउन सफल भएको धौलागिरी सोलार शाखा कार्यालय लिवाङ रोल्पाले अहिले सम्म रोल्पाको ४४ वटा गाविसहरुमा सोलार बितरण गरिसकेको छ। धौलागिरी शाखा कार्यालय रोल्पाका कार्यालय साहायक भिम बहादुर पुनका अनुसार रोल्पा जिल्लामा ३ हजार भन्दा बढी सोलार सेटहरु बितरण गरिएको छ। उहाँले नेपाल सरकारको अनुदान कटाएर अधिकत्तम १२ हजार ५ सय देखी...

फोरमद्वारा ज्रि्रकामा दुइ घण्टा धर्ना

वीरगंज, १४ माघ । मधेशी जनअधिकार फोरम नेपालले पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार आज पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरीमा रहेको जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण दुइ घण्टा धर्ना दिएका छन्। फोरम पर्साका अध्यक्ष शशीकपुर मियां बाराका अध्यक्ष सुमन केवट, रौतहटका सभासद रम्बा देवी, महोत्तरीका अध्यक्ष तेज नारायण यादव र धनुषाका अध्यक्ष शेष नारायण यादवको नेतृत्वमा विहान १०बजेदेखि १२ बजेसम्म ज्रि्रकामा धर्ना दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा १ को मृत्यु, दर्जनौ घाइते

वीरगंज, १४ माघ । बारा, पर्सा र रौतहटमा सडक दुर्घटना हुंदा एकजनाको मृत्यु भएको छ भने आधा दर्जन घाइते भएका छन्। आज बिहान वीरगंजको ब्रहमचोकमा ना.२ख ४८०६ नं.को ट्याड्ढर र ना.२ख ७९७१ नं.को ट्रक एकआपसमा ठक्कर खांदा दुवै चालक घाइते भएका छन्। त्यसैगरी आज बिहान बिरामी बोकी आएको बीआर१एपी ७५३६ नंंको एम्बुलेन्स रौतहटको च.पुर-१ मा आफै पल्टिदा बिरामी महोत्तरी बर्दिवास-५ बस्ने अम्बिका गौतमको मृत्यु भएको हो। चालकलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको मनहरी-२ सुनाचरी सडकमा हिजो सांझ ना.३ख ६२८५ नं.को ट्रक पल्टिदा चारजना घाइते भएका छन्। उनीहरुको वास्थ्य केन्द्र मनहरीमा उपचार भई रहेको प्रहरीले जनाएको छ । यता महोत्तरीको मटिहानीमा सुकुम्बासीको टहरा हटाएको बिषयलाई लिएर माओवादीका कार्यकर्ताहरुले महेन्द्र राजमार्गको औराही चोकमा अवरुद्ध गरेको सडक बिहान ८ः५० बजेदेखि सुचारु भएको छ।

गाविस सचिव अपहरणमुक्त

वीरगंज, १४ माघ । वृद्ध भत्ता बांड्न गएका बाराका एक गाविस सचिव दुइ दिन पछि प्रहरीको सक्रियतामा अपहरणमुक्त भएका छन्। गए राति ७ बजे बाराका गाविस सचिव आश महम्मद अन्सारी रतनपुरी-५ बुन्जोडबाट अपहरणमुक्त भएका हुन्। अज्ञात समूहले माघ ११ गते रतनपुरी-८ निवासी आश महमद अन्सारीलाई रतनपुरी-३ बाट अपहरण गरेका थिए। प्रहरीको सक्रियतामा उनलाइ अपहरणमुक्त गरिएको मध्य क्ष्ँेत्र प्रहरी कार्यालयले जनाएको छ।

दाजुद्वारा भाइको हत्या

सिन्धुपाल्चोक, १४ माघ । माइला बुवाको छोराले आफनै दाजुको हत्या गरेका छन्। गए राति भोटे नामलाङ-१ बस्ने माइला तामाङले आफनै माइलाबुवाको छोरा वीरबहादुर तामाङलाइ आपसी विवादमा धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्। हत्यारा माइलालाइ स्थानीयवासीले पक्राउ गरी प्रहरीमा बुझाएको छ।

दिल्ली पब्लिक स्कूलको छात्र लापत्ता

वीरगंज, १४ माघ। दिल्ली पब्लिक स्कूलको कक्षा ९ मा अध्ययनरत एक विद्यार्थी लापत्ता भएको समाचार प्राप्त भएको छ। वीरगंजको आदर्शनगरमा घर रहेका लक्ष्मण टिवडेवालका छोरा विगत दर्ुइ दिनदेखि लापत्ता भएको बुझिन आएको छ। हराइरहेका युवकका पिता लक्ष्मण टिवडेवाल काठमाडौंमा व्यापार गरिरहेका छन् भने उनका छोरा आमासंग वीरगंजमै बस्दै आइरहेको स्रोतको भनाई छ। दिल्ली पब्लिक स्कूल बारा बन्द हुने अवस्थामा वीरगंज, १४ माघ। बारा जिल्लाको शिक्ष्ँा कार्यालयमा दर्ता रहेको दिल्ली पब्लिक स्कूल बन्द हुने अवस्थामा पुगेको छ। भारतको दिल्लीस्थित डि.पि.एस. स्कूलको ब्रान्चको रूपमा दर्ता गराएको सो स्कूलले सिबिएससी अनुमति समेत नपाएबाट आप\mनो स्ट्यान्डर मिट गर्न नसकेको महसुस गर्दै अभिभावकहरूले महंगो शिक्ष्ँा शुल्क रहेको उक्त स्कूलमा विद्यार्थी भर्ना गर्न छाडेको बताइदैछ। भरपर्दो स्रोतका अनुसार आर्थिक अभावका कारण दिनप्रतिदिन खर्च थेग्न नसक्ने अवस्थामा पुगेको दिल्ली पब्लिक स्कूल, बाराले भारतबाट झिकाइएको प्रिन्सीपललाई उक्त स्कूलले तलब खर्च बढी दिनुपर्ने अवस्थाका कारण नै निकालेको बताइदैछ। वीरगंजका व्यापारी सत्यनारायण अग्रवाल ...

पि.डि.वि. बैंकका मैनेजर क्याललाई पक्राउ गर्न वारेन्ट जारी

रकम झिक्न बैंकमा ग्रँहकहरुको भीड वीरगंज, १४ माघ। वीरगंज डेभलपमेन्ट बैंकका मैनेजर कुञ्जबिहारी क्याललाई पक्राउ पर्ूर्जी प्रहरीले जारी गरेको समाचार नागरिक दैनिकले प्रकाशित गरेपछि आज सो बैंकमा जम्मा रहेको रकम झिक्ने ग्राहकहरूको भीड जम्मा भएको छ। ग्राहकको डिपोजिट रकमबाट कुञ्जबिहारी क्यालले विभिन्न ठाउंमा आप\mना नातागोताका व्यक्तिहरूको नाममा जग्गा खरिद गरेको तथा खराब कर्जा व्यापक रूपमा प्रवाह गरेबाट नेपाल राष्ट्र बैंकले सो बैंकको आर्थिक कारोबारका बारेमा अनुसन्धान चलाइरहेको थियो। क्यालले आप\mनो कारोबार बढाउन हालै बिर्ता मन्दिरस्थित अगाडि रहेको गायक मधु क्षेत्रीको जग्गा, पमपम बिल्डिङ खरिद गर्नुका साथै हाउजिङ लगानीमा समेत पब्लिक डेभलपमेन्ट बैंकबाटै करोडौं रकम लगाएको कुरा खुल्न आएको छ। जनताले डिपोजिट गरेको रकमलाई अनाधिकृत रूपले कर्जा प्रवाह गरी हिनामिना गर्न खोजेको आरोपमा राष्ट्र बैंकले क्यालको आर्थिक गतिविधिको अनुसन्धान गर्दै हालै वारेन्ट जारी गरेको बताइंदैछ। राष्ट्र बैंकले न्यूनतम आधार पूरा नगरी बैकिङ कसुर गरेको अभियोगमा दर्ुइ बैंकका कार्यकारी प्रमुखसहित करिब ८० जनालाई पक्राउ गर्न गृह मन्...