Skip to main content

ट्रान्सवर्ड समूहको विशेष कार्यक्रम

वीरगंज, २१ असार । ट्रान्सवर्ल्ड ग्रुपबाट वीरगंज सेवा प्रारम्भ 
वीरगंज २१ असार । ट्रान्र्सवर्ड सिपिङ कम्पनीले वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अशोक कुमार टेमानीको उपस्थितीमा संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु संग वीरगंज वाटै बील अफ लेडिङ्ग जारी गर्ने लगायत सीपीङ्ग कम्पनीले उपलब्ध गराउने सेवाहरुका बारे विस्तृत छलफल गर्‍यो ।
      सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष अशोक कुमार टेमानीले ड्रायपोर्टको सफल संचालनमा सिपिङ्ग कम्पनीको महत्वपर्ूण्ा भूमिका हुने भएकोले संघले ड्रायपोर्ट संचालन भए देखिनै वीरगंज ड्रायपोर्टमा सिपिङ्ग कम्पनीको कार्यालय संचालन गर्नु पर्ने धारणा राख्दै आएको थियो । आजै देखि ट्रान्सवर्ल्ड सिपिङ्ग कम्पनीले कार्यालय संचालन गरी कार्य प्रारम्भ गरिएको लाई संघले अत्यन्तै सरहानिय पक्षको रुपमा लिएको छ ।
      सो अवसरमा ट्रान्सवर्ल्ड ग्रुपका महाप्रबन्ध राजेन्द्रनले वीरगंज-डर््राईपोर्ट ऋक्ष्ँ बेसिसमा तेश्रो मुलुकबाट सामान आयात गर्ने सुविधा आजै देखि उपलब्ध गराएको जानकारी गराउनु भयो जसबाट विगतमा विभिन्न किसिमको डेमरेज, डिटेन्सन चार्जहरुको अन्त हुने र सामान छिटो छरितोरुपमा गन्तव्य सम्म पुग्ने जानकारी श्री राजेन्द्रनले गराउनु भयो । वाँहाले लागतको हिसाबले पनि विगत भन्दा लागत न्यून हुने बताउदै ट्रान्सवर्ल्ड सिपिङ कम्पनीको कार्यालय आजै देखि डर््राईपोर्टमा संचालन गरिएको बताउनु भयो ।
      यसरी ट्रान्सवर्ल्ड कम्पनीले कार्य शुरु गर्दा आयात, निर्यात दुबै कारोबार वृद्धी भई कम लागतमा छिटो छरितो माल सामान पुग्ने अपेक्षा उद्यमी व्यवसायीहरुले लिएका छन् ।
      ट्रान्सवर्ल्ड समूह, भारतका राजेन्द्रनले हिमालय र्टर्मिनल तथा ट्रान्सवर्ल्डले मिलेर व्यापारीहरुको लागि विशेष कार्यक्रम ल्याएको बताएका छन्।
आज वीरगंज उद्योग वाणिज्य संघमा एक अन्तरक्रियामा बोल्दै उनले आफूले ल्याएको सेवाबाट व्यापारीहरुले  डिटेन्सन चार्ज तिर्नु नपर्ने बताए।
वीरगंज भंसार प्रमुख केवल भण्डारीले यस सेवाबाट व्यापारीले लाभ पाउने बताए भने सुख्खा बन्दरगाहका प्रमुख तुल्सीराम सेढाइंले यसलाई सफल पार्न व्यापारीहरुको ठूलो सहयोग हुनुपर्नेमा जोड दिए। 
वीउवासंघका पूर्व अध्यक्ष्ँ गणेश लाठले उद्योग वाणिज्य संघसंग सहकार्य गरेमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
  छलफल कार्यक्रममा संघका निर्.वर्तमान अध्यक्ष गणेश लाठ, पर्ूव अध्यक्ष बाबुलाल चाचान, वीरगंज भंसारका प्रमुख केवल भण्डारी, ड्रायपोर्टका भंसार प्रमुख तुलसीराम सेर्ढाई, हिमालयन टर््रर्मीनलका प्रमुख कार्यकारी अधिकृत सुवन्त बेहराले मन्तव्य व्यक्त गर्नु भएको थियो ।  

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।