Skip to main content

लुटेराद्वारा खुकुरी प्रहार गरी लुटपाट

नुवाकोट ८ भदौ । अज्ञात लुटेरा समूहले एक सर्वसाधारणको घरमा लुटपाट मच्चाउनुको साथै दुइजनामाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको छ।

गए राति १२ बजे वर्सुन्चेत -१ निवासी मनबहादुर घलेको घरमा अज्ञात ४÷५ जना हतियारधारी लुटेराहरुले घले र उनको बुहारी पार्वतीमाथि खुकुरी प्रहार गरी लुटपाट मच्चाएका हुन्। लुटेराहरुले उनको घरबाट सुनको गरगहना लुटेर फरार रहेको प्रहरीले आज जनाएको छ।

घाइते दुवैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने मानबहादुरको अवस्था गम्भीर रहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

Comments