Skip to main content

दबाबमूलक तवरबाट उद्योग प्रतिष्ठान बन्द गराइएमा नो वर्क नो पे प्रावधान लागू गर्न वीउवासंघ बाध्य हुने

वीरगंज २२ भदौ । एनटियुसिआई जिफन्ट अनेट्रेयुम संघको संयुक्त संघर्ष समिति बारा पर्सा रौतहटले वीरगंजस्थित नेशनल मेडिकल कलेजको विषयलाई लिएर तीनवटा जिल्लाका सम्पूर्ण प्रतिष्ठानमा असर पर्ने गरी विरोध कार्यक्रम गर्ने सम्बन्धमा जारी गरिएको प्रेस विज्ञप्तिप्रति वीरगंज उद्योग वाणिज्य संघको ध्यानाकर्षण भएको छ।

आज वीउवासंघले एक प्रेस विज्ञप्ति जारी गरी नेशनल मेडिकल कलेज एक स्वतन्त्र शैक्षिक संस्था रहेको हुंदा सो संस्थाको विषयलाई लिएर अन्य प्रतिष्ठानहरु समेत प्रभावित हुने गरी विरोधको कार्यक्रम गर्नु ट्रेड युनियनको लागि समेत उचित हुंदैन उल्लेख छ।

राजनैतिक कि्रयाकलाप आदि विभिन्न कारणले हुने बन्द हड्तालबाट उद्योग प्रतिष्ठानहरु पटक-पटक स्वत बन्द हुने गरेको र विश्व आर्थिक मन्दीले गर्दा समेत उद्योगहरु धरासायी भइरहेको अवस्थामा सम्पूर्ण उद्योगलाई नै असर पर्ने गरी विरोधको कार्यक्रम गर्न उद्योगको अवस्था र रोजगारीमा समेत नकारात्मक प्रभाव पर्न जाने भएको हुंदा विवादसंग सम्बन्धित संस्था सम्म मात्र सिमित राख्न हुन वीरगंज उद्योग वाणिज्य संघ सम्बन्धित पक्षहरुमा अनुरोध गर्दै दबाबमूलक तवरबाट उद्योग प्रतिष्ठान बन्द गराइएमा उद्योगहरुले नो वर्क नो पे प्रावधान लागू गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ।

Comments