Skip to main content

प्रहरी र गांजा तस्करबीच झडप, एकको मृत्यु

वीरगंज, १९ मंसिर । गांजा तस्कर र प्रहरीबीच झडप हुंदा एकजनाको मृत्यु भएको छ।
गएराति २ः३० बजे ना २ त ९६८० नं.को टैक्टरमा गांजा लिइ भारत जांदै गरेको टयाक्टर र सुवर्णपुरको गस्ती टोलीबीच झडप हुंदा प्रहरीको गोली लागि टयाक्टर चालक जानकीटोला-३ का असर्फी महतो केवटको मृत्यु भएको हो।
प्रहरीले १ सय ५० पोका गांजा ज्रि्रका पर्सामा राखेको छ भने महतोको शव नाउक्षे अस्पताल वीरगंजमा राखिएको छ। गांजा तस्करले गोली चलाएपछि प्रहरीको जवाफी कारबाहीमा टयाक्टर चालक घाइते भएपछि उपचारको क्रममा उनको वीरगंजमा मृत्यु भएको हो। प्रहरीले बरामद गरेको गांजा करिब ८-१० क्विन्टल रहेको जनाएको छ।

Comments