Skip to main content

नेपाल पत्रकार महासंघ ९ जिल्लाको ध्यानाकर्षण

वीरगंज, ३ माघ। नेपाल पत्रकार महासंघ कैलाली, बझाङ, डोटी, कञ्चनपुर,
दार्चुला, डडेल्धुरा, बाजुरा, बैतडी र अछामले आज संयुक्त प्रेस
विज्ञप्ति जारी गरी डेढ बर्षअघि कैलालीका पत्रकार जेपी जोशी-जगतप्रसाद
जोशी पण्डित)को सम्बन्धमा सरकारद्धारा गठित जेपी जोशी हत्या जाँचबुझ
आयोगले छानबिनका क्रममा करीव ३१ लाख रुपैया खर्च गरेकोमा नेपाल पत्रकार
महासंघका सुदूरपश्चिमका नौ वटै जिल्लाका शाखाको गम्भिर ध्यानाकर्षा भएको
जनाएको छ।
विज्ञप्तिमा उल्लेख छ- आर्थिक अबस्था दयनीय भएका कारण अत्यन्त बिचल्लीमा
परेको पत्रकार जोशीका परिवारलाई डेढ बर्षबित्नलाग्दा पनि ३१ पैसा सहयोग
नगर्ने सरकारले जोशीकै घटनाको छानबिनका लागि करीव ३१ लाख रुपैया खर्च
गरेकोमा महासंघ गम्भिर आपत्ती प्रकट गर्दछ।
प्रतिबेदन र्सार्बजनिक नभएको र डिएनए रिपोर्ट र्सार्बजनिक नभएकै कारण
डेढ बर्षबित्नलाग्दा पनि जोशीका परिवारले सदगती गर्न पाएका छैनन।
परिवारको अभिभावक नै मारिएका कारण जोशी परिवार बिचल्लीमा परेको छ।
तर बिभिन्न बहानामा पत्रकार जोशीका परिवारलाई राहत तथा क्षतिपर्ूर्ति
दिन आनाकानी गर्दै आएको सरकारले छानविन समितीलाई यति ठूलो रकम दिएको
घटनाप्रति महासंघ आर्श्चर्यचकित भएको छ। मोफसलमा सञ्चारकर्मी मारिदा
आयोगका नाममा सरकार निकट केही व्यक्तिहरु भने मोटाउने प्रबृति मौलाउदै
गएको यो घटनाले पुष्टी गरेको छ। सञ्चारकर्मीका लागि यो ठूलो दर्ुभाग्य
हो।
राज्यको ढुकुटीको चरम दुरुपयोग गर्ने आयोगका संयोजक उमेश
गौतम-अधिवक्ता),शालिकराम सापकोटा-अधिवक्ता),महेन्द्र बिष्ट-पत्रकार),राज
बहादुर बिष्ट-प्रहरी बरिष्ठ उपरिक्षक)ले पत्रकार जोशीको सम्बन्धमा
छानबिनका नाममा खर्च गरिएको रकम असुल उपर गरी राज्यको ढुकुटीमा फिर्ता
गर्न महासंघ जोडदार आग्रह गर्दछ।
साथै पत्रकार मारिदा राज्यको ढुकुटीमाथि ब्रहृमलुट मच्चाउने यस्ता
व्यक्तिहरुलाई र्सार्बजनिक रुपमा बहिस्कार गर्न समेत महासंघ सबैपक्षसंग
आग्रह गर्दछ।
साथै तीन बर्षघि कञ्चनपुरबाट बेपत्ता पारिएका पत्रकार प्रकाश ठकुरी
र डेढ बर्षघि कैलालीबाट अपहरणपछि हत्या गरिएका पत्रकार जेपी जोशीका
परिवारलाई तत्काल क्षतिपर्ूर्ति दिन तथा दोषीमाथि कारबाही गर्न महासंघका
नौ वटै शाखा सरकारसंग जोडदार माग गर्दछन। पत्रकार ठकुरीको अपहरणमा संलग्न
माओवादी कार्यकर्ता पोमलाल शर्मा सहितका व्यक्तिहरुको फिर्ता लिईएको
मुद्दा पुनः चलाई दोषीहरुलाई कारबाही गर्न महासंघ माग गर्दछ।
सुदूरपश्चिमका सञ्चारकर्मीहरुका समस्या र पीडा प्रति सरकार
उदासिन,गैरजिम्मेवार भएको र पिडित परिवारलाई न्याय र दोषीमाथि कारबाही
गर्ने भन्दा पनि छानबिनका लागि भन्दै राज्यको ढुकुटीको चरम दुरुपयोग
गरिएको घटनाको बिरोधमा महासंघका नौ वटै शाखाले साता व्यापी आन्दोलनको
कार्यक्रम घोषणा गरेको छ।
१) सुदूरपश्चिममा तीन दिनसम्म-२०६६ माघ ३,४र ५ गते) सरकार र छानबिन
समितिका बिरुद्ध फण्डाफोर अभियान सञ्चालन गर्ने। कैलालीमा ३ गते दिउसो २
बजे अत्तरियामा र ४ बजे धनगढी ट्राफिक चौकमा भण्डाफोर कार्यक्रम गर्ने र
अन्य जिल्लाको हकमा शाखाहरुले समय र स्थान तय गर्नेछन्।
२) सरकारले सुदूरपश्चिमलाई उपेक्षा गरेको र सुदूरपश्चिमका पत्रकारका
पीडालाई नदेखेझै गरेकोमा २०६६ माघ ६ गते प्रमुख जिल्ला अधिकारी मार्फ
सरकारलाई फुटेको चश्मा पठाउने।
३) सरकारले सुदूरपश्चिमका पत्रकारहरुका माग र आग्रहलाई नसुनेकोमा २०६६
माघ ७ गते प्रमुख जिल्ला अधिकारी मार्फ सरकारलाईर् इयर फोन पठाउने।
सरकारले सुदूरपश्चिममा मारिएका पत्रकार जेपी जोशी र बेपत्ता पारिएका
पत्रकार प्रकाश ठकुरीका परिवारलाई राहत तथा क्षतिपर्ूर्ति नदिएकोमा
सुदूरपश्चिमका पत्रकारहरुले एक एक रुपैया संकलन गरी २०६६ माघ ७ गते
प्रमुख जिल्ला अधिकारी मार्फ सरकारलाई पठाउने।
४) बिभिन्न पक्षले सञ्चारकर्मीहरुमाथि आक्रमण गरिरहदा पनि सरकार
दोषीमाथि कारबाही गर्न उदासिन रहेको र जिम्मेवार पार्टर्ीी समूहद्धारा
सञ्चारकर्मीहरुमाथि दर्ुर्व्यबहार,आक्रमण र हत्याका घटना नरोकिएको प्रति
बिरोध गर्दै २०६६ माघ ८ गते सुदूरपश्चिमका नौ वटै जिल्लामा स्थानीय
चौकहरुमा पत्रकारहरुद्धारा आँखा र मुखमा कालो पट्टी बाध्ने र हात बाधेर
बिरोध पर््रदर्शन गर्ने।
५) साता व्यापी आन्दोलनका क्रममा पनि सरकारले महासंघको आन्दोलनको
सुनुवाई नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिन चाहन्छौ। महासंघले थालेको
आन्दोलनप्रति एक्येबद्धता र र्समर्थन जनाई साथ दिन सम्पर्ूण्ा पक्षसंग
आग्रह गर्दछौ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।