Skip to main content

Posts

पिछडा वर्गको विरोधको कार्यक्रम

वीरगंज, १ असार । नेपाल पिछडावर्ग महासंघले ११ सूत्रीय माग पूरा गराउन दबाबस्वरुप असार २ गतेदेखि विरोध कार्यक्रमको घोषणा गरेको छ। नेपाल सरकार र पिछडावर्ग महासंघबीच भएको सम्झौता कार्यान्वयन नभएको भन्दै विरोधको कार्यक्रम घोषणा गरेको महासंघका केन्द्रीय सदस्य तेजप्रकाश सहनीले बताए। विरोध कार्यक्रमबाट शैक्षिक क्षेत्र, उद्योग, व्यापार र आम जनजीवन प्रभावित नहुने गरी संचालन हुने गरी नागरिक समाजले पिछडावर्ग महासंघलाई नागरिक समाजले अनुरोध गरेको छ। वीरगंज उद्योग वाणिज्य संघको सभाकक्षमा संघका अध्यक्ष लगायतका प्रतिनिधि, शैक्षिक संस्थाको छाता संगठन प्याब्सन, एन. प्याब्सनका प्रतिनिधि र नेपाल पिछडावर्ग महासंघका प्रतिनिधिबीच आज भएको छलफल कार्यक्रममा उद्योग, बजार र शैक्षिक संस्थालाई बन्द हड्तालबाट मुक्त राख्ने सहमति भएको हो। पिछडावर्ग महासंघले भन्सार र राजमार्गबाट आवतजावत ठप्प गरी आप\mनो विरोध कार्यक्रम जारी राख्ने छ ।

वीरगंज घोषणा पत्र जारी

वीरगंज, १ असार । थारु, मुसलमान, आदिवासी, जनजाति, दलित, महिला लगायतको गणतान्त्रिक मोर्चाले वीरगंज घोषणापत्र जारी गरेको छ। आज वीरगंजमा एक पत्रकार सम्मेलनको आयोजना गरी थरुहट संयुक्त संर्घष्ा समिति बारा, पर्सा संयोजक नन्दकिशोर फौज्दारले सवै जनजाति, वर्ग क्षेत्र, लिंग, धर्मले उठाएको मुद्दालाई सम्बोधन गराउन वीरगंज घोषणा पत्र जारी गरेको बताए। जेठ ३१ गते नगर सभागृह वीरगंजमा सम्पन्न दुइ दिने राष्ट्रिय भेलाले घोषणा पत्र २०६६ पारित गरेको जनाउंदै फौज्दारले जारी गरेको प्रेस विज्ञप्तिमा विभिन्न मुद्दाहरु समेटिएको छ।

मुलुक गृहयुद्ध तर्फ- चन्द

काठमाडौं, १ असार । नेकपा माओवादीका सचिवालय सदस्य सीपी गजुरेलले नयां संविधानमा जनगणतन्त्र लेख्नका लागि सदन र सडकमा संर्घष्ा गर्ने बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै जनगणतन्त्र स्थापनामा गर्न कसैले छेक्न नसक्ने बताए।  संविधानसभामा माओवादी सबैभन्दा ठूलो दलका रुपमा रहेकाले वैधानिक निकायबाटै संर्घष्ा गरेर जनगणतन्त्र ल्याउने बताए। उनले भने, 'जनगणतन्त्रका लागि सदन र सडकबाट संर्घष्ा गर्र्छौं।' नेपाली विशेषताको जनगणतन्त्र अवश्यम्भावी भएको बताए। नेपाली सेनाका रथी कुलबहादुर खड्कालाई कारबाही गर्न नमिल्ने जिकिर गरे। खड्काले सेनामा रहेर कुनै गल्ती नगरेको उनको भनाई थियो। गजुरेलले पुनः जनयुद्धमा नर्फकने बताए। आफ्ना कार्यकर्ताको हत्या हुनथालेको बताउदै त्यसले गम्भीर परिस्थिति सृजना हुने बताए। बालाजुमा मारिएका आफ्ना कार्यकर्ताको हत्यामा युथफोर्सको संलग्नता रहेको बताए। नेकपा एमालेका पोलिटब्यूरो सदस्य केशव बडालले मधेशी जनअधिकार फोरमको विभाजनले सरकारलाई पर्ूण्ाता दिन ढिलाई भएको बताए। नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनयध्वज चन्दले देशमा गृहयुद्धको खतरा बढेको बताए। दल...

भक्तपुरमा यौन पर्यटनको तयारी

भक्तपुर, १ असार। द्वन्द्वको समयमा नेपालका ग्रामीण क्षेत्रका युवतीहरु भागेर शहरी क्षेत्रमा पलायन भएका थिए। यिनीहरु मध्ये केही भक्तपुरका र्सर्ुयबिनायक, डाँगाचा, डेकोचा, सल्लाघारी, लिवाली, कमलबिनायक, ब्यास्ाी, नगरका भित्रीभाग र डेकोचामा बसेर यौन ब्यापार सग्लग्न हुने गरेका छन्। बाध्यताबस यस पेसा संग्लग्न भएकाहरु गाउँ फर्किने अबस्था अझै पनि छैन। सरकारले ल्याएको २०११ सालमा ल्याउने १० लाख पर्यटकहरु मध्ये केही आफ्नो ग्राहक बन्न कुरामा भक्तपुरका यौनकर्मी महिलाहरु ढुक्क छन्। उनीहरु मध्ये केहीले यहाँका केही ठुला होटेलहरुको सर्म्पर्कमा बिदेसी ग्राहक अहिले पनि पाइरहेको कुरा सुनाए। हालसम्म गैरकानुनी रुपमा रहेको यो ब्यबसायको बारेमा खुलेर बहस गर्न यहाँका पर्यटन ब्यबसायीहरु तयार छैनन्। नाम उल्लेख गर्न नचाहने एक पर्यटन ब्यबसायीका अनुसार भक्तपुरमा प्रचार गरिएको सास्कृतिक पर्यटनको स्कोप नसकिसकेकोले यौन पर्यटनलाई नै मुल उदेश्य लिए मात्र यहाँको पर्यटन उद्योग धान्न सकिने दाबी गरे।   यहाँका पर्यटन ब्यबसायीहरुले भक्तपुरलाई नयाँ पदयात्रा गन्तब्य बनाउन खोजे पनि यहाँको प्रदुशित बाताबरणको कारण बाताबरणबिदहरुले अस...

मोटरसाइकलको ठक्करबाट वृद्धा ठहरै

चितवन, १ असार । महेन्द्र राजमार्ग हुंदै हेटौडाबाट चितवनतर्फ जांदै गरेको मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। आज बिहान चितवनको पिप्ले-७ गड्यौली नजिकै ना११प ३९२२ नं.को मोटरसाइकलको ठक्करबाट सोही ठाउं बस्ने ७० वर्षीय वृद्धा कृष्ण कुमारी राउतको उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा रहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

लुटेराले मोटरसाइकल लुट्न नसकेपछि आगो लगाए

वीरगंज, १ असार । अज्ञात लुटेरा समूहले महोत्तरीमा एक व्यक्तिको मोटरसाइकल लुट्न नसकेपछि आगो लगाइदिएको छ। आज बिहान लक्ष्मीनिया-५ नजिकैको जंगलमा उपचारको लागि चितवनतर्फ जांदै गर्दा दिनेश महतोको ज२प ४४० नं.को डिस्कभर मोटरसाइकल ३ जना लुटेराहरुले लुट्न नसकेपछि आगो लगाइ फरार भएको प्राप्त जानकारीमा उल्लेख छ। लुटेरा समूहको खोजतलास भइरहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

शान्ति माध्यमबाट शान्ति खोज्न आग्रह

कायरो, ३१ जेठ । युरोपेली सङ्घका विदेशमामिला प्रमुख हाभियर सोलानाले शान्तिको माध्यमबाट सुरक्षा खोज्न आग्रह गरेका छन्। सञ्चारकर्मीहरूसंग कुरा गर्दै उनले भविष्यमा इजरायलसंग हुने वार्ता उसको व्यवहारमा निर्भर हुने बताए। अबरुद्ध भएको मध्यपर्ूव शान्तिप्रक्रियालाई गतिदिन अमेरिकी राष्ट्रपति बाराक ओबामाले चालेको कदम तथा त्यसकालागि अमेरिकी विशेषदूत जर्ज मिचेलले गरेको उक्त क्षेत्रको भ्रमणले पनि अमेरिकी चाहनालाई स्पष्ट गरेको उल्लेख गर्दै 'दर्ुइराज्य समाधानमा इजरायल सहमत हुनुपर्ने बताए। इजिप्टका राष्ट्रपति होस्नी मुबारक र विदेशमन्त्री अबुल गेइटसँगको वार्तापछि सञ्चारकर्मीमाझ प्रस्तुत भएका सोलानाले इजरायल र युरोपेली संघबीच वार्ताभने जारी रहने उल्लेख गरे।